coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकारको कारणले हत्या, हिंसा र भ्रष्टाचार बढ्यो : महामन्त्री खड्का

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकारको कारणले हत्या, हिंसा, र भ्रष्टाचारका गतिविधिहरू बढीरहेको आरोप लगाएका छन्। नेपाली कांग्रेस तरुण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री खडकाले सरकार र सत्तारुढ दलको नेतृत्वमा हत्या, हिंसा, बलात्कार र भ्रष्टाचारका गतिविधिहरु भइरहेको बताए ।

सरकारको रबैया र आन्तरिक खिचातानीका कारण जनताले दुःख पाएको उल्लेख गर्दै महामन्त्री खड्काले सरकारलाई खबरदारी गर्ने कुरामा कांग्रेस कमजोर नरहेको बताए । कांग्रेसले प्रतिपक्षको भूमिका निभाउन नसकेको गुनासो रहेपनि कांग्रेसले शान्तिपूर्ण राजनीतिमार्फत सरकारलाई खबरदारी गरिरहेको उनले बताए । महामन्त्री खड्काले सरकारका गलत निर्णय र सत्तारुढ दलको रबैयाले निराशामा रहेका जनतालाई भरोसा दिन तरण दलले काम गर्नुपर्ने बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका विभागहरूलाई धमाधम पूर्णता दिइरहेका छन । सभापतिमा निर्वाचित भएको लामो समयसम्म गठन हुन नसकेका विभागलाई देउवाले महाधिवेशन नजिकिँदै गर्दा पूर्णता दिएका हुन्। पार्टी आगामी महाधिवेशनको तयारीमा जुटिरहेका बेला सबै विभागका पदाधिकारीहरू सक्रिय हुन थालेका छन् । 

प्रकाशित: १० श्रावण २०७७ १२:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App