१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीबाट दुई विधेयक पारितका लागि प्रस्ताव गरिने

राष्ट्रिय सभाको बैठक दिउँस १ बजे

प्रधानमन्त्री केपी शर्मा ओलीले  दुई विधेयक पारितका लागि प्रस्ताव गर्ने भएका छन् । उनले आज राष्ट्रिय सभामा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ र ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन विधेयक, २०७६ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने भएका हुन् । 

उनले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित  अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन० विधेयक) २०७६  र विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने भएका छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाले ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधनउपर विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत पेस गर्नेछन् ।

त्यस्तै, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले ‘राष्ट्रिय महत्वका दस्तावेज अभिलेख व्यवस्थापनसम्बन्धी प्रतिवेदन, २०७७’ सभामा पेस गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रिय सभाको बैठक दिउँस १ बजेदेखि बस्ने भएको छ ।

प्रकाशित: १५ असार २०७७ ०५:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App