१६ आश्विन २०८१ बुधबार
image/svg+xml

मेलम्चीको पानी : बजेटमा आगामी साउन भित्रै, आउने सम्भावना न्यून

सरकारले आगामी आर्थिक वर्षको साउनभित्रै उपत्यकाबासीलाई मेलम्चीको पानी वितरण गर्ने आश्वासन बाँडेको छ। अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा मेलम्ची खानेपानी आयोजनाको प्राविधिक र अन्य पक्षलाई केही वास्तै नगरिकनै आयोजनाको आधारभूत निर्माण कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न गरी आगामी आर्थिक वर्षको सुरुदेखि नै काठमाडौं उपत्यकामा खानेपानी वितरण गरिने घोषणा गरे।

कार्य सम्पन्न भएका आयोजनाको लागि भुक्तानी प्रक्रिया सुरु

रसुवाको नौकुण्ड गाउँपालिकाले कार्य सम्पन्न भएका आयोजनाको लागि आजदेखि भुक्तानी प्रक्रिया सुरु गरेको छ । सामाजिक दूरी कायम गरेर भुक्तानी गर्नुपर्ने भएकाले गाउँपालिकाले भुक्तानी प्रक्रियाको कार्यतालिका निर्माण गरेको छ ।

सिमेन्ट नभएर बाँधस्थल बाहेकको काम रोकियो

लकडाउनका कारण सिमेन्ट आपूर्ति नहुँदा रसुवागढी जलविद्युत् आयोजनाले बाँधस्थलको बाहेक अन्य क्षेत्रको काम रोकेको छ । यसअघि तीन हजार टन सिमेन्ट आएको थियो । बाँधस्थलका लागि अझै ४५ सय टन सिमेन्ट आवश्यक पर्छ ।

सुस्त गतिमा विकास आयोजना

लकडाउनकै बेला विकास आयोजनाको काम अघि बढाउने सरकारको निर्णयसँगै जिल्लाका ठूला विकास आयोजनाको काम अघि बढेपनि गति भने सुस्त छ । मजदुर, प्राविधिक लगायतको जनशक्ति र निर्माण समाग्रिको अभाव हुँदा समस्या देखिएको छ ।

उत्साह जगाउदै ६३५ मेगावाटको दुधकोशी जलविद्युत आयोजना

नेपाल सरकारले नयाँ बजेट भाषणमार्फत ६३५ मेगावाट क्षमताको दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनालाई प्राथमिकतामा राखेपछि खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका स्थानीयमा उत्साह जगाएको छ ।

सुनकोसी मरिन डाइभर्सन आयोजनालाई साढे २ अर्ब

राष्ट्रिय गौरबको आयोजना सुनकोसी मरिन डाइभर्सनको टेण्डर प्रक्रिया अन्तिम चरणमा पुगेको छ। आयोजनाका अनुसार लक डाउनको समयमा समेत आन्तरिक काम नरोकिएकाले अब छिट्टै टेण्डर खोल्ने तयारी भएको छ।

बजेटमा मेलम्ची खानेपानी आयोजना

सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षको सुरुदेखि नै मेलम्ची पानी उपत्यकावासीलाई खुवाउने बाचा गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले बिहीबार संघीय संसदमा प्रस्तुत गरेको बजेटमा दुई दशकदेखिको सपना मेलम्ची खानेपानी आयोजनालाई उच्च प्राथमिकता दिइएको छ । चालु वर्षमा आयोजनाको बाँकी काम सम्पन्न गरी नयाँ आर्थिक वर्षको सुरुदेखि नै मेलम्ची पानी वितरण गरिने उनले बताए ।

सिमेन्ट अभाव हुँदा काम रोकियो

लकडाउनका कारण सिमेन्ट आपूर्ति गर्न नसक्दा रसुवागढी जलविद्युत् आयोजनाले बाँधस्थलको बाहेक अन्य क्षेत्रको काम रोकेको छ । आयोजनामा सिमेन्ट ढुवानी गर्न नसकिएपछि बाँधस्थल बाहेक अन्य क्षेत्रको काम यसअघि नै रोकिएको छ । यसअघि तीन हजार टन सिमेन्ट आएको थियो । बाँधस्थलका लागि अझै ४५ सय टन सिमेन्ट आवश्यक पर्छ ।

माथिल्लो तामाकोसीको जटिल काम सकिँदै

कोरोना भाइरसको संक्रमण रोक्ने उद्देश्यको लकडाउनबीच माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको अत्यन्तै जटिल मानिएको तल्लो ठाडो सुरुङको तीन सय ७३ मिटर पाइप जडान सकिएको छ ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाः तल्लो ठाडो सुरुङमा पाइप जडान सकियो

कोरोना भाइरसको लकडाउनकै बीचमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका अत्यन्तै जटिल मानिएको तल्लो ठाडो सुरुङको ३ सय ७३ मिटर पाइप जडान कार्य सकिएको छ। कोरोना भाइरसको कारणले निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम केही साता प्रभावित भएर फेरि सञ्चालनमा ल्याएपनि ठाडो सुरुङमा पाइप जडान कार्यले गति लिएको हो ।

माथिल्लो अरुणमा लगानी गर्न विश्व बैंकलाई आग्रह

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले संखुवासभामा निर्माण हुने सात सय २५ मेगावाटको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनामा लगानीको नेतृत्व गर्न विश्व बैंकसमक्ष प्रस्ताव गरेको छ ।

जुम्लामा रोकिएका ठूला आयोजना सञ्चालन अनुमति

जिल्ला प्रशासन कार्यालय जुम्लाले लकडाउनका कारण रोकिएका डेढ दर्जन बढि आयोजनालाई सञ्चालनको अनुमति दिएको छ । प्रशासनको अनुमतिसंगै लकडाउनका कारण रोकिएका विकास निर्माणका काम सञ्चालनमा आउने भएका हुन् ।

आन्दोलनकाे तयारीमा जलविद्युत् आयोजनाका कामदार

इलाम नगरपालिका–५ पुवाखोलास्थित पुवाखोला–१ जलविद्युत् आयोजनामा कार्यरत कामदारले कम्पनीले लामो समयदेखि तलब नदिएपछि आन्दोलनको तयारी गरेका छन्। उनीहरूले कम्पनीले तलब नदिँदा हातमुख जोर्नै समस्या हुन थालेपछि वडा र जिल्ला प्रशासन कार्यालयमा उजुरीसमेत दिएका छन्।

दूधकोसी जलविद्युत् आयोजना, लगानी गर्न दातृ निकायलाई आग्रह

बहुराष्ट्रिय बैंकहरुले प्रारम्भिक सहमति जनाउँदै लगानी ढाँचाको ठोस प्रस्ताव अर्थ मन्त्रालयमार्फत पेस गर्न आग्रह गरेका छन् । सरकारले ६ सय ३५ मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनामा लगानी जुटाउन विकास साझेदारसँग छलफल सुरु गरेको छ ।

नयाँ आयोजना नआउने

आउँदो बजेटमा सरकारले चालु आयोजनालाई प्राथमिकता दिने भएको छ। अर्थमन्त्री खतिवडाले चालु आयोजना शीघ्र सम्पन्न गर्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्