१६ चैत्र २०८० शुक्रबार
अर्थ

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाः तल्लो ठाडो सुरुङमा पाइप जडान सकियो

माथिल्लाेमा ४४ मिटर जडान बाँकी

अ ३१० मिटर लामो माथिल्लोे  ठाडो सुरुङमध्ये हालसम्म  दुई सय ६६  मिटरमा पाइप जडान भइसकेको छ।  

अझै सो सुरुङको ४४ मिटर पाइप जडान कार्य बाकीं रहेको आयोजनाले जनायो। अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रवक्ता गणेशप्रसाद न्यौपानेले लकडाउनकै बीचमा तल्लो ठाडो सुरुङको ३ सय ७३ मिटर पाइप जडान कार्य सकिएको बताए।  ‘आयोजनाको सवैभन्दा जटिल काममध्ये तल्लो ठाडो सुरुङमा पाइप जडान कार्य सफलतापूर्वक सम्पन्न भएको छ, ’ उनले भने, ‘अझै माथिल्लो ठाडो सुरुङमा अझै ४४ मिटर पाइप जडान कार्य बाकीँ छ। त्यो काम पनि कम्तिमा पनि एक महिनाभित्रै सम्पन्न गर्नेछौं। ’ प्रवक्ता न्यौपानेले सुरुङमा पाइप जडान गरेपछि आवश्यक फिटिंगको कामको काम गरिने बताए।

‘भारतीयबाट सुरुङको पाइप जडानमा अत्याववश्यक पर्ने उपकरण तथा सामग्री आएको छैन। जसले गर्दा आयोजनाको काम प्रभावित हुने सम्भावना देखिएको छ ,’ उनले भने, ‘कोरोना भाइरसको संक्रमण केही कम हुने बित्तिकै आवश्यक उपकरण तथा सामग्री ल्याएर अगाडी बढाउनेछौं।’  कम्पनीले चालु आवको असारभित्रै एउटा युनिटबाट भएपनि ७६ मेगावाट बिजुली उत्पादन गर्ने घोषणा गर्दै आइरहेको छ। पेनस्टक पाइप आपूर्ति तथा जडानको (लट २) ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाई गरेपछि  तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल (लट ३)को ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ।

अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो। माथिल्लो ठाडो सुरुङमा पाइप जडान भने टेक्स्म्याकोले नै गरिरहेको छ।  

अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रवक्ता गणेशप्रसाद न्यौपानेले लकडाउनको कारणले अत्यावश्यक उपकरण तथा सामग्रीको अभाव हुन थालेको बताए। ‘अहिले लकडाउनको कारणले अत्यावश्यक उपकरणको अभाव झेलिरहेका छौं ,’ उनले भने, ‘ उत्पादन कम्पनीसँग बारम्बार सम्पर्क भएपनि लकडाउनको कारणले उत्पादन गर्न सम्भव भइरहेको छैन।’ लकडाउनको कारणले आयोजनाको काम चैत १० देखि २० गतेसम्म प्रभवित भएको थियोे। त्यसैलाई मध्यनजर गर्दै  

कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको गत चैत २० बसेको १६ औं बैठकले मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोसी लगायतका राष्टिय गौरवका आयोजनालाई निरन्तर रुपमा अगाडी बढाउने निर्णय गरेको थियो। गत वैैशाख २४ गते बसेको मन्त्रिपरिषद्को बैंठकले आवश्यक सुरक्षा सतर्कता अपनाएर राष्ट्रिय गौरवका आयोजनासहितका विकासे आयोजनाको निर्माण कार्यलाई अगाडी बढाउन निर्देशन दिएको थियो। मन्त्रिपरिषद्को बैंठकले सरकारी तथा निजी क्षेत्रबाट सञ्चालन भएका जलविद्युत्, सिँचाइ, खानेपानी, विमानस्थल, सडक, पुल, सरकारी भवन निर्माण तथा प्रबलीकरण गर्न  अनुमति दिएको छ। तर, एक स्थानमा एकपटक अधिकतम १० जनाभन्दा नबढ्ने गरी सहरी पूर्वाधार  निर्माणको काम  गराउनुपर्ने व्यवस्था गरेको छ। अहिले माथिल्लो तामाकोसी आयोजनामा करिव ९ सय जनाले काम गर्दै आइरहेका छन्।

प्रकाशित: ८ जेष्ठ २०७७ ०७:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App