१२ मंसिर २०८१ बुधबार
image/svg+xml

गाजाको अस्पतालमा रकेट आक्रमण हुँदा ५ सयजनाको मृत्यु, डब्लूएचओद्वारा निन्दा

गाजाको एक अस्पतालमा भएको रकेट आक्रमणमा परी कम्तिमा ५ सयजनाको मृत्यु भएको दावी गरिएको छ।

कान्ति बाल अस्पतालमा बर्न आइसियु स्थापना

कान्ति बाल अस्पतालमा बर्न आइसियु स्थापना गरिएको छ। मंगलबार अस्पतालमा बर्न आइसियु स्थापना गरिएको हो।

नेपाल आँखा अस्पतालद्वारा निःशुल्क आँखा परीक्षण

नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले काठमाडौँ महागरपालिकासँगको सहकार्यमा महानगरपालिका र मातहतका जनप्रतिनिधि तथा वडा कार्यालयका चार सय २१ कर्मचारीको नेत्र परीक्षण गरेको छ।

सामाजिक एकतालाई बलियो बनाउनुपर्छ : उपाध्यक्ष शाक्य

नेपाल कम्युनिष्ट पार्टी एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सामाजिक एकतालाई बलियो बनाउनुपर्ने बताएकी छिन्।

‘युवापुस्तालाई नैतिक शिक्षा पढाउन जरुरी’

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो समाजको विकाससँगै ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्रको महत्व बढ्दै गएको बताएकी छिन्।

इन्टरनेटको पहुँचमा तिलिचो ताल क्षेत्र

विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल क्षेत्रमा ‘इन्टरनेट’को पहुँच पुगेको छ। हिमाली जिल्ला मनाङमा अवस्थित सो तालको अवलोकनमा आउने पर्यटकको सुविधालाई ध्यान दिँदै क्षेत्रमा इन्टरनेट जडान गरिएको हो।

बिजुलीले जलेको जीवन

कक्षा १० मा पढ्दै गरेका रेशम आफ्नो हविगत हेरेर टोलाइरहेको अवस्थामा भेटिन्छन् । उता अभिभावक पूर्णबहादुर घरी छोरा हेरेर टोलाउँछन् घरी केही सोचेर गम्भीर बन्छन् ।

कोरोनाले सिकायो पाठ: भरतपुर अस्पताल बन्यो अक्सिजनमा आत्मनिर्भर

कोरोना भाइरसको दोस्रो लहरको समयमा अस्पताललाई अक्सिजन व्यवस्थापन गर्न कठिन भएको थियो। त्यो अभावबाट पाठ सिक्दै अस्पतालले विषम परिस्थितिलाई पुग्ने गरी आफैँ अक्सिजन उत्पादन गरेको छ।

अक्सिजनमा आत्मनिर्भर बन्यो भरतपुर अस्पताल

अहिले दैनिक २ सय ५० सिलिन्डर उत्पादन गर्ने प्लान्ट निर्माण गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राध्यापक डाक्टर कृष्णप्रसाद पौडेलले बताए।

हेटौंडा अस्पतालमा २५ बेडको वार्डबाट मनोचिकित्सा सेवा

हेटौंडा अस्पतालमा मानसिक स्वास्थ्य उपचार सेवाको सुरुवात भएको छ।

सबैले आफ्नो जिम्मेवारी पूरा गरे लक्ष्यमा पुग्न सकिन्छ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले सबै निकाय तथा क्षेत्रका व्यक्तिले आ–आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने लक्ष्यमा पुग्न सकिने बताएका छन्।

किष्ट अस्पतालमा कलेजो र मिर्गौलाको एकैसाथ प्रत्यारोपण

अस्पतालले सोमबार चितवन भरतपुरकी ३४ वर्षीया महिलाको कलेजो र मिर्गौलाको प्रत्यारोपण गरेको अस्पतालका प्रा.डा. सुरज बज्राचार्यले जानकारी दिए।

समयमै बन्न सकेन नगर अस्पताल

राप्ती नगरपालिकाले निर्माण गर्न लागेको भण्डारा नगर अस्पताल ठेक्का सम्झौताको समयावधि सकिँदा ३५ प्रतिशत मात्र काम सम्पन्न भएको छ।

भूमिकर बढी लिएको विरोधमा तालाबन्दी

मालपोत कार्यालयले इटहरी उपमहानगरपालिका क्षेत्रका जग्गाको भूमि कर तोकिएको मापदण्डभन्दा बढी लिएको बिरोधमा वडा नम्बर २ को कार्यालयमा मंगलबार स्थानीयले तालाबन्दी गरेका छन्।

स्वास्थ्य बीमामा जोडिएका बिरामी प्रत्येक महिना अस्पताल धाउन पर्दा हैरानी

प्रत्येक महिना अनिवार्यरुपमा अस्पताल पुगेर स्वास्थ्य जाँचपछि मात्र औषधि लिन पाउने प्रावधानले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बिरामीलाई अप्ठेरो झेल्नुपरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्