५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

विराटनगर भन्सारमा ५८ प्रतिशत मात्रै राजस्व असुली

विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्ष ०७९/८० को छ महिनाको अवधिमा लक्षको ५८ प्रतिशत मात्रै राजस्व असुली गरेको छ। चालु आर्थिक वर्षको छ महिनामो लक्षको ५८.२३ प्रतिशत मात्रै राजस्व असुली गरेको विराटनगर भन्सार कार्यालयले जनाएको छ।  

विराटनगर भन्सार कार्यालयको तथ्याँक अनुसार चालु आर्थिक वर्षको छ महिनामा विराटनगर भन्सार कार्यालयले २८ अर्ब ४१ करोड १३ लाख २६ हजार रुपैयाँ राजस्व असुलीको लक्ष लिएको थियो। जसमा १६ अर्ब ५४ करोड २९ लाख २५ हजार रुपैयाँ मात्रै राजस्व असुली गरेको छ। चालु आर्थिक वर्षको सुरुवाद देखिनै लक्ष अनुसार राजस्व संकलन गर्न नसकेको विराटनगर भन्सार कार्यालयले पछिल्ला महिनाहरूमा झनै न्यून राजस्व संकलन गरेको छ। राजस्व संकलनको दर खस्किंदै जाँदा पुस महिनामा राजस्व संकलन लक्षको तुलनामा आधा पनि हुन सकेको छैन। 

पुस महिनामा विराटनगर भन्सार कार्यालयले ५ अर्ब २३ करोड ७८ लाख ४९ हजार रुपैयाँ राजस्व संकलनको लक्ष लिएकोमा लक्षको ४६ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ। पुस महिनामा विराटनगर भन्सार कार्यालयले २ अर्ब ४२ करोड ५९ लाख २७ हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ। यस्तै मंसिर महिनामा ४ अर्ब ९२ करोड ६१ लाख ४८ हजार रुपैयाँ लक्ष तोकिएकोमा  २ अर्ब ३३ करोड २६ लाख ८५ हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ। यस्तै कात्तिक महिनामा ४ अर्ब ७७ करोड ५० लाख ७८ हजार राजस्व संकलनको लक्ष तोकिएकोमा विराटनगर भन्सारले २ अर्ब ९३ करोड ५८ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। 

असोजमा ५ अर्ब ५ करोड ५० लाख ८२ हजार रुपैयाँ संकलनको लक्ष तोकिएकोमा २ अर्ब ७८ करोड ६७ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। भदौमा ४ अर्ब ७६ करोड ८५ लाख २९ हजार रुपैयाँ लक्ष तोकिएकोमा ३ अर्ब ११ करोड १ लाख ८० हजार रुपैयाँ राजस्व संकलन गरेको छ। साउनमा ३ अर्ब ६४ करोड ८६ लाख ६१ हजार रुपैयाँ लक्ष तोकिएकोमा २ अर्ब ९५ करोड १४ लाख ७० हजार रुपैयाँ राजस्व संकलन भएको छ।  

प्रकाशित: २० माघ २०७९ १२:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App