१२ मंसिर २०८१ बुधबार
image/svg+xml

पूर्णिमाको दिन तालबाराही मन्दिर दर्शनार्थीको भीड (तस्बिरहरु)

कोजाग्रत पूर्णिमाको दिन शनिबार पोखराको ताल बाराही मन्दिर दर्शन गर्ने भक्तजनको भीड लागेको छ।

मुगुहत्या प्रकरण :तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलमा पुग्यो

मुगुमा तीन जना छोराछोरीसहित आमाको हत्या भएको घटनाबारे अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलमा पुगेको छ ।घटनाको थप अनुसन्धान गर्न प्रहरी तालिम केन्द्र नेपालगञ्जबाट खटिएको अपराध अनुसन्धानमा खटिने कुकुरसहितको प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक डीएसपी वीरेन्द्र थापाले बताए।

प्यालेस्टाइन-इजरायल द्वन्द्वले गाजाका अस्पतालको अवस्था दयनीय

प्यालेस्टाइन-इजरायल द्वन्द्वले गाजाका अस्पतालको अवस्था दयनीय बनेको छ।इन्धन, पानी, स्वास्थ्य सामग्री र कर्मचारी अभावका कारण कतिपय अस्पताल बन्द भएका छन्।

तालबाराही मन्दिर पुर्ननिर्माण गर्न राखियो जग

दुई पटकको भूकम्पले कमजोर बनेको फेवाताल बीचमा रहेको तालबाराही मन्दिर पुनर्निर्माण शुरु गरिएको छ।

भरतपुर अस्पतालमा बडादसैँका दिन जन्मिए २० शिशु

सबैतिर दसैँको टीका लगाइरहँदा यहाँको भरतपुर अस्पतालमा २० शिशुको जन्म भएको छ। प्रसूतिका कारण टीका लगाउनसमेत छोडेर दुई चिकित्सकसहित दस स्वास्थ्यकर्मी खटिएका थिए।

धौलागिरि अस्पतालमा जन्मियो अहिलेसम्मकै बढी तौल भएको बच्चा

धौलागिरि अस्पतालमा पहिलोपटक सबैभन्दा बढी तौल भएको बच्चाको जन्म भएको छ।

रसुवाका ग्रामीण सडक खुला

वर्षा यामको भेल र पहिरोका कारण बन्द रसुवाका सबै ग्रामीण सडक अहिले खुला भएको छ। जिल्लाका पाँचै गाउँपालिकाभित्र अवरुद्ध रहेका ग्रामीण सडक स्काभेटरको सहायताले खाल्टाखुल्टी पुर्ने र पहिरो पन्छाएर सडक सुधार गरिएको हो।

महिलाको तलबमा असमानताको विरोध गर्दै जब प्रधानमन्त्रीले नै हड्ताल गरिन्

युरोपको सानो देशको रुपमा रहेको आइसल्यान्डकी प्रधानमन्त्री क्याटरिन याकब्सडटिरसमेत हजारौँ महिला एक दिनका लागि हड्तालमा उत्रेका हुन्।

कुरिनटारमा १५ शय्याको अस्पताल सञ्चालन

चितवनको इच्छाकामना गाउँपालिकाले इच्छाकामना आधारभूत अस्पताल सञ्चालन ल्याएको छ। इच्छाकामना–४ कुरिनटारमा १५ शय्याको अस्पतालले शुक्रबारबाट सेवा प्रारम्भ गरेको हो।

बेनी अस्पतालमा बिहानैदेखि ओपिडी

१८ महिनाको छोराको अचानक घाँटीमा समस्या देखिएपछि बेनी अस्पतालमा आएकी पर्वतको जलजला गाउँपालिका–७ लामाखेतबाट चेली परियारले बिहानकै समयमा ओपिडीबाट बच्चाको उपचार पाइन्।

बेनी अस्पताल: बिदाका दिन पनि बहिरङ्ग सेवा

बेनी अस्पतालको बहिरङ्ग विभागमा बिहीवार बिहान ८ बजे आएका म्याग्दीको बेनी नगरपालिका–६का खड्गबहादुर विकले तत्कालै स्वास्थ्य परीक्षण गराएर घर फर्के।

गाजास्थित एक अस्पतालमा भएको आक्रमणबाट स्तब्ध छौं: परराष्ट्र मन्त्रालय

बिहीबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मंगलबार गाजाको एक अस्पतालमा भएको आक्रमणले स्तब्ध बनाएको उल्लेख गरेको छ।

चीन भ्रमणमा रहेका गृहमन्त्री श्रेष्ठलाई हृदयघात, २४ घन्टा डाक्टरको निगरानीमा

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ।

गाजाको अस्पतालमा भएको आक्रमणको एमालेबाट निन्दा

नेकपा (एमाले)ले गाजास्थित अल अहरी अरब अस्पतालमा भएको आक्रमणमा परी उपचार गराइरहेका बिरामी, चिकित्सक तथा स्वास्थ्यकर्मी, बिरामीका कुरुवा,आफन्त र अस्पताल परिसरमा शरण लिइरहेका नागरिक मारिएका घटनाको निन्दा गरेको छ।

स्वास्थ्यकर्मी आफैँ बिरामी भएपछि प्रसूति सेवा ठप्प

जिल्ला अस्पताल खोटाङमा स्वास्थ्यकर्मी आफैँ बिरामी भएपछि बेहोस बनाएर शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्