२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पार्किङ निषेधको विरोधमा विराटनगर बजार बन्द

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासँगको भेट गर्दै विराटनगरका व्यापारीहरू। तस्बिर: नागरिक

विराटनगर महानगरपालिकाले बजार क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाएपछि व्यापारीहरूले सोमबार विराटनगर बजार बन्द गरेका छन्। महानगरपालिकाले विकल्प नदिई बजार क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाएको भन्दै विराटनगरका व्यापारीहरूले विराटनगरको मुख्य बजार बन्द गरेका हुन्।  

विकल्प नदिई बजार क्षेत्रको सडकमा पार्किङ गर्न रोकलगाए पछि बजार बन्द गरेको खुद्रा व्यापार संघ मोरङका अध्यक्ष संजय मण्डलले बताए। सडकबाट पार्किङ हटाएरु खाली स्थानमा पार्किङ गर्न थालिएको भए पनि महाननगरपालिकाले व्यवस्थित पार्किङस्थल नबनाउँदा मोटरसाईकल हराउने, पार्किङ स्थलमा राख्न र झिक्न समस्या हुने गरेको उनले बताए।  

उनका अनुसार व्यापारीहरूले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई भेटेर विकल्प दिएर मात्रै पार्किङ निषेध गर्न आग्रह गरे। व्यापारीहरूसँगको भेटमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगरपालिकाले नगरका खाली जग्गाहरूमा पार्किङको व्यवस्था गरिरहेको बताउँदै व्यवस्थित पार्किङ स्थलको व्यवस्थापनका लागि दुई महिनाको समय माग गरेको मण्डलले जानकारी दिए। 

 महानगरपालिकाका मेयर नागेश कोइरालासँगको भेट पछि आन्दोलन स्थगित गरी  बजार खुल्ला गरेको अध्यक्ष मण्डलले जानकारी दिए।  

प्रकाशित: १६ माघ २०७९ १२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App