७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रदेश १ मा जताततै भ्रष्टाचार : सांसद राई

प्रदेश १ का सांसद राजन राईले प्रदेशमा जताततै भ्रष्टाचार भइरहेको आरोप लगाएका छन्। सोमबारको प्रदेश सभा वैठकको शुन्य समयमा बोल्दै राईले प्रदेशमा जताततै भ्रष्टाचार भइरहेको आरोप लगाएका हुन्।  

सांसद राजन राईले भ्रष्टाचार विरुद्ध शुन्यशहनशिलता अपनाउने प्रतिबद्धता जनाउँदै आएको सरकारलाई आफ्नो प्रतिबद्धता पुरा गर्न  राईले आग्रह गरे । भ्रष्टाचार ‘विरुद्ध शुन्य शहनशिलता अपनाउने प्रतिबद्धता जनाउनु राम्रो भएपनि प्रतिबद्धता विपरीत काम गर्नु राम्रो हैन,’ राईले भने, ‘आफुले गरेको प्रतिबद्धता पुरा गर्नुस् ।’ राईले प्रदेशमा भएको भ्रष्टाचारको विषयमा दसप्रमाण पनि जुटाउन आफूहरू तयार रहेको स्पष्ट पारे  । 

राईले कतै  निर्माण भइसकेको सिंचाइ आयोजनालाई पनि बजेट विनियोजन गरिएको र निर्माण नै सुरू नभएको सडकका नाममा बर्षेनि बजेट विनियोजन हुने र खर्च पनि हुने गरेको बताए । राईले प्रदेश १ मा असाधारण तरिकाले भ्रष्टाचार भइरहेको भन्दै भ्रष्टाचार नियन्त्रण गर्न सरकारको ध्यानकर्षण पनि गराए । प्रदेश १ का मूख्यमन्त्री शेरधन राईले सार्वजनिक कार्यक्रमहरूमा पटक–पटक भ्रष्टाचार विरुद्ध प्रदेश सरकारले शुन्य शहनशिलता अपनाउने प्रतिबद्धता जनाउँदै आएका छन् ।

प्रकाशित: २२ असार २०७७ १२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App