भूकम्पबाट घाइते एक गर्भवतीसहित २५ जनाको भेरीमा उपचार हुँदै (नामावलीसहित)
भेरी अस्पताल नेपालगन्जमा भूकम्पबाट घाइते भएका २६ जनाको उपचार भइरहेको छ। घाइते भएका जाजरकोटका ३३ वर्षीय टेकबहादुर पुनको भने उपचारका क्रममा मृत्यु भएको छ।
भेरी अस्पताल नेपालगन्जमा भूकम्पबाट घाइते भएका २६ जनाको उपचार भइरहेको छ। घाइते भएका जाजरकोटका ३३ वर्षीय टेकबहादुर पुनको भने उपचारका क्रममा मृत्यु भएको छ।
भेरी अस्पताल नेपालगन्जका सूचना अधिकारी डा. संकेत रिसालका अनुसार भूकम्पबाट घाइते ३३ वर्षीय टेकबहादुर पुनको उपचारका क्रममा मृत्यु भएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल जाजरकोट जिल्ला अस्पताल पुगेका छन्। भूकम्पबाट घाइते भएकाहरुलाई भेट्न दाहाल शनिबार जाजरकोट जिल्ला अस्पताल पुगेका हुन्।
गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडामा केन्द्र विन्दु बनाई ६ दशमलव ४ म्याग्निच्युडको भुकम्पमा परि घाईते भएकाहरुलाई सुर्खेत विमानस्थलबाट प्रदेश अस्पताल लाने क्रम जारी रहेको छ ।
भूकम्पमा परी घाइते भएका जाजरकोटका एक जना घाइतेलाई थप उपचारका लागि नेपालगन्ज ल्याइएको छ। जाजरकोट भेरी नगरपालिका वडा नम्बर ३ खलंगा निवासी ४८ वर्षीय बिमलकुमार कार्कीलाई एम्बुलेन्समार्फत नेपालगन्ज ल्याइएको हो।उनको भेरी अस्पताल नेपालगन्जमा उपचार सुरु गरिएको छ।
जाजरकोटलाई केन्द्रविन्दू बनाएर आएको भूकम्पमा परी घाइते भएकाको उपचार ब्यवस्था मिलाउन भेरी अस्पतालले आवश्यक तयारी गरेको छ।
शनिबार अस्पतालका डा.रोशन पराजुलीसहितको ९ जनाको मेडिकल टोली जाजरकोट गएको हो।
पित्तथैलीको पत्थरीको अत्यधिक दुखाइको पीडा भोगिरहेका इच्छाकामना गाउँपालिकाका–३ का प्रदीप पोखरेलको भरतपुर अस्पतालमा ६ महिनापछि शल्यक्रियाको पालो प¥यो। स्वास्थ्य बीमामार्फत शल्यक्रिया गराउनुपर्ने उनको आर्थिक बाध्यता थियो।
विराटनगर महानगरपालिकाले आयोजना गरेको बाल स्वास्थ्य विशेष कार्यक्रम अन्तर्गतको स्वास्थ्य शिविरमा कुपोषण भएका बालबालिका भेटिएका हुन्।
रौतहटको गढीमाई नगरपालिकामा करार कर्मचारीहरूले तालाबन्दी गरेका छन्। १८ महिनादेखि बाँकी रहेको तलब, भत्ता, पोसाक, दसैं खर्चसहित विभिन्न रकमको माग गर्दै करार कर्मचारीले नगरपालिकाको कार्यालयमा ताला लगाएका हुन्।
बुटवल स्थित आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल ३ सय शैयामा स्तरोन्नती हुने भएको छ। हाल १ सय शैयामा संचालित अस्पतालको २ सय शैया अस्पताल भवनको विहिबार प्रधानमन्त्री पुष्पकमल दाहालले शिलन्यास गरेका छन ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाको चारवर्षे कार्यकाल बिहीबार सकिँदै छ । उनको कार्यकालमा विश्वविद्यालय राजनीतिक दाउपेच, तालाबन्दी र हडतालको अखडा जस्तै बन्यो ।
बैठकले नेपाललाई टाइफाइडमुक्त बनाउन टाइफाइडविरुद्धको खोपलाई राष्ट्रिय खोप तालिकामा समावेश गर्ने निर्णय गरेको छ।
चितवन भरतपुरकी सोनाकुमारी थापा भुजेल कलेजो र मिर्गौला दुवैको प्रत्यारोपण पछि नयाँ जीवन पाएकोमा दङ्ग छिन्।
लेबनानमा तैनाथ संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजअन्तर्गत खटिएका एक नेपाली शान्ति सैनिक घाइते भएका छन्।