१० मंसिर २०८१ सोमबार
image/svg+xml

रात परेपछि सुरक्षित बासको खोजी

उनले साढे एक रोपनीमा लगाएको धान पुरिएको छ। खेतमा ढुंगामाटो र रूख गएर थुप्रिएको छ। गाउँमा चारजनाको धानखेत पहिरोले पुरेको उनले सुनाए।

' कहिल्यै निको नहुने घाउ'

एघार वर्षअघि पूर्वी तटबन्ध भत्काएर बस्तीमा पसेको सप्तकोसी नदीले फेरि कुनै पनि बेला बिनाशलिला मच्याउन सक्ने त्रासमा छिन् कोसी गाउँपालिका ३ कि ६० वर्षीया तिलेश्वरी यादव। हरेक वर्ष बर्खा लागेपछि नदीहरूमा पानीको बहाव बढ्नु स्वाभाविकै हो तर सप्तकोसी नदीमा पानी बढ्नासाथ उनी चिन्तित हुन्छिन्।

सरकारले बिर्सियो, पीडितको पीडा उस्तै

२०७१ साउन १७ गते। अन्तर्राष्ट्रिय क्षेत्रमै हलचल मच्याउने गरी जुरे पहिरो निम्तिएको दिन। पाँच गाउँ सुलुत्त सुनकोसी नदीमा विलय गराउँदै एक सय ४५ जनाको एकै चिहान बनाएको जुरे पहिरोको शुक्रबार (साउन १७) पाँच वर्ष पूरा भएको छ। बर्खामा उर्लिएको सुनकोसी नदी लगातार ११ घन्टासम्म टम्म थुनेर विशाल कृत्रिम ताल बनाएको पहिरोले अन्तर्राष्ट्रिय समुदायकै ध्यान खिचेको थियो। दिन, महिना र वर्ष बित्दै जाँदा जुरे पहिरो बिर्सिइँदै गएको छ।

प्रदेश सरकारको तयारी फितलो

वर्षा सुरु भएसँगै पहाडमा पहिरो र तराई बाढीको पीडा थपिएको छ। हरेक वर्षको प्राकृतिक विपत्तिबाट जनधनको ठूलो क्षति हुने गरेको छ। तर प्राकृतिक विपत्तिमा परेकालाई उद्धार गर्ने र राहत पु¥याउने मामिलामा निकै ढिलाइ हुने गरेको छ, त्यसमाथि अव्यवस्थित पनि। अहिले संघीय सरकार मात्रै होइन, प्रदेशमा सरकार पनि अस्तित्वमा छ। मुलुकको राजधानीबाट उद्धार र राहतमा ढिलाइ भइरहेको गुनासो आइरहँदा प्रदेश सरकारको भूमिकासमेत असाध्यै फितलो देखिएको छ।

वाग्मतीभित्रका पीडा

काठमाडौँबाट १५ किमिउत्तर शिवपुरी राष्ट्रिय निकुन्जस्थित वागद्वारबाट सुरु वाग्मती नदीलाई राजधानीको सभ्यताका रूपमा वर्णन गरिएको छ। समृद्ध राजधानीको आधार वाग्मती नदी नै हो भन्न सकिन्छ। इतिहास साक्षी छ–राजधानीवासीको खानेपानी स्रोत वाग्मती र यसका सहायक नदी नै हुन्। कुनै समय उपत्यकाका फाँटहरूमा सिँचाइको प्रमुख माध्यम वाग्मती नै थियो।

हाज्लेउडलाई टोलीमा नपरेको पीडा

अस्ट्रेलियाका तीव्र गतिका बलर जस हाज्लेउडले आफूलाई टोलीमा छनोट नगरेको पीडामा इङ्ल्यान्डमा जारी विश्वकप कमै मात्र हेर्ने गरेको प्रतिक्रिया दिएका छन् ।

सांगीतिक उर्जा जगाउँदै शान्ति

‘पीडामा लेखिएका गीतहरू साँच्चिकै मेलोडियस् हुन्छन्। सायद मेलोडियस गीतहरू अब सुन्न पाइँदैन होला’, केही दिनअघि कालिकास्थानस्थित नेपालयमा गीत रिहर्सल गरिरहेकी गायिका र संगीतकार शान्ति ठटाल भन्दै थिइन्, ‘नयाँ पुस्ताका कलाकारले मेलोडियस गीतहरू तयार पार्न सकेका छैनन्।’ आज शुक्रबारदेखि आयोजना हुन लागेको ‘पलेँटी’ शृंखला अन्तर्गत ‘सेलिब्रेटिङ शान्ति ठटाल्स् म्युजिकल जर्नी’ कार्यक्रममा संगीतकार ठटाल गायिका विमला सेन्चुरी प्रधान र अञ्जली प्रधानसाथ प्रस्तुत हुँदैछिन्। चौथौ पटक ‘पलेँटी’ शृंखलामा देखिन लागेकी उनी रिहर्सलमा दुई गायिकाहरूलाई प्रोत्साहित गर्दैछिन्।

चार वर्ष बित्यो, न छोरीले इन्साफ पाइन्, न तलाक

शरीरमा आगो लगाएर पति, सासू र ससुरा फरार भए। माइतीले उद्धार गरे। नेपालगन्ज र काठमाडौंका अस्पतालमा लामो समयसम्म उपचार गरेपछि उनको स्वास्थ्य त ठीक भयो। तर जीवनभर उनले मानसिक पीडा भने बोकिरहिन्।

सामाजिक सुरक्षाबिनै काम गर्नुपर्ने वाध्यता

करिब ६ दशक निरन्तर काम गरेर पनि जागिर छोड्ने बेला रित्तो हात हुने भएपछि सडक मजदूरहरू चिन्तित बनेका छन्। भौतिक तथा यातायात मन्त्रालयको सडक विभागअन्तर्गत कार्यरत करिब ३ हजार सडक मजदूरले आफूहरूले नेपाल सरकार मातहत काम गर्दै आए पनि विभेदको सिकार हुनुपरेको र आफ्नो गुनासो सुनिदिने कोही नभएको दुःखेसो पोखेका छन्।

हुन्डरीमा बाँचेकाको पीडा, जीवन धान्ने कसरी

हावाहुरीले ‘संसार’ उडाएपछि फेटा गाउँपालिका–६ पुरैनियाकी ३५ वर्षीया नूरजहाँ खातुनको दुई रात अनिँदो बितेको छ। न राहत, न खाना, न पानी। आँखामा दुई रातदेखि निद्रा परेको छैन। ‘घर छैन र कसैले त्रिपाल पनि उपलब्ध गराएको छैन,’ खातुन भन्छिन् – ‘चाउचाउ र बिस्कुटको भरमा दुई दिनदेखि बाँचिरहेकी छु। उनलाई केही सहृदयीले चिउरा र सख्खर उपलब्ध गराएका छन्। तर चिउरा खान खोज्दा घाँटीमा अड्किने गरेको उनले बताइन्। खातुनको परिवारका सबै ठूला सदस्य अस्पतालमा उपचार गराउँदै छन्।

सहयाेगमा जुटाैँ

बारा र पर्सामा आइतबार बेलुकी आएको भयानक हावाहुरीले गरेको जनधन क्षतिले मुलुकलाई गम्भीर पीडामा पारेको छ। थोरै समय चलेको हावाहुरीले तराई–मधेसका यी दुई जिल्लामा गरेको यति धेरै क्षति देशमा सम्भवतः पहिलोपटक भएको हो। हाम्रो मुलुकमा कुनै न कुनै प्राकृतिक विपत्ति सामना गरिरहनुपरेको भए पनि तराई–मधेसमा यसरी हावाहुरी आएको अहिलेसम्म थाहा थिएन। सुक्खा खडेरी लाग्नु, बाढी आउनु र हिउँदमा शीतलहरको सामना गर्नु नियमितजस्तै थिए तर यो घटनाले भविष्यका निम्ति हावाहुरीले ल्याउनसक्ने सम्भावित विपद्बारे पनि तयारी गर्नुपर्ने अवस्था सिर्जना गरेको छ।

जब आँसुले कपोल भिजायो

मेघाको कायापलट गर्ने अमेरिकन धुरन्धर शिक्षक वायने डेयरले आफ्नोे पुस्तक ‘योर सेक्रेट सेल्फ’मा टर्मिनलको ट्रेनझै एउटा ट्रेन भित्रिन्छ, अर्को निस्किन्छ, एउटाले अर्काको ठाउँ लिन्छ। एकपछि अर्को ट्रेन आउने जाने गर्छ। यो प्रक्रिया दिनभरि नै चल्ने गर्छ त्यसरी नै मानिसको मन मस्तिष्कमा हरेक दिन हजारौं कुरा आएर भरिने गर्छ भनी लेखेका छन्। मानिसको जीवन यात्रामा धेरै मानिस भेटिन्छन्, विभिन्न घटना घट्ने गर्छन्। विभिन्न समस्याको सामना मानिसले गर्ने गर्छ। तीमध्ये मानिसले धेरैजसो कुरा समयको अन्तरालसँगै झुल्छन् या सपनासरि मन मस्तिष्कबाट हराएर जान्छ। तर, केही कुराले यस्तो अमिट छाप छोडेर जाने गर्छ कि कुनै मानिससँगको भेटघाट, उसको हृदयस्पर्शी व्यवहार एवम् केही घटनाले पछिसम्म प्रभाव पार्ने गर्छ वा जीवनशैलीमा टर्निङ प्वाइन्टमा उभ्याइदिन्छ। मानिसको जीवनशैली नै बदलिदिने गर्छ।

नगदे बाली वर्षौंको उधारो

२०७३ सालमा खेती गरेको उखुको २०७५ साल बित्न लाग्दासमेत सरकारी अनुदानबापतकै भुक्तानी नपाएपछि किसान सडकमा उत्रिएका छन्। सोमबार पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवनमा सर्लाही, महोत्तरी र रौतहट गरी तीन जिल्लाका किसानले उखुको लाँक्रे जुलुस प्रदर्शन गरेका छन्। उखु किसान सम्बद्ध विभिन्न संगठनको आह्वानमा मंगलबारदेखि पूर्व–पश्चिम राजमार्गमा चक्काजाम घोषणा भइसकेको छ।

काम पाइँदैन, के खाने ?

शिरमा टोपी। झुस्स फुलेका दाह्री। सिन्धुपाल्चोकका ६० वर्षीय महेन्द्र पुरी काँधमा नाम्लो राखेर शनिबार बौद्धमा बसिरहेका भेटिए। उनी भारी बोक्ने कामको पखाईमा थिए। उनले भिडभाडमा हेताउता हेरे। तर, उनलाई कसैले पनि कामका लागि बोलाएनन्। त्यसपछि उनी निरास बने।

कोही सुक्ने त्रासमा, कोही काट्ने चटारोमा

सर्लाहीमा देशकै सबैभन्दा बढी उखु खेती हुन्छ। यहाँ यस वर्ष २६ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा उखु खेती भएको जानकार बताउँछन्। जिल्लामा तीनवटा चिनी उद्योग छन्। एउटै जिल्लाभित्र पनि उखु किसानको व्यथा भने फरकफरक छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्