२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

नयाँ आयोजना नआउने

काठमाडौँ - आउँदो बजेटमा सरकारले चालु आयोजनालाई प्राथमिकता दिने भएको छ। अर्थमन्त्री खतिवडाले चालु आयोजना शीघ्र सम्पन्न गर्ने बताए। अति आवश्यक भए मात्र नयाँ आयोजना बजेटमा समावेश गरिने उनको भनाइ छ। सरकारले वर्षौंअघि सुरु गरेका आयोजना अझै सम्पन्न हुन सकेका छैनन्। जसले गर्दा ती आयोजनाको एकातिर लागत वृद्धि भइरहेको छ भने अर्कोतर्फ सर्वसाधारणले समयमै विकासको उपभोग गर्न पाएका छैनन्। 

अर्थमन्त्री खतिवडाले बजेटमा निर्माणाधीन आयोजनालाई बजेट कमी हुन नदिने पनि बताए। कोरोना महामारीलाई नियन्त्रण गर्दै रुपान्तरणकारी आयोजनालाई बजेटको कमी हुन नदिने उनले बताए।‘सुरुङमार्ग, रेलमार्ग तथा जलमार्गका आयोजनाहरुको कार्यान्वयनलाई तीव्रता दिइनेछ,’ खतिवडाले भने। सरकारले आगामी बजेटमा सहरी क्षेत्रमा विद्यमान यातायातको चापलाई व्यवस्थित गरी यात्रुलाई सुविधानजनक परिवहन सेवा उपलब्ध गराउन सार्वजनिक सेवाको सञ्चालनलाई प्रोत्साहन गर्नेछ।

अन्तरदेशीय प्रसारण लाइनको निर्माणलाई तीव्रता दिई विद्युत् व्यापारको थप पूर्वाधार तयार , विद्युत् आपूर्तिलाई भरपर्दाे बनाई विद्युत्को आन्तरिक खपत बढाउन प्रोत्साहन गर्ने कार्यक्रम ल्याउने सरकारी योजना  छ। अर्थमन्त्री खतिवडाले जलस्रोतको दिगो र बहुआयमिक उपयोग गर्ने गरी बजेट व्यवस्थापन गर्ने बताए। आधुनिक र स्वच्छ ऊर्जामा सबै नेपालीको पहुँच स्थापित गर्न सुरु गरिएका आयोजनाको कार्यान्वयनमा तीव्रता दिने सरकारी योजना छ। 

प्रकाशित: २९ वैशाख २०७७ ०३:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App