२० वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

विराटनगरलाई पूर्ण खोप पालिका घोषणा गर्ने

विराटनगर महानगरपालिकाले पूर्ण खोप पालिका घोषणाका लागि पूर्व तयारी थालेको छ।

महानगरको स्वास्थ्य महाशाखाले महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा शुक्रबार सरोकारवालासँग पूर्ण खोप अभियानका विषयमा अन्तरक्रिया गरेको हो।

महानगरपालिकालाई पूर्ण खोप घोषणा गर्ने तयारीका विषयमा महाशाखा प्रमुख हैदर अलीले जानकारी गराए। उनले महानगरपालिकाभित्र रहेका १६ देखि २३ महिनासम्मका बालबालिकालाई पूर्ण खोप लिएको नलिएको यकिन गर्ने कार्य भइरहेको बताए। महाशाखा प्रमुख अलीले नलिएका बालबालिकाहरुलाई खोजी गरेर खोप दिई सबै बालबालिकाहरुलाई खोप दिने कार्यक्रम रहेको जानकारी दिए।

महानगरका खोप अधिकृत अमरदीप देवले खोपको अवस्थाका विषयमा प्रस्तुतीकरण गरेका थियो। खोप अवस्थाबारे जानकारी दिँदै देवले १० प्रतिशत बालबालिकाले पूर्ण खोप लगाउन बाँकी रहेको बताए। देवले ७ पटकमा १३ वटा रोगविरुद्धको खोप लगाएपछि मात्रै पूर्ण खोप लगाएको मानिने बताएका हुन्।

महानगरको सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले गाउँ, टोल र वस्तीमै पुगेर खोप लगाएका र नलगाएका बालबालिकाको पहिचान गर्नुपर्ने बताए। उनले खोप अभियानलाई प्रभावकारी बनाउनु आवश्यक रहेको बताए। बस्नेतले माघभित्र खोप लगाउन बाँकी बालबालिकाको पहिचान गर्न आग्रह गरे। प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले पूर्ण खोपले बालबालिकाको बिरामी दर र मृत्युदर कमी ल्याई महानगरको सूचकको अंकमा समेत वृद्धि हुने बताए।  

प्रकाशित: २२ पुस २०७९ ११:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App