coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पाँच विद्यार्थी संगठनको ज्ञापनपत्र: दार्चुला घटनाको तत्काल छानबिन गरियोस्

विपक्षी गठबन्धननिकट पाँच विद्यार्थी संगठनले दार्चुलामा तुइनबाट खसेर एक व्यक्ति नदीमा बेपत्ता भएको घटनाको तत्काल छानबिन गरी दोषिमाथि कारबाहीको माग गरेका छन्।   

दार्चुलाको व्यास गाउँपालिका वडा नं.२ का जयसिंह धामी विदेश जानको लागि महाकाली नदी तर्ने क्रममा भारतीय सशस्त्र प्रहरीले तुइन काटिदिएपछि नदीमा बगेर बेपत्ता भएका छन्। संयुक्त विद्यार्थी संगठन भारतीय अपराधिक कार्यको विरोध र भत्सर्ना गर्दै घटनाको छानबिन गरी तुइन काट्ने व्यक्तिलाई कारबाही गर्न र सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको उपमहासचिव जीपी मैनालीले जानकारी दिए।    

यस्तै मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकूलपतिले विद्यार्थीमाथि प्रशासन लगाएर दमन गर्ने, धम्क्याउने गरेका छन्। उपकूलपतिको कारण परीक्षाको वातावरण विथोलिएको छ। विद्यार्थीहरुका जायज मागहरु सम्बोधन गरी परीक्षा सूचारु गर्न माग संगठले माग गरेको छ।   

यसैगरी धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीहरुबाट भ्रष्टाचार, अनियमितता भएको पनि उनीहरुले प्रधानमन्त्री देउवालाई ध्यानकर्षण गरेका छन्। प्रतिष्ठानका पदाधिकारीहरुले दादागिरी मच्याइरहेका छन्। पढाइ, विरामीको उपचारलगायत दैनिक काममा निकै बाधा उत्पन्न भएको छ। 

उपकूलपतिलाई बर्खास्त गरी प्रतिष्ठानका समस्या समाधान गर्न पाँच विद्यार्थी संगठनले माग गरेका छन् ।

 

प्रकाशित: १६ श्रावण २०७८ ०७:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App