२६ असार २०८३ शुक्रबार
image/svg+xml

सरकारको उद्देश्य उपचार गर्ने थियो भने गणेशको मृत्यु हुँदैनथ्यो : ज्ञानेन्द्र शाही

ज्ञानेन्द्र शाहीले गृहमन्त्री सुधन गुरुङको उद्देश्य गणेश नेपालीको उपचार गर्ने नरहेको आरोप लगाएका छन्।

गणेशको मृत्युले देशको गम्भीर आर्थिक–राजनीतिक संकट उजागर गरेको बाबुराम भट्टराईको टिप्पणी

डा. भट्टराईले यो घटनाले एक व्यक्तिको मृत्यु मात्र नभई देशको गहिरिँदै गएको आर्थिक–राजनीतिक संकटलाई उजागर गरेको टिप्पणी गरेका छन्।

एमालेले भन्यो: श्रमिक वर्ग माथी सरकारले गरेको अमानवीय व्यवहारको शिकारमा परे गणेश नेपाली

नेकपा एमालेले राइडरका रूपमा काम गर्दै आएका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति दुःख व्यक्त गरेको छ ।

वीर अस्पतालमा तनाव, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन

गणेश नेपालीको निधनपछि वीर अस्पतालमा तनाव भएको छ । तनाव व्यवस्थापन गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

निरासाजनक विकास खर्च: असार सकिँनै लाग्दा साढे ४४ प्रतिशतमा सीमित

चालु आर्थिक वर्षको विकास खर्च पछिल्ला छ वर्षयताकै कमजोर बनेको छ। अघिल्ला आर्थिक वर्षहरूमा पनि लक्ष्यअनुसार पुँजीगत खर्च हुन नसके पनि यस वर्षको जस्तो न्यून अवस्था देखिएको थिएन।

गणेश नेपालीको मृत्युमा सरकार जिम्मेवार, निष्पक्ष छानबिन गर्न सांसद थपलियाको माग

उनले नागरिक आफ्नै शरीरमा आगो लगाउन बाध्य हुनु राज्यको असफलताको संकेत भएको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन र सरकारको जवाफदेहिता माग गरेकी छन्।

गणेश नेपालीको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न सांसद राईको माग

सांसद आरेन राईले गणेश नेपालीको आत्मदाहपछि भएको मृत्युको घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

यो सरकार जनतालाई मार्ने गरी अघि बढिरहेको छ : ऐन महर

उनले गृहमन्त्री र सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै सरकार स्टन्टमा मात्र केन्द्रित भएको आरोप लगाए।

गणेश नेपालीको निधनमा सांसद कार्कीको प्रश्न : नियम ठूलो कि मान्छेको ज्यान ?

उनले सरकार र पार्टीका समर्थकहरूलाई आग्रह गर्दै भनेका छन्, ‘प्रीय रास्वपाका र सरकारका समर्थकहरू, सरकार र पार्टी जोगाउन मान्छेको ज्यान भन्दा भारी तर्क नगरौँ ल।’

‘राजनीतिभन्दा माथि मानवता’ : नेपालीको मृत्युमा सांसद डा. सिंहद्वारा निष्पक्ष छानबिनको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले गणेश नेपालीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

झोलामै कार्यालय बोकेर घरघरमा चेक काट्दै हिड्ने गरुडाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

मेयर जयसवालले नगरपालिकामा भइरहेका गतिविधिको जानकारी दिन तथा कार्यालयमै बसेर नियमित रूपमा काम गर्न अनुरोध गरे पनि प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बेवास्ता गर्दै कार्यालयबाट बाहिरिएको बताएका छन्।

गणेश नेपालीको घटनाले राज्यलाई गिज्याइरहेको छ : वासना थापा

नेपालीले शरीरमा आगो सल्काउँदा राज्यले एम्बुलेन्स समेत नपठाइ अपराधिकझैं घिसारेर लगेको आरोप लगाइन्।

गणेश नेपालीको निधनपछि पूर्वगृहमन्त्री अर्यालको चिन्ता : मुलुकलाई द्वन्द्व र अनिष्टको दुष्चक्रमा फसाउने गल्ती नहोस्

नेपालीको निधनप्रति दुःख व्यक्त गर्दै पूर्वगृहमन्त्री अर्यालले राज्य सञ्चालकहरूले नागरिकसँग सहकार्य गर्न नसकेको र द्वन्द्व बढाएको आरोप लगाएका छन्।

गणेशको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ : सांसद लिम्बू

नेकपा एमालेकी सांसद भूमिका लिम्बू सुब्बाले गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी छिन्।

गणेशको निधनमा गगनले भने: यो समाज र राज्यलाई झस्काउने अत्यन्तै पीडादायी छ

सभापति थापाले घटनालाई राजनीतिक आरोप–प्रत्यारोपको विषय नबनाई मानवीय संवेदनाका साथ हेर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिने वातावरण निर्माणका लागि सबै पक्षले आत्मचिन्तन गर्नुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्