१६ आश्विन २०८१ बुधबार
image/svg+xml

मेलम्ची सुरुङको ढोका खुल्दा बेपत्ता भएकामध्ये एकको शव फेला

मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमार्गको ढोका खुल्दा बेपत्ता भएका दुईमध्ये बुधबार एक मृत फेला परेका छन् ।

तौलिहवा बजारमा सडक अतिक्रमण खाली गराउन सुरु

हुलाकी सडक निर्माणका लागि तौलिहवा बजारको सडक क्षेत्रमा पर्ने संरचना हटाउन सुरु गरिएको छ । अतिक्रमण खाली गर्न एक हप्ताको दिइएको सयमसीमा सकिएपछि शनिबारबाट हुलाकी सडक आयोजना कपिलवस्तुले डोजर लगाएर हटाउन सुरु गरेको हो ।

बूढीगण्डकी आयोजनाले ३२ अर्ब मुआब्जा बाँड्यो

बूढीगण्डकी जलविद्युत आयोजनाले ३२ अर्ब २७ करोड १७ लाख ९ हजार रुपैयाँ मुआब्जा वितरण गरेको छ ।

कोभिड प्रभावित आयोजनाको म्याद ६ महिना थप

सरकारले कोभिड १९ प्रभावित आयोजनाको लागत र आर्थिक दायित्व नबढ्ने गरी ६ महिना म्याद थप गर्ने निर्णय गरेको छ।

कोरोनाले माथिल्लो त्रिशूली ३ बीको हेडरेस टनेल निर्माण प्रभावित

कोभिड १९ नियन्त्रण तथा रोकथामको लागि गरिएको लकडाउनले ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ बी जलविद्युत् आयोजनाको सुरुङ निर्माण प्रभावित भएको छ।

सिन्धुपाल्चोकमा बाढीको वितण्डा : मध्यभोटेकोसी आयोजनामा अर्बौँको क्षति

सिन्धुपाल्चोकको जम्बुमा आएको बाढीले निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोसी जलविद्युत आयोजनामा व्यापक क्षति पुर्‍याएको छ ।

बाढीले मध्यभोटेकोशी हाइड्रोमा क्षति

बुधबार राति सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीले मध्यभोटेकोशी जलविद्युत् आयोजना क्षेत्र डुबानमा परेको छ।

शुद्ध खानेपानी पिउने पोखरेलीको पर्खाइ बढ्ने

शुद्ध खानेपानीको पर्खाइमा रहेका पोखरेलीको पर्खाइ बढ्ने भएको छ । विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण जापानी संस्था जाइकाको अनुदानमा निर्माण भइरहेको ‘पोखरा खानेपानी सुधार आयोजना’को काम समयमै नसकिने भएपछि शुद्ध खानेपानीको पर्खाइमा रहेका पोखरेली जनताको पर्खाइ बढ्ने पक्का भएको हो ।

भक्तपुर नगरकोट, बालाजु–रानीपौवा सडक खण्ड बिजोग

भक्तपुर–नगरकोट–सिपाघाट–बल्खु–दक्षिणकाली सडक योजनाले निर्धारित समयमै सडक बनाउन नसकेको शैलुङ–अरभाली इन्फ्रापावर जेभीलाई ६ करोड रूपैयाँ हर्जाना तिराउने भएको छ ।

मेलम्ची खानेपानी सुरुङ परीक्षण : स्थानीय क्रुद्ध, पानीको रोयल्टी माग

मेलम्ची पानी काठमाडौं उपत्यकामा बितरण गर्नुअघि नै प्रभावित क्षेत्रका बासिन्दाले पाउनुपर्ने रोयल्टीको सुनिश्चितता गर्न आयोजनास्थलका सरोकारवालाले माग गरेका छन्। साथै उनीहरूले स्थानीयलाई थाहै नदिइ मेलम्ची पानी पथान्तरण(सुरुङमा छिराउने) गरिएको भन्दै खेदसमेत व्यक्त गरेका छन्।

आयोजना अनुमतिपत्रको अवधि बढीमा ५० वर्ष

सरकारले जलविद्युत् आयोजनाको अनुमतिपत्रको अवधि बढीमा ५० वर्ष हुने व्यवस्था गरी विद्युत् विधेयक ल्याएको छ। जलस्रोतबाट विद्युत् उत्पादन गर्न जलाशययुक्त आयोजनाको हकमा बढीमा ५० वर्ष र अन्य प्रकृतिका आयोजनाको हकमा बढीमा ४० वर्ष कायम रहने व्यवस्था विधेयकमा छ।

मेलम्चीको पानी आउन अझै दुई महिना

मेलम्चीखानेपानीआयोजनाले डेढ दशकलामो अनिश्चितताछिचोल्दै अस्थायी (कोफर) बाँधबाट पानी पठाएर सुरुङ परीक्षण सुरु गरेको छ। राजधानीकाबासिन्दाले मेलम्चीको पानीपिउनअझै कम्तीमादुईमहिनाकुर्नुपर्नेछ।

माथिल्लो तामाकोसीको जटिल काम सकियो

आयोजनाको अत्यन्तै जटिल मानिएको माथिल्लो र तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान गरेसँगै कात्तिकसम्ममा पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन गर्न सकिने स्थिति बनेको आयोजनाले जनाएको छ ।

माथिल्लो तामाकोसीकाे जटिल काम सकियाे

लकडाउनकै बीच पनि माथिल्लो तामाकोसी जलबिद्युत आयोजनाको काममा निरन्तरता दिन सकिएकै कारण मुलुकले आशा राखेको राष्ट्रिय गौरवको यो आयोजनाको कामले ‘छलाङ’ मारेको अधिकारीहरुले जनाएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्