coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मोटरसाइकल चोरीमा संलग्न आरोपमा ४ जना पक्राउ

विराटनगर महानगरपालिकाको छुट्टाछुट्टै स्थानमा भएको मोटरसाइकल र स्कुटर चोरीमा संलग्न भएको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।  

पुस १४ गते राति विराटनगर–९ स्थित ठाकुरबाडी रोडबाट प्रदेश ०१–०२–०४२ प ३७७७ नम्बरको मोटरसाइकल चोरी भएको थियो।  चोरी भएको मोटरसाइकल खोजतलास गर्ने क्रममा चोरी भएको मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ।  

चोरी भएको मोटरसाइकलसहित धनपालथान गाउँपालिका–७ का २१ वर्षीय रविन राजवंशी, बुढीगंगा गाउँपालिका–७ का २५ वर्षीय पञ्चदेव खवास र विराटनगर महानगरपालिका–१९ का २१ वर्षीय विकेश खवासलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीकाबहादुर कार्कीले जनाकारी दिए।  

त्यसैगरी, पुस १४ गते विराटनगर–८ मधुमाराबाट प्रदेश ०१–०२–००५१ प १०२७ नम्बरको स्कुटर चोरी भएको थियो।  उक्त चोरी भएको स्कुटर खोजतलासका क्रममा सोही ठाउँका २० वर्षीय सतिस मुखियालाई स्कुटरको पार्टपुर्जा खोल्दै गरेको अवस्थामा पक्राउ गरिएको डिएसपी कार्कीले बताए।  पक्राउ परेका ४ जनाविरुद्ध चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।  

प्रकाशित: १८ पुस २०७९ १२:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App