२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

जनता तीन भाइरसबाट आक्रान्त छन् : डिला संग्रौला

डा. डिला संग्रौलाले यतिबेला जनता तीन भाइरसबाट आक्रान्त भएको बताएकी छन् ।  उनले आजको प्रतिनिधिसभा बैठकमा जनता कोरोना भाइरस, भ्रष्टाचार र बलात्कारबाट आक्रान्त भएको बताएकी हुन् ।

उनले भनिन्, ‘यसबाट मुक्ति दिनु राज्यको दायित्व हो । तर सरकार दिनप्रति दिन असंवेदनशील, अकर्मण्यीय, अनुदार र विवादित बन्दै गइरहेको छ ।’

उनले प्रधानमन्त्री नै जिम्मेवार नभएको टिप्पणी गरेकी छन् ।  उनले  कोरोना संक्रमण दर नियन्त्रणका लागि सरकारको व्यवस्थापन पक्ष कमजोर र फितलो देखिएको दाबी गरिन् ।

 ‘प्रधानमन्त्रीले  कोरोना बेसार, अदुवा र हाच्छिउँ गर्दा निको हुन्छ भन्ने बालहठ प्रदर्शन गर्दै गर्दा उहाँ आफैं डाक्टर, वैद्य, न्यायाधीश र प्रहरी बनेको भान हुन्छ । यो विषय आज मजाक बन्न पुगेको छ,’ संग्राैलाले भनिन् ।  

कोरोना नियन्त्रणका लागि जनताले सरकारबाट स्पष्ट मार्गचित्र र पहलकदमी खोजेको र  बसारे आइडोलोजीको ज्ञान जनतालाई मन नपरेको उनको भनाइ छ ।  

त्यस्तै,  राष्ट्र विपदमा परेको बेलामा पनि स्वास्थ्य सामग्री खरिद प्रकरणमा भएको भ्रष्टाचारमा  सरकार  जोडिनु निर्लज्जताको पराकाष्टा भएको उनले दाबी गरिन् । उनले  प्रधानमन्त्रीलाई भ्रष्टाचारी नजोगाउनसमेत आग्रह गरिन् ।

त्यस्तै, उनका अनुसार अर्को खतरनाक भाइरस महिलाहिंसा र बलात्कार रहेको छ । उनले भनिन्, ‘लकडाउनमा हरेक दिन पाँच महिलामाथि बलत्कार भइरहेको छ । लकडाउनको ८३औं दिनमा नेपालमा ३८३ वटा  बलत्कारका घटना घटेका छन् । अन्य हिंसात्मक घटनाको त कुरै नगरौं ।’

कैलालीको लम्किचुवा नगरपालिकाको क्वारेन्टिनमा एक महिलामाथि भएको सामूहिक बलात्कारको घटना स्मरण गराउँदै भनिन्, ‘महिलाको सुरक्षा कहाँ हुन्छ रु सरकारको मौनताका कारण अपराधीलाई कारबाही भएको छैन । दोषीलाई कडाभन्दा कडा कारबाही गर्न सभामुखमार्फत् सरकारको ध्यान आकर्षण गराउन चाहन्छु ।’

प्रकाशित: ९ असार २०७७ १०:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App