४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

प्रदेश १ मा जताततै भ्रष्टाचार : सांसद राई

प्रदेश १ का सांसद राजन राईले प्रदेशमा जताततै भ्रष्टाचार भइरहेको आरोप लगाएका छन्। सोमबारको प्रदेश सभा वैठकको शुन्य समयमा बोल्दै राईले प्रदेशमा जताततै भ्रष्टाचार भइरहेको आरोप लगाएका हुन्।

प्रधानमन्त्रीबाट दुई विधेयक पारितका लागि प्रस्ताव गरिने

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई विधेयक पारितका लागि प्रस्ताव गर्ने भएका छन् । उनले आज राष्ट्रिय सभामा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ र ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन विधेयक, २०७६ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने भएका हुन् ।

जनता तीन भाइरसबाट आक्रान्त छन् : डिला संग्रौला

‘प्रधानमन्त्रीले कोरोना बेसार, अदुवा र हाच्छिउँ गर्दा निको हुन्छ भन्ने बालहठ प्रदर्शन गर्दै गर्दा उहाँ आफैं डाक्टर, वैद्य, न्यायाधीश र प्रहरी बनेको भान हुन्छ । यो विषय आज मजाक बन्न पुगेको छ,’ संग्राैलाले भनिन् ।

प्रहरी निरीक्षक र वन अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

जिल्लामा कार्यरत प्रहरी निरीक्षक नृपबहादुर बोहरा र बडिकेदार गाउँपालिकामा रहेको केदार सामुदायिक वनका अध्यक्ष चक्रबहादुर साउदविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

भ्रष्टाचारमा संलग्न जोसुकैलाई पनि कारवाही हुन्छः प्रधामन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारमा भएको खर्चको हिसाब प्रक्रिया संगत आउने भन्दै भ्रष्टाचार भयो कि ? भनेर शंका नगर्न आग्रह गरेका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका लागि विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै उनले कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारमा प्रदेश र स्थानीय तहको काम गराई असाधारण रहेको भन्दै शकांको दृष्टिले नहेर्न आग्रह गरेका हुन्।

‘कोरोना नियन्त्रणका नाममा भ्रष्टाचार भयो, अब १० अर्बको हिसाब चाहिन्छ’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले कोरोना नियन्त्रणका नाममा भ्रष्टाचार भएको आरोप लगाउँदै १० अर्बको हिसाब देखाउन माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रतिपक्षी सांसदले अहिलेसम्म पनि सरकारले कोरोना नियन्त्रणमा ध्यान नदिएको तर आर्थिक अनियमितता गरेको आरोप लगाउँदै खर्च भएको भनिएको १० अर्बको विवरण पेस गर्न आग्रह गरेका हुन् ।

नापी सर्वेक्षकको सम्पत्ति ५ करोड ४३ लाख ! अख्तियारद्धारा मुद्दा दायर

नापी कार्यालयका भक्तपुरका सर्वेक्षक राजेन्द्र काफ्लेले सार्वजनिक पदको दुरुपयोग गरि ५ करोड ४३ लाख रुपैयाँभन्दा बढी अवैध सम्पत्ति आर्जन गरेको भेटिएको छ।

मालपोत अधिकृतको भ्रष्टाचार कर्तुत: साली र जेठानका नाममा समेत अवैध सम्पत्ति

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० करोड २७ लाख रुपैयाँ भन्दा बढी गैह्रकानूनी सम्पत्ति आर्जन गरेको भन्दै भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल ललितपुरका मालपोत अधिकृत बद्रीराज ढकाल विरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ।

कोरोना नियन्त्रणमा भ्रष्टाचार, छानविनका लागि संसदीय समिति गठन माग

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना संक्रमण नियन्त्रणको काममा भ्रष्टाचार भएको आरोप लगाउँदै छानविनको माग गरेको छ । आइतबारको संसद् बैठकमा प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका तर्फबाट विशेष समयमा बोल्दै प्रमुख सचेतक केदार कार्कीले कोरोना नियन्त्रण, उपचार र व्यवस्थापनमा भ्रष्टाचार भएकाले छानविनका लागि संसदीय समिति गठन गर्न माग गरेका हुन्।

भ्रष्टाचार आरोपमा अवकास प्राप्त उपरथी श्रेष्ठमाथि सेनाको कारवाही

नेपाली सेनाले आर्थिक अनियमितता गरेको र जिम्मेवारीमा हुँदा कानुनत पालना गर्नु पर्ने प्रकृया र दायित्व पुरा नगरेको भन्दै सेनाको हवाई महानिर्देशनालयका तत्कालिन महानिर्देशक पाइलट उपरथी सुधिर श्रेष्ठ (अवकाश प्राप्त)लाई कारबाही गरेको छ।

इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको भ्रष्टाचारसम्बन्धी मुद्दामाथि आइतबार सुनुवाई सुरू भएको छ।

घुस रकम उठाएर फर्कदा पक्राउ परेकी बन अधिकृतविरुद्ध मुद्दा दायर

अख्तियार दूरुपयोग अनुसन्धान आयोगले घुस उठाएर काठमाडौं आउँदै गरेको अवस्थामा पक्राउ परेकी डिभिजन बन कार्यालय दोलखामा कार्यरत डिभिजन बन अधिकृत सन्तमाया श्रेष्ठ विरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्धा दायर गरेको छ।

भ्रष्टाचार आरोपमा सहायक रथी र कर्णेल हिरासतमा

नेपाली सेनाले भ्रष्टाचार गरेको आरोपमा एक जना सहायक रथी (ब्रिगेडियर जनरल) र महासेनानी (कर्णेल) लाई हिरासतमा लिएको छ। सहायकरथी प्रयोगजंग राणा र महासेनानी नविन सिलवाललाई वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखालमा हुँदा कोष दुरुपयोगका आरोपमा छानबिनका लागि नियन्त्रणमा लिएको सैनिक उच्च स्रोतले जानकारी दिएको छ। राणा दुई वर्ष अघी त्यहाँको केन्द्रपति हुँदा कोषको रकम अनियमित तरिकाले दुरुपयोग गरेको आरोप छ।

सेनामा भ्रष्टाचार, महासेनानीसहित पाँच जना दोषी ठहर

नेपाली सेनाले सैनिक आवासीय महाविद्यालय भक्तपुरमा आर्थिक अनियमितता गर्ने एक जना महासेनानी (फुल कर्नेल) र प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्नेल) सहित पाँच जनालाई कारबाही गरेको छ।

भ्रष्टाचार गर्ने कर्णेल सहित पाँच जनामाथि सेनाको कारवाही

नेपाली सेनाले सैनिक आवासीय महाविद्यालय भक्तपुरमा आर्थिक अनियमितता गर्ने एक जना महासेनानी (फूल कर्णेल) र प्रमुख सेनानी (लेफ्टनेन्ट कर्णेल) सहित पाँच जनालाई कारबाही गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्