२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जाजरकोटबाट ल्याइएका घाइतेहरूलाई सुर्खेत विमानस्थलबाट प्रदेश अस्पताल लाँदै

गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडामा केन्द्र विन्दु बनाई ६ दशमलव ४ म्याग्निच्युडको भुकम्पमा परि घाईते भएकाहरुलाई  सुर्खेत विमानस्थलबाट प्रदेश अस्पताल लाने क्रम जारी रहेको छ । नेपाली सेनाको हेलिकप्टर मार्फत घाईतेको उपचारका लागि अस्पताल लाने काम भईरहेको छ ।जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाको टोली उद्धार तथा राहत कार्यमा खटाइएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय २८ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा एक सय ५५ जना घाइते भएका छन्।

प्रकाशित: १८ कार्तिक २०८० ०३:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App