२३ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा ३ सय शैयामा स्तरोन्नती

२ सय शैयाको अस्पताल भवनको शिलन्यास गर्दै प्र.म. दाहाल । तस्विर:नागरिक

बुटवल स्थित आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल ३ सय शैयामा स्तरोन्नती हुने भएको छ। हाल १ सय शैयामा संचालित अस्पतालको  २ सय शैया अस्पताल भवनको विहिबार प्रधानमन्त्री पुष्पकमल दाहालले शिलन्यास गरेका छन । अस्पताले २५ बर्ष पुरा गरेको अवसरमा स्थापना गरीएको पुस्तकालय र शैक्षिक कार्यक्रमको पनि प्रधानमन्त्री दाहालले उद्घाटन गरे ।  

अस्पतालको २५ औंबार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अस्पतालको विकासमा सरकारको पूर्ण सहयोग रहने बताए । प्रधानमन्त्री दाहालले स्वास्थ्य र शिक्षाको क्षेत्रमा यो अस्पताले नमुना काम गरेर देखाउने विश्वास  व्यक्त गर्दै गैरनाफामुलक संस्थाका रुपमा बुटवलमा मात्रै नभइ पश्चिम  क्षेत्रमै महिला र बालबालिकाको स्वास्थ्य सेवामा योगदान पुर्याएको बताए । अस्पताललाइ विशिष्टीकृत अस्पतालका रुपमा विकास गर्ने गरी योजना अगाडी बढाएकोमा बुटवल उपमहानगरपालिका,आम्दा इन्टरनेश्नल र आम्दा नेपाललाइ धन्यावाद दिए।प्रधानमन्त्री दाहालले मुलुकमा देखिएको अर्थतन्त्र माथिको दबाब कम गर्न सरकारले पुरै शक्ति लगाएको पनि बताए।आफु प्रधानमन्त्री भएपछि आर्थिक क्षेत्र सुधारोन्मुख रहेको भन्दै निजी क्षेत्रलाइ निरास नहुँन आग्रह गरे ।  

प्रधानमन्त्री बोल्नु अघि आम्दा इन्टरनेश्नलका अध्यक्ष डा.सिगेरु सुगानामीले आफु र आफनो श्रीमतीले चिकित्सा पेशाबाट कमाएको रकम बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको स्तरोन्नतीकालागि सहयोग गर्ने प्रतिवद्धता गरेका थिए । अस्पतालको भवन निर्माणकालागि १० करोड लाग्ने र सो रकम सहयोग गर्न तयार रहेको सुगानामीले बताएका बताए ।  आफुहरुले सहयोग गर्न खोजेको रकम खेर नजाने त्यसको सहि सदुपयोग हुने  विश्वास दिलाउन आफनी श्रीमतीलाइ पत्र लेखीदिन सुगानामीले प्रधानमन्त्रीलाइ आग्रह पनि गरेका थिए । त्यसकासाथै अस्पतालको शैक्षिक र प्राविधिक स्रोन्नतीकालागि नेपाल सरकारका तर्फबाट सहयोग गरदिन उनले प्रधानमन्त्रीलाइ  पटक पटक आग्रह गरे । डा.सुगानामीको  आग्रहलाइ स्वीकार गर्दै प्रधानमन्त्री दाहालले पत्र पनि लेखिदिने र यो अस्पताललाइ भविष्यमा मेडिकल कलेजकै रुपमा बिकास गर्न सहयोग गर्ने प्रतिवद्धता गरेका थिए।

अस्पतालका स्थानीय व्यवस्थापन समितिका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा संचालनमा आएपछि  यो क्षेत्रमा मातृशिशु मृत्युदर घटेको बताए । यो अस्पतालले स्वास्थ्य र शिक्षा क्षेत्रमा ठुलो परिर्वतन ल्याउने भएकाले उपमहानगरपालिकाले  अस्पतालको विकास र बिस्तारलाइ विशेष प्राथमिकता दिएको बताए । महिला र बालबालिकाकालागि सुविधा सम्पन्न विशिष्टिकृत अस्पताल बनाउने नगरपालिकाको योजना अनुरुप २ सय शैया थप गरी ३ सय शैयामा स्तरोन्नती गर्न लागीएको उनले बतााए । यसै शैक्षिक सत्रदेखि आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत  प्रमाणपत्र तह नर्सिङ,सामान्य चिकित्स (एचए) र डिप्लोमा इन फार्मेसी  गरी तीन वटा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने उनले जानकारी दिए।

कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सांसद लिला गिरी,आम्दा नेपालका अध्यक्ष अनिलकुमार दास,बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल,अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा राजेन्द्रप्रसाद बस्याल लगायतले  बुटवलमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको विकासले महिला तथा बालबालिकाको स्वास्थ्य उपचारमा सहजता ल्याउने बताए।

आम्दा नेपाल,बुटवल उपमहानगरपालिका र बुटवल उद्योग बाणिज्य संघको त्रि–पक्षिय लगानीमा २०५५ साल कात्तिक १६ (सन १९९८ नोभेम्वर २) मा बुटवलको  निर्माण भएको ५० शैयाको अस्पताल हाल १ सय शैयामा संचालित छ । अव २ सय शैया थप गरी ३ सय शैयाको बनाइदैछ । अस्पतालले आम्दा स्वास्थ्य विज्ञान प्रतिषन अन्तर्गत यसै शैक्षिक सत्रदेखि प्रमाणपत्र तह नर्सिङ र सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसीको शैक्षिक कार्यक्रम संचालन गर्दैछ ।आम्दाले नेपाल सरकार स्वास्थ्य सेवा विभागबाट २०५५ अशोज २१ गते च्यारिटी  अस्पतालको रुपमा मान्यता पाएको थियो । यो अस्पतालबाट रुपन्देही लगायतका १६ जिल्ला र भारतको सिमावर्ती क्षेत्रबाट समेत स्वास्थ्य उपचारकालागि आउने गर्छन । यो अस्पतालबाट पछिल्लो दश बर्षमा मात्रै ६ लाख २१ हजार ९४२ जना बिरामीले स्वास्थ्य सेवा लिएको तथ्याक छ । अस्पतालमा बाल रोग र स्त्री तथा प्रसुती सम्बन्धि बहिरङ्ग र अन्तरङ्ग सेवा संगै आकस्मिक सेवा,बाल शल्य चिकित्सा,स्त्री तथा प्रसुती सम्बन्धि मेडिकल,सल्य चिकित्सा,नवजात शिशु सघन उपचार,आइ.सि.यु. सेवा उपलब्ध छन । त्यस्तै अल्ट्रासाउण्ड,इ.सि.जि.,एक्स–रे,इकोकार्डियोग्राफी सेवा उपलब्ध छ । विशेष ओ.पि.डि मार्फत बाल मधुमेह,बाल मुटुरोग,उच्च जोखीम नवजात शिशु सेवा र हाडजोर्नी उपचार सेवा उपलब्ध छन ।

 

 

 

 

प्रकाशित: १६ कार्तिक २०८० १५:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App