७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

चीन भ्रमणमा रहेका गृहमन्त्री श्रेष्ठलाई हृदयघात, २४ घन्टा डाक्टरको निगरानीमा

फाइल तस्बिर

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ।

चीन भ्रमणमा रहेका गृहमन्त्री श्रेष्ठलाई छाती दुखेपछि बुधवार पेकिङ युनियन मेडिकल कलेजमा भर्ना गरिएको स्वकीय सचिव सुसन कर्माचार्याले बताइन्।

उनले उपचारका लागि अस्पताल भर्ना भएका गृहमन्त्री श्रेष्ठलाई हृदयघात भएको पनि बताइन्।

‘माइल्ड हर्टअट्याक भनिएको छ।समयमै अस्पताल पुर्याइएकाले अहिले खतरामुक्त हुनुहुन्छ,’ उनले भनिन्, ‘अहिले उहाँ अस्पतालमै हुनुहुन्छ, डिटेल आइसकेको छैन।’  

अस्पतालले २४ घन्टा अब्जरभेसमनमा राख्नुपर्ने बताएको छ।

बिहान करिब १ बजे गृहमन्त्री श्रेष्ठलाई हृदयघात भएको र तत्कालै स्थानीय अस्पताल लगिएको उपप्रधानमन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ। ‘आवश्यक चिकित्सा प्रक्रियापछि उनको मुटुमा स्टेन्ट राखिएको छ, चिकित्सकले निगरानीमा राखे पनि अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ,’ कर्माचार्यले बताइन्।

उपप्रधानमन्त्री श्रेष्ठको बुधबारदेखि छाती दुखेको थियो । कोरोनरी एन्जियोग्रामले उनको मुटुको एउटा धमनीमा रक्तसञ्चार अवरुद्ध भएको खुलासा गरेको थियो ।

उपप्रधानमन्त्री श्रेष्ठ चीनका सार्वजनिक सुरक्षा र आपत्कालीनमन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा असोज २९ गते चीन गएका थिए।

प्रकाशित: २ कार्तिक २०८० ०४:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App