१७ माघ २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस एमालेको शरणमा गएर बचाइदेऊ भनेपछि दाहाल नेतृत्वको सरकार ढल्यो : यादव

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महिन्द्र राय यादवले पुष्पकमल दाहाल नेतृत्वको पछिल्लो सरकारले राम्रो काम गरेकाले ढालिएको दाबी गरेका छन्। मङ्गलबार (आज) काठमाडौंमा समाजवादी मोर्चाद्वारा आयोजित विचार सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

'देशका मन्त्री, सांसद र ठूलाबडाहरू कानुनको नजरमा एकै हुन् भन्ने देखिएको थियो पुष्पकमल दाहालको नेतृत्वमा सरकार हुँदा। उहाँको नेतृत्वमा देश सुध्रिँदै थियो। तर, कांग्रेस एमालेको शरणमा गयो,' उनले भने, 'मिटरब्याज, नागरिकताको समस्या समाधान हुँदै थियो।'

उनले भुटानी शरणार्थी प्रकरणमा कारबाही सुरु भएपछि दाहाल नेतृत्वको सरकार ढालिएको दाबी गरे। 'कारबाही सुरु भएपछि कांग्रेस एमालेको शरणमा गएर बचाइदेऊ भनेपछि सरकार ढल्यो,' उनले भने।

उनले समाजवादी मोर्चा जनताको चाहनाअनुसार चल्नेसमेत बताए। 'समाजवादी मोर्चाले स्पष्ट दृष्टिकोण बनाउनुपर्छ, बनाउँछ पनि। समाजवादी अर्थ व्यवस्था बनाउनुपर्छ। मुलुकलाई समृद्धिको यात्रामा अगाडि बढाउनका लागि हामीले जनताको चाहनाअनुसार काम गर्नुपर्छ। मोर्चा आवश्यकता छ,' उनले भने।

प्रकाशित: १५ माघ २०८१ १४:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App