१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

५ किलो गाँजासहित एक जना पक्राउ

विराटनगर महानगरपालिका–४ स्थित एयरपोर्ट नहरबाट लागूऔषध गाँजा ५ केजीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार साँझ नहरको बाटो हुँदै को ३८ प ७९५१ नम्बरको स्कुटरमा जाँदै गर्दा विराटनगर–११ का २८ वर्षीय गोरे भन्ने अर्पण राईलाई गाँजासहित पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ। मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार शंकास्पद अवस्थामा भेटिएका राईलाई चेक गर्दा गर्दा ५ केजी गाँजा भेटिएको थियो।  

स्कुटरमा लुकाई लैजाँदै गर्दा राईलाई लागूऔषध गाँजा र स्कुटसहित राईलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेका छ। पक्राउ परेका राईविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाइने प्रहरीले जनाएको छ।  

प्रकाशित: १० पुस २०७९ ०७:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App