५ आश्विन २०८१ शनिबार
image/svg+xml

विराटनगर भन्सारमा ५८ प्रतिशत मात्रै राजस्व असुली

विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्ष ०७९/८० को छ महिनाको अवधिमा लक्षको ५८ प्रतिशत मात्रै राजस्व असुली गरेको छ। चालु आर्थिक वर्षको छ महिनामो लक्षको ५८.२३ प्रतिशत मात्रै राजस्व असुली गरेको विराटनगर भन्सार कार्यालयले जनाएको छ।

पार्किङ निषेधको विरोधमा विराटनगर बजार बन्द

महानगरपालिकाले विकल्प नदिई बजार क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाएको भन्दै विराटनगरका व्यापारीहरूले विराटनगरको मुख्य बजार बन्द गरेका हुन्।

अस्पतालजन्य संक्रमित फोहोर व्यवस्थापनका लागि समिति गठन

विराटनगर महानगरपालिकाले अस्पतालबाट निस्कने संक्रमित फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि अध्ययन गर्न समिति गठन गरेको छ।

रानी विराटनगर इटहरी धरान सडक आयोजना विस्तारबारे सर्वपक्षीय छलफल: ६ लेन सडकप्रति स्थानीयको विरोध

धरानको तीनकुनेसम्म ६ लेन सडक विस्तार भइसकेको छ। तीनकुनेदेखि जिरो प्वाइन्टसम्म पाँच किलोमिटर सडक भने बजार क्षेत्रको भौतिक संरचना एवं घर क्लियर नभएकाले विस्तार हुन सकेको छैन।

कर संकलन गर्न आक्रमक बन्दै महानगर

विराटनगर महानगरपालिकाले आफ्नो आन्तरिक आय बढाउनका लागि कर संकलन अभियानलाई आक्रमक बनाउँदै अघि बढेको छ।

विराटनगर महानगरपालिकाले हटायो कोसी अस्पतालको अनाधिकृत संरचना

नक्सा पास नगरी निर्माण गरिएको कोसी अस्पताल अगाडि रहेको अनाधिकृत संरचना हटाउँदै बिहीबारबाट अभियान सुरु गरिएको महानगरपालिकाले जनाएको छ।

मोटरसाइकल चोरीमा संलग्न आरोपमा ४ जना पक्राउ

विराटनगर महानगरपालिकाको छुट्टाछुट्टै स्थानमा भएको मोटरसाइकल र स्कुटर चोरीमा संलग्न भएको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

विराटनगरको लगातार दोस्रो जित

उपकप्तान रोहित पौडेलले सम्हालिएको ब्याटिङ प्रदर्शन गर्दा विराटनगर सुपर किङ्सले नेपाल टी–२० लिगमा लगातार दोस्रो जित निकालेको छ।

५ किलो गाँजासहित एक जना पक्राउ

मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार शंकास्पद अवस्थामा भेटिएका राईलाई चेक गर्दा गर्दा ५ केजी गाँजा भेटिएको थियो।

डनबस्को स्कुललाई प्याब्सन विराट कपको उपाधि

प्रतियोगिताअन्तर्गत फाइनल खेलमा डनबस्कोले मदरल्याण्ड एकेडेमीलाई १–० गोल अन्तरले हराउँदै उपाधि जितेको हो। जितका लागि निकुस खतिवाडले निर्णायक गोल गरे। उपाधिसँगै डनबस्को स्कुलले २५ हजार रुपैयाँका साथै रनिङ शिल्ड प्राप्त गर्‍यो भने मदरल्याण्डले १५ हजार रुपैयाँ प्राप्त गर्‍यो।

विराटनगरको जर्सी सार्वजनिक

बुधबार एक कार्यक्रमका बीच विराटनगरले वेस्ट इन्डिजका आन्द्रे मकार्थीलाई कप्तानको जिम्मेवारी दिएको हो। सोही अवसरमा टोलीले आफ्नो जर्सी पनि सार्वजनिक गरेको थियो।

आन्द्रे म्याकार्थीले फ्रेन्चाईज टोली विराटनगर सुपर किङ्सको कप्तानी गर्ने

आन्द्रे म्याकार्थीले नेपाल टि–२० क्रिकेट लिगमा फ्रेन्चाईज टोली विराटनगर सुपर किङ्सको कप्तानी गर्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्