१२ फाल्गुन २०८१ सोमबार
image/svg+xml ०:४४ पूर्वाह्न
अर्थ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।  राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९१ पैसा कायम भएको छ।  बिहीबारको तुलनामा डलरको भाउ वृद्धि भएको छ। 

युरोपियन युरो एकको खरिदर १४३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिदर १५२ रुपैयाँ २१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८७ पैसा कायम गरिएको छ।  

अष्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ १३ पैसा र बिक्रीदर ८६ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ र बिक्रीदर ९६ रुपैयाँ ४२ पैसा, सिङ्गापुर डलर एकको खरिदर १०२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १०२ रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ।  

जापानी येन १० को खरिदर आठ रुपैयाँ ९५ पैसा र बिक्रीदर आठ रुपैयाँ ९९ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९ रुपैयाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिदर ३७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३८ रुपैयाँ १० पैसा कायम भएको छ।  

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिदर चार रुपैयाँ १० पैसा र बिक्रीदर चार रुपैयाँ १२ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८२ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३१ रुपैयाँ ४८ पैसा र बिक्रीदरट ३१ रुपैयाँ ६२ पैसा, साउथ कोरियन वन १०० को खरिदार नौ रुपैयाँ ५९ पैसा र बिक्रीदर नौ रुपैयाँ ६३ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १२ रुपैयाँ ६० पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ २७ पैसा र बिक्री दर १९ रुपैयाँ ३५ पैसा तोकिएको छ।  

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ७५ पैसा र बिक्रीदर १७ रुपैयाँ ८३ पैसा, कुवेती दिनार एकको खरिदर ४४८ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४५० रुपैयाँ ३२ पैसा, बहराइन दिनार एकको खरिदर ३६६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ४९ पैसा, ओमनी रियाल एकको खरिदर ३५९ रूयैयाँ २५ पैसा र बिक्रीदर ३६० रुपैयाँ ८१ पैसा तथा भारतीय रुपैयाँ १०० को खरिदर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।  

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।  वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। रासस  

प्रकाशित: १८ माघ २०८१ ०६:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App