१० मंसिर २०८१ सोमबार
image/svg+xml

ओत लाग्ने छानो छैन्, छाक टार्ने अन्न छैन्

‘रुखको फेदमा स्याउलाको (पात) छानो बनाएका छौं, खानलाई अन्न छैन्,’ बुँदेले टेलिफोनमा नागरिकसँग भने, ‘दुर्गमको ठाउँ भएर होला अहिलेसम्म कोही सहयोगी फेला पारेका छैनौं ।’ पहिरोले घर विहीन भएको एक साता हुँदा पनि नजिकको सरकार स्थानीय तहले अहिलेसम्म राहत उपलब्ध गराएको छैन् ।

पहिरोले निम्त्याएको पीडा

गाउँमा सडक पुग्दा त्रिपुरासुन्दरी गाउँपालिका–६ आगिन्चोकस्थित देउराली काफलपानी गाउँका कान्छाबहादुर खाँण निकै खुसी भएका थिए। सडक पुगेपछि सदरमुकामसम्मको दुरी पनि छोटियो भने दैनिक उपभोग्य सामानहरु गाउँमा ल्याउन पनि सजिलो भयो। घर नजिकैबाट सवारी साधन गुड्ने भएपछि उनको खुसीको सीमा रहेन।

आमाको किरिया गर्न आएका बाटैबाट फर्काइए

भगिराज राईले समाजिक सञ्जाल फेसबुकमा मृतक आमाको काजकिरिया गर्न घर जान नपाएको भावुक स्टाटस लेखे । शुक्रबार मृत्यु भएकी आमाको काजकिरिया गर्नका लागि इलामको माई नगरपालीबाट आफ्नो घर पाँचथरको फालेलुङ गाँउपालिका–२ आउन खोज्दा भाउजु, आफन्तहरुसहित आफूलाई राँके बजारबाट फर्काइएको भन्दै पीडा व्यक्त गरेका थिए ।

लकडाउनमा असिनाले थपेको पीडा : न ओत न खानेकुरा

चारैतर्फ छेउबाट काठको खम्बाले ठड्याएको पूरानो घर । माथि टुटेफुटेको छानो । घरभित्रबाट माथि हेर्दा छानोमा प्लालै प्वाल परेको छ । केही दिन यता दिनहुँ पानी पर्दा छानो चुहेर लत्ताकपडा र सरसमान भिजेर गन्हाइ रहेको छ । घरमा अन्नपात छैन । झट्ट हेर्दा यो घरमा मानिस बसिरहेको पत्यारै लाग्दैन । तर कुनै बिकल्प नहुँदा अझै त्यहि घरमा बस्न बाध्य छन् वटेश्वर गाउँपालिका–१ चित्रपुरका राजकुमार महतो ।

‘समाजले कोरोना संक्रमित बनाइदियो’

फ्रान्सबाट आएकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीसंगै जहाजमा आएका अन्य यात्रुहरुको खोजतलास सुरु भयो। यी मध्ये कतारबाट आएकी दाङकी बबई गाउँपालिका वडा नम्बर २ की लक्ष्मी ओली पनि ति युवतीसंगै एउटै जहाजमा आएको सार्वजनिक भयो। उनको नामै सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय उनको पहिचानमा लाग्यो। गत १२ गते उनलाई प्रहरी घरमै पुगेर आइसोलेसनमा बस्न आग्रह गर्‍यो।

जलेको घाउ निको भयो तर मनको घाउ उस्तै छ

लामो समय परिवर्तनका लागि लडेकी एक युवती यतिबेला बुटवलस्थित मानव सेवा आश्रममा छिन्। बेलुका अध्यारो बढ्दै जाँदा बाख्रा र कुखुरासँगै गोठमा सुताइने रोल्पा त्रिवेणी ५ जुगार जबरबोटकी ३२ वर्षिया पूर्वलडाकु निर्मला विक ‘साधना’ यतिबेला शारिरीक रुपले तन्दुरुस्त बन्दै गएकी हुन्।

अभाव र पीडा खप्न बाध्य

२७ बर्से पप्पु नेटुवाको अरिँगालको मह काढ्न जाँदा रुखबाट लडेर दुवै खुट्टा भाँच्चिए। जसोतसो भैरहवा मेडिकल कलेजमा उपचार गराएका उनका दुवै खुट्टामा रड राखिएको छ। अहिले हिँड्न मिल्दैन। रड निकाल्ने बेला भइसक्यो। तर पैसा छैन।

द्वन्दपीडित मेघमाली, कतिन्जेल बोक्ने पीडाको भारी ?

अचेल माओवादी देख्दा नि मन दुख्छ! सरकारभन्दा नि मन दुख्छ! एउटाले श्रीमान मारे अर्कोले छोरा बेपत्ता पारे।’ उनले थपिन‘।

लालपुर्जा नेपालीसँग, जग्गामा भारतीय हैकम

नवलपरासीस्थित सुस्तावासीले भारतीय अतिक्रमणको पीडा भोग्न थालेको चार दशक बित्यो। भारतीयले अतिक्रमण गरी बस्ती नै बसालेपछि फराकिलो सुस्ता एकाएक साँघुरियो। हडप्न नसकेको कयौं बिघा जमिन विवादित भन्दै भारतीय सीमा सुरक्षा बल एसएसबीले जोतभोग गर्न दिएन।

अतिक्रमणले सुस्तावासी दशकौंदेखि पीडामा

भारतीय पक्षको सीमा अतिक्रमणका कारण सुस्तावासी वर्षौंदेखि प्रताडित छन्। २०२२ सालमा बस्ती बसाइएको सुस्ताको क्षेत्रफल ४० हजार ९ सय ८० वर्गकिलोमिटर छ। त्यसमध्ये अहिले सात हजार हेक्टर जमिनमात्रै नेपालीले उपभोग गर्न पाएका छन्।

मिर्गौला रोगीका पीडा

सरकारले मिर्गौला रोगीको उपचार निःशुल्क गर्ने भने पनि कतिपय बिरामी आवश्यक औषधि खरिद गर्न अपुग रकम आफैं तिर्न बाध्य भएको दृष्टान्तले यो उपचार पूर्ण रूपमा निःशुल्क नभएको देखिन्छ। विशेषगरी पेरिटोनिअल डायलासिस गराइरहेका बिरामीहरूले यो समस्या झेल्नुपरेको छ। मिर्गौलाले काम गर्न छाडेपछि या त डायलासिस गर्नुपर्छ वा मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुन्छ।

सहकारी पीडितलाई तिहारमा पनि पीडा

सहकारी वित्तीय विकास संस्थाका पीडितहरूले रकम अभावमा पनि ठूला पर्वहरू मनाउनुपरेको छ। गत जेठमा सहकारी समस्यामा आएपछि बचतकर्ताले आफ्नो रकम फिर्ता पाउन सकेका छैनन्। ईद, बकरईद, दसैँ र तिहारजस्ता पर्वका बेला आफ्नै रकम फिर्ता लिन उनीहरू सडकमै उत्रदै आएका छन्।

कोही दसैं बनेर आए, कोही आँशु बोकेर गए

मलेसियामा पाँच वर्ष रोजगारी गरेर बिहीबार दिउँसो काठमाडौंस्थित त्रिभुवन विमानस्थल ओर्लिएका सुमन श्रेष्ठको मुहार खुसीले बलेको थियो । उनलाई लिन पुगेका आफन्तको अनुहारमा पनि हर्षको सीमा थिएन । हेटौंडादेखि राजधानी आएकी आमा बबिताले उनलाई देख्नेबित्तिकै अँगालो हालेर रोइन् ।

पीडा पोख्दै द्वन्द्वका घाइते

जंगलमा घाँस काट्न गएका बेला भेटिएको बेवारिसे बम खेलाउँदा १७ वर्षे सुरेन्द्र खत्रीले दुवै हात गुमाए। नाडीमुनि दुवै हात नभएका खत्रीको शरीर र आँखाभित्र बमका छर्रा अझै बाँकी छन्। उनी भन्छन्, ‘शल्यक्रिया गरेर छर्रा निकाल्दा आँखा नदेखिने र शरीरमा अन्य असर हुने डरले पीडा बोकेरै हिँडेको १३ वर्ष भयो।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्