२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सिक्टाको ब्यारेजबाट राप्ती नदीमा खस्यो ट्याक्टर

सिक्टा सिचाइँ आयोजनाको अगैयास्थित ब्यारेज। तस्बिरः नागरिक

बाँकेको अगैयास्थित सिक्टा सिचाइँ आयोजनाको ब्यारेजबाट एक ट्याक्टर राप्ती नदीमा खसेको छ। ना ७ त ५१८ नम्बरको ट्याक्टरले ब्यारेजको रेलिङ भत्काएर नदीमा खसेको हो। सोमबार दिउँसो सवा १ बजेतिर उक्त ट्याक्टर ब्यारेजबाट राप्ती नदीमा खसेको अस्थायी प्रहरी चौकी अगैयाका इन्चार्ज एवम् प्रहरी सहायक निरीक्षक राजेन्द्र बस्नेतले जानकारी दिए।  

नदीमा पानीको सतह बढेकाले ट्याक्टर र सवार ब्यक्तिको अवस्था पत्ता लाग्न नसकेको उनले बताए। ‘नदीको सतह बढेको छ, रेलिङ भाँचेर ट्याक्टर तल खसेको छ, तर ट्याक्टरमा कति मान्छे सवार थिए, त्यसको एकिन हुन सकेको छैन,’ उनले भने। बाँकेको सम्शेरगन्जबाट सशस्त्र प्रहरी बलको गोताखोर टोलीलाई बोलाएर बेपत्ता ब्यक्तिको खोजी गर्न लागिएको प्रहरी सहायक निरीक्षक बस्नेतले जानकारी दिए।

प्रकाशित: १ असार २०७७ १०:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App