४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

भ्रष्टाचार मुद्दा तामेलीमा राखेका घिमिरेलाई पदक

सरकारले भ्रष्टाचार प्रकरणमा मुछिएका र त्यस्ता व्यक्तिहरूलाई जोगाउन चलखेल गरेको आरोप लागेका निकायका पदाधिकारीलाइ पदकबाट विभूषित गर्ने निर्णय गरेको भन्दै जनस्तरबाट आलोचना भएको छ।

उपकुलपति दासविरुद्ध पौने आठ करोडको मुद्दा

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका तत्कालीन उपकुलपति डा. बलभद्रप्रसाद दासविरुद्ध पत्नीको नाममा सम्पत्ति राखेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब पौने ८ करोडको भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

१३औं सागमा भ्रष्टाचार आरोप: तथ्य लुकाउन दौडधुप

सागकै विभिन्न समितिका बसेका आफू निकटका कर्मचारीलाई छानबिन उपसमितिमा राखेर छानबिन फितलो बनाउने प्रयास गरेको सदस्यसचिवमाथि आरोप लागेको छ ।

‘अख्तियार नेतृत्वबाट संविधानलाई धोका’

मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी पाएको संवैधानिक निकाय आफ्नो दायित्वबाट विचलित हुँदै गएको भन्दै आलोचना भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले अवकाश हुनुभन्दा केही समयअघि नेपाल आयल निगमको जग्गा खरिदमा भएको अनियमितता फाइल तामेलीमा राखेपछि चौतर्फी विरोध भएको थियो।

गर्विलो इतिहासमा भ्रष्टाचारको छिटा

१३औं संस्करणमा आयोजक राष्ट्रका हैसियतले ऐतिहासिक सफलता आत्मसात् गरेको थियो । यो संस्करण नतिजाका हिसाबले गर्विलो बने पनि भ्रष्टाचारका छिटाले भने दूषित भएको छ । यसले नेपाली खेलकुदमा केही तीता घटना पनि उब्जाएको छ ।

भ्रष्टाचारबाट दुर्गन्धित हुँदै गणतन्त्र

कोरोना भाइरसको महामारी नियन्त्रण गर्ने प्रयासस्वरूप सरकारले गरेको कामले विवादको निरन्तरता कायम राखेको छ। औषधि खरिददेखि लिएर चार्टर विमानमार्फत यात्रु ओसारपसार गर्दा अपनाइएको विकृत शैलीका कारण जनतामा सरकारप्रति वितृष्णा बढ्दै गएको छ। कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले जेठसम्ममा करिब १० अर्ब रुपियाँ खर्च भइसकेको बताएको थियो।

विपदमा पनि भ्रष्टाचार

असार ३१ गते घुस रकमसहित पक्राउ परेका कल्याणपुर नगरपालिका प्रमुख र उनका छोराविरुद्ध अख्यितराले विशेष अदालतमा मुद्दा दायर गरेको छ। प्रमुख सूर्यनाथ मण्डल धानुक र उनका छोरा सन्त कुमार मण्डलउपर पाँच लाख विगो कायम गरी बुधबार घुस लिइ भ्रष्टाचार गरेको सम्बन्धी आरोप पत्र दायर गरिएको छ।

तकियाको खोलको २८ सय र एउटा तन्नाको ८ हजार मूल्य राखी बिल पेस

नगरपालिकाको विवरणअनुसार एउटा तकिया खोल २८ सय ७६ रूपैयाँ ३५ पैसामा खरिद गरिएको छ। ४५ लाख ३ हजार ७ सय ७५ रूपैयाँमा ५ सय ५८ थान तन्ना खरिद गरिएको छ।

स्रोत नखुलेको रकमसहित दुई अधिकृत अख्तियारको नियन्त्रणमा

बाँके राष्ट्रिय निकुञ्ज बाँकेका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकायलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगले निन्त्रणमा लिएको छ।

सिँचाइ डिभिजन कार्यालय खोटाङका प्रमुखविरुद्ध भ्रष्टाचार सम्बन्धी आरोप–पत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका जलश्रोत तथा सिँचाइ डिभिजन कार्यालय दिक्तेल खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठविरुद्ध विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी आरोप–पत्र दायर गरेको छ ।

साना र ठूला मापन नगरी भ्रष्टाचारीलाई कारवाही हुन्छ : आयोग

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले साना र ठूला मापन नगरी भ्रष्टाचारीलाई कारवाही गर्ने गरिएको बताइका छन् । १ रुपैयाँ घुस खाने र अर्बौ रुपैयाँ खाने दुबै भ्रष्टाचारी भएकाले साना र ठूला मापन नगरी कारवाही गर्ने गरिएको उनले बताए ।

सरकारको कारणले हत्या, हिंसा र भ्रष्टाचार बढ्यो : महामन्त्री खड्का

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकारको कारणले हत्या, हिंसा र भ्रष्टाचारका गतिविधिहरू बढीरहेको आरोप लगाएका छन्। नेपाली कांग्रेस तरुण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री खडकाले सरकार र सत्तारुढ दलको नेतृत्वमा हत्या, हिंसा, बलात्कार र भ्रष्टाचारका गतिविधिहरू भइरहेको बताए ।

पहुँचवालालाई पैसा

भ्रष्टाचार र विसंगतिले सीमा नाघ्न थालेको छ। यस्ता कर्ममा उच्चपदस्थ कर्मचारी तथा वरिष्ठको पगरी गुथेका नेताहरूकै संलग्नताले सिंगो मुलुक लाज मान्नुपर्ने अवस्थामा पुगेको छ।

भ्रष्टाचार मुद्दाको चाप बढ्यो

विशेष अदालतमा भ्रष्टाचार,सम्पत्ति शुद्धीकरणमाअहिलेसम्मकै धेरै मुद्दा दर्ता भएका छन्। यस आर्थिक वर्षमा ४ सय ५० थान मुद्दा दर्ता भएका हुन्। विशेष अदालत स्थापना हुँदाकै बेलादेखि स्रोतसाधनमा दिनहुँ थपिने मुद्दा छिन्न कठिन हुँदै गैरहेको रजिष्ट्रार अशोककुमार क्षेत्रीले बताए। ‘विशेष अदालतमा अहिलेसम्मकै धेरै भ्रष्टाचार, अकुत सम्पत्ति, सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता भएका छन्,’ उनले भने, ‘सुरुदेखिकै स्रोत साधनमा छौं। भवन छैन, जनशक्ति सीमित हुँदा समयमै मुद्दाको फछर्यौट हुन सकेको छैन।’

भ्रष्टाचारले सीमा नाघ्यो : सांसद राई

प्रदेश नम्बर १ का सांसद राजन राईले भ्रष्टाचारले सीमा नाघेको बताएका छन् । प्रदेशसभा संसदमा बोल्दै सांसद राईले ‘सरकारको नियतमाथि शंका गर्ने ठाउँ नभए पनि क्रियाकलापमाथि शंका गर्ने ठाउँ भेटिएको’ दाबी गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्