४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

वीपीका उपकूलपति प्राध्यापक नभएको प्रमाणित, ओपिडी सेवा सुचारु

उच्चस्तरीय छानबिन कार्यदलको प्रतिवेदनअनुसार स्वास्थ्य मन्त्रालयले डा.गिरीसँग प्राध्यापक भएको प्रमाण पेश गर्न निर्देशन दिएको थियो।

सयौ बिघा जमिन अवैध रुपमा वितरण: अख्तियारद्वारा विस्तृत छानबिन सुरु

कंचनपुरको भीमदत्त नगरपालिकामा सयौ बिघा जमिन गैरकानुनी रुपमा बिक्री वितरण गरेको, लिजमा दिएको, अतिक्रमण गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विस्तृत रुपमा छानबिन सुरु गरेको छ।

अपुताली जग्गा बिक्री प्रकरणः अख्तियारद्वारा छानबिन सुरु

फर्जी तरिकाले सरकारी नाममा आउन पर्ने जग्गा व्यक्तिको नाममा गएको हुन सक्ने आशंका गरेका छन्। आयोगले तथ्यसत्य छानबिन गरेर सरकारको नाममा जग्गा फिर्ता गर्नुपर्ने स्थानीयको माग छ।

चामल बिक्रीमा अनियमितता गर्नेमाथि छानबिन हुने

सिमकोट गाउँपालिकामा लकडाउनको अवधिमा २० प्रतिशत सहुलियत दरको चामलमा कर्मचारीले घोटाला गरेको विषयमा छानबिन गरिने भएको छ।

कांग्रेस महाधिवेशन: भदौमै गरौं, होइन मंसिरमा

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू पार्टीको १४औं महाधिवेशनको मितिलाई लिएर दुई धारमा देखिएका छन्। संस्थापन पक्षका केन्द्रीय सदस्य तिहारअघि सम्भव नभएको भन्दै मंसिरमा महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका छन्।

पैसाको प्रलोभनामा जुवाडेलाई भगाएको घटनाः वरिष्ठ प्रहरी उपरीक्षकको नेतृत्वको टोलीले छानबिन गर्ने

जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश अनुसन्धान समुह(आरआईटी) को संयुक्त टोलीले छापा मारेर पैसाको प्रलोभनमा परि जुवाडेलाई भगाएको घटनाको छानबिन गर्न वरिष्ठ प्रहरी उपरीक्षकको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ।

वीपीका पदाधिकारीहरुलाई आचरण सम्बन्धी कारबाही गर्न कार्यदलको सिफारिस

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या पहिचान तथा छानबिन कार्यदलले चारै जना पदाधिकारीहरूलाई आचरण र व्यवहार सम्बन्धमा कारबाही गर्न सिफारिस गरेको छ।

एमालेद्वारा दार्चुला घटनाबारे ‘संसदीय छानबिन समिति’ गठन गर्न माग

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ मालघाट घटनाबारे छानबिन गर्न ‘संसदीय छानबिन समिति’ गठन गर्नुपर्ने माग गरेको छ।

तुईनबाट युवक खसेको घटनाकाे छानबिन गर्न सरकारसँग माग

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दार्चुलास्थित महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न सरकारसँग माग गरेका छन्।

पाँच विद्यार्थी संगठनको ज्ञापनपत्र: दार्चुला घटनाको तत्काल छानबिन गरियोस्

विपक्षी गठबन्धननिकट पाँच विद्यार्थी संगठनले दार्चुलामा तुइनबाट खसेर एक व्यक्ति नदीमा बेपत्ता भएको घटनाको तत्काल छानबिन गरी दोषिमाथि कारबाहीको माग गरेका छन्।

बिपी प्रतिष्ठानः लेखाप्रमुखको अभद्र व्यवहारबारे छानबिन समिति गठन

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लेखा प्रमुखले एक जना डाक्टरलाई गालीगलोज तथा अभद्र व्यवहार गरेको भन्दै आन्दोलनमा उत्रिएका जुनियर रेजिडेन्टहरू नियमित काममा फर्किएका छन्।

क्रियाशील सदस्यता छानबिन समितिको प्रवक्तामा पौडेल

नेपाली कांग्रेस क्रियाशील सदस्य छानबिन समितिको प्रवक्ताको जिम्मेवारी केन्द्रीय सदस्य प्रदीप पौडेललाई दिइएको छ।

नेपाली कांग्रेस: सदस्यता छानबिन मापदण्डमा सहमति

नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीसहित शुक्रबार बसेको बैठकले प्रक्रिया नपुर्‍याईकन क्रियाशील सदस्यता सिफारिस गरिएको पाइए अस्वीकार गर्नेगरी छानबिन मापदण्ड टुंगो लगाएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको थियो।

कोरोना संक्रमित बेडबाट लडेको घटनाबारे वीपी प्रतिष्ठानले छानबिन गर्ने

बेडबाट लडेर गम्भीर घाइते भएकी कोरोना संक्रमित महिलाको मृत्यु भएको घटनाबारे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले छानबिन गर्ने भएको छ। मृतकको परिवारजनले छानबिनको माग गर्दै शव जिम्मा नलिने अडान लिएपछि प्रतिष्ठानले आन्तरिक छानबिन गर्ने भएको हो।

भेरी अस्पतालको घटनाको छानबिन गर्न माग

नेपाल चिकित्सक संघ जिल्ला कार्य समिति जुम्लाले राप्ती भेरी प्रादेशिक अस्पताल नेपालगंजमा बिरामीको कुरुवाद्वारा स्वास्थ्यकर्मी तथा चिकित्सकमाथि गरिएको सांघातिक आक्रमण प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्