१६ आश्विन २०८१ बुधबार
image/svg+xml

सिक्टाले छाड्यो खेतमा पानी

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले किसानको खेतबारीमा पानी छाडेको छ। आयोजनाले पश्चिम नहर र निर्माणाधीन पूर्र्वी नहरबाट पानी छाडेको हो।

सिक्टाले छाड्यो खेतमा पानी

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले किसानको खेतबारीमा पानी छाडेको छ । आयोजनाले पश्चिम नहर र निर्माणाधिन पुर्वी नहरबाट पानी छाडेको हो ।

पूरा भएन चाबहिल उत्तरपूर्वका सडक

वर्षा लागेसँगै चाबहिलबाट उत्तरपूर्व लाग्ने सडकमा पानीको पोखरी जमेपछि आवागमनमा समस्या हुन थालेको छ। काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले सडक विस्तारका लागि ठेक्का गरेको छ वर्ष वितिसक्दा पनि काम पूरा हुन सकेको छैन।

यसै वर्ष सक्नुपर्ने गौरवका तीन आयोजना धकेलिए

सरकारले चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न लक्ष्य राखेका तीनवटा राष्ट्रिय गौरवका आयोजना एक वर्ष धकेलिने भएका छन्। सरकारले चालु आर्थिक वर्षको बजेटमा बहुचर्चित मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रि«य विमानस्थल निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थियो।

रसुवामा निर्माण भइरहेको सान्जेन जलविद्युत् आयोजनामा नेपाली सेनाले सुरक्षा दिने

रसुवामा निर्माणाधीन सान्जेन जलविद्युत् आयोजनाको सुरक्षाको जिम्मा नेपाली सेनाले पाएको छ। विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको रोकथाम तथा सीमा सुरक्षाको लागि सशस्त्र प्रहरीलाई सीमामा खटाउने सरकारको नीति अनुसार नेपाली सेनालाई जिम्मेवारी दिइएको हो।

मेलम्ची आयोजनाविरुद्ध आन्दोलन गर्ने नियन्त्रणमा

मेलम्ची खानेपानी आयोजना विरुद्ध आन्दोलन गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सिक्टाको ब्यारेजबाट राप्ती नदीमा खस्यो ट्याक्टर

बाँकेको अगैयास्थित सिक्टा सिचाइँ आयोजनाको ब्यारेजबाट एक ट्याक्टर राप्ती नदीमा खसेको छ। ना ७ त ५१८ नम्बरको ट्याक्टरले ब्यारेजको रेलिङ भत्काएर नदीमा खसेको हो।

जनप्रतिनिधिको ‘कमिसन’ खेल, सरकारी खातामा आउने राजस्व ठेकेदारलाई

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन आयोजनाबाट सिधैं सरकारी खातामा जम्मा हुने नदीजन्य पदार्थवापतको राजस्व भेरीगंगा नगरपालिकाले ठेकेदारलाई दिन लगाएको छ । आयोजनाले चालू आर्थिक वर्षमा प्रयोग हुने नदीजन्य पदार्थको मुल्याङ्कन गरेर पठाउन पटक–पटक आग्रह गरेपनि नगरपालिकाले आफ्नो खातामा नमगाएर ठेकेदारलाई दिन लगाएको हो ।

लकडाउन प्रभावः गौरवको आयोजनाको काम प्रभावित

कोभिड –१९पछि जारी लकडाउनका कारण राष्ट्रिय गौरवको रानी जमरा कुलरीया सिँचाई आयोजनाको चार अर्ब बढीको काम प्रभावित बनेको छ। लकडाउनका कारण एक महिना ठप्प भएको आयोजनाको काम संघीय सरकारले गौरवका आयोजनाको काम नरोक्न दिएको निर्देशनसँगै सुचारु भएको थियो।

एमसिसी आयोजना, दुई वर्षमा सात अर्ब खर्च

विवादास्पद अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) मातहतको आयोजना कार्यान्वयनका लागि दुई आर्थिक वर्षमा सात अर्ब २२ करोड रुपैयाँ खर्च हुने भएको छ ।

उत्साह जगाउँदै दूधकोसी आयोजना

नेपाल सरकारले नयाँ बजेटमा ६३५ मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनालाई प्राथमिकतामा राखेपछि खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका स्थानीयमा उत्साह जागेको छ ।

अब मेलम्चीबारे प्रश्न उठाउने अवस्थाको अन्त्य हुन्छ : खानेपानी मन्त्री

खानेपानी मन्त्री बिना मगरले आगामी आर्थिक वर्षदेखि मेलम्चीको बारेमा प्रश्न उठाउने अवस्थाको अन्त्य हुने बताएकी छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत खानेपानी मन्त्रालयका विभिन्न शिर्षकमा विनियोजन भएको बजेट माथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री मगरले मेलम्चीमाथि वर्षौंदेखि उठदै आएका प्रश्नको बिटमार्ने समय छिट्टै आउने बताइन् ।

सामाजिक क्षेत्रको बजेट राष्ट्रिय गौरवको आयोजना बन्न सक्छः महिलामन्त्री

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले कोभिड–१९ का कारण सामाजिक क्षेत्रमा बजेट सीमित भए पनि त्यसक्षेत्रमा राष्ट्रिय गौरवको आयोजना हुन सक्ने विश्वास गरेका छन्।

जलविद्युत् आयोजनामा मर्जरको विकल्प

सरकारले जलविद्युत् आयोजनाको व्यवस्थापन एक अर्कोसँग गाभिन (मर्जर) पाउने प्रावधान ल्याउने भएको छ । विद्युत् नियमन आयोगले बैंक तथा वित्तीय संस्था जस्तै जलविद्युत् आयोजना पनि एकआपसमा गाभिन पाउने खालको नीति ल्याउन लागेको छ ।

सिमेन्ट नभएर बाँधस्थल बाहेकको काम रोकियो

लकडाउनका कारण सिमेन्ट आपूर्ति नहुँदा रसुवागढी जलविद्युत् आयोजनाले बाँधस्थलको बाहेक अन्य क्षेत्रको काम रोकेको छ । यसअघि तीन हजार टन सिमेन्ट आएको थियो । बाँधस्थलका लागि अझै ४५ सय टन सिमेन्ट आवश्यक पर्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्