coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भ्रष्टाचार मुद्दाको चाप बढ्यो

विशेष अदालतमा भ्रष्टाचार,सम्पत्ति शुद्धीकरणमाअहिलेसम्मकै धेरै मुद्दा दर्ता भएका छन्। यस आर्थिक वर्षमा ४ सय ५० थान मुद्दा दर्ता भएका हुन्।  विशेष अदालत स्थापना हुँदाकै बेलादेखि स्रोतसाधनमा दिनहुँ थपिने मुद्दा छिन्न कठिन हुँदै गैरहेको रजिष्ट्रार अशोककुमार क्षेत्रीले बताए। ‘विशेष अदालतमा अहिलेसम्मकै धेरै भ्रष्टाचार, अकुत सम्पत्ति, सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता भएका छन्,’ उनले भने, ‘सुरुदेखिकै स्रोत साधनमा छौं। भवन छैन, जनशक्ति सीमित हुँदा समयमै मुद्दाको फछर्यौट हुन सकेको छैन।’  

विशेष अदालतमा अध्यक्ष शिवराज अधिकारीले अबको मुद्दा चापमा भैरहेको इजलासले नपुग्ने बताए। ‘मुद्दा दर्ता बढ्दो छन्। अपराधका प्रकृति परिवर्तनशील छन्। तर, अदालतको मानवीय, भौतिक दुवै अभाव देखिएको छ,’ उनले भने।  

एउटै मुद्दामा धेरै प्रतिवादी, प्रमाणको गहन अध्ययनपछि मात्रै फैसला गर्न सकिने भएकाले विशेष अदालतमा मुद्दाको चाप बढ्दै गएको बताए। विशेषको भ्रष्टाचार, अकुत सम्पत्ति, सम्पत्ति शुद्धीकरणलगायतका मुद्दा दर्ता हेर्ने क्षेत्राधिकार हो। तर, अनुसन्धान गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागजस्ता कार्यालय सुविधासम्पन्न र प्रविधिको उच्चतम उपयोग गरिरहेका छन्। तर, न्यायिक मन प्रयोग गर्ने विशेष अदालतले न्यून स्रोतसाधनमा काम गर्नु परेकाले दुईबीचको खाडल पुर्ने प्रमुख चुनौती रहेको रजिष्ट्रार क्षेत्रीले थपे।  

मुलुकको समग्र सुशासनसँग जोडिएको विशेष अदालतलेफछ्र्यौट गरेका फैसलाका पूर्ण पाठ भने समयमै तयार पारिएको उनले बताए। यस वर्ष १७८ वटा मुद्दा फछ्र्यौटमध्ये १७४ थान मुद्दा फैसलाको पूर्णपाठ तयार भएको दाबी गरे।  

विशेष अदालत ऐन २०५९ अनुसार गठन भई भ्रष्टाचार, सम्पत्ति शुद्धीकरणलगायतका मुद्दाको सुनुवाइ गर्ने विशेष अदालतले नियमावली ल्याउन पहल गरेको छ। कार्यविधिमा सरलीकरण, फैसला कार्यान्वयन, संयन्त्र,कामको निर्धारण गर्न पनि नियमावली आवश्यक भएको क्षेत्रीले बताए।

प्रकाशित: १ श्रावण २०७७ ०२:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App