७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

मकैप्रतिको गलत सोच हटाइ दैनिक भान्छामा प्रयोगयोग्य बनाउन ताप्लेजुङमा मकै प्रशोधन सम्बन्धी तालिम

‘आफ्नै बारीमा फलेको अन्नका परिकार बिर्सिएर हामी आधुनिकपनका खाजा र सितन खोज्दा रहेछौं’ आधुनिक समाजको मानवीय स्वभाव प्रकट गर्दै फुङलिङ नगरप्रमुख अमिर मादेनले भने ‘लु हेरौं त मकैको खाद्य परिकार कति राम्रो।’

काठमाडौंका मेयर बालेन शाहकै पथमा त्रियुगाका मेयर बसन्त, डोजर लिएर सडकमा

मेयर बालेन शाहले काठमाडौं महानगरपालिकाका सडक मिचेर बनाइएका अनाधिकृत संरचना भत्काउने अभियान सुरु गरिरहेका बेला उदयपुरको त्रियुगा नगरपालिकाले पनि सडक सफाई अभियान सुरु गरेको छ जस अन्तर्गत सडक पेटी मिचेर बनाइएका अनाधिकृत घरटहरा र पसलहरु बुधबारदेखि भत्काउन थालेको छ।

'निकुञ्जका कारण माडीवासीलाई परेको समस्या समाधान हुन्छ'

जिल्लाका दलीय प्रतिनिधि, स्थानीय निकायका प्रमुखहरुसहित नेकपा (माओवादी) केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वको एक टोलीले केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरी त्यहाँको समस्याबारे अवगत गराएको थियो। सो क्रममा प्रधानमन्त्री देउवाले यस विषयमा तत्काल सम्बोधन गरिने आश्वासन दिएका थिए।

उपेक्षामा ‘गेम चेञ्जर प्रोजेक्ट’

हालका नगरप्रमुख पूर्णप्रसाद आचार्य लगायतका जनप्रतिनिधिले ती योजनालाई उपेक्षा गर्दा बजेटमा नसमेटिएको गुनासो सर्वत्र छ। कोहलपुर नगरपालिका क्षेत्रको समग्र विकासका लागि रूपान्तरणकारी भूमिका निर्वाह गर्ने ‘गेम चेञ्जर प्रोजेक्ट’को नाम दिइएका ती योजना वर्तमान सरकारका प्राथमिकतामा परेनन्।

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दावी भुक्तानी

सिटिजन लाइफ इन्स्योरेन्सले ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं ३ खाम्लुङकी पदमकुमारी सेलिङको मृत्यु दावी भुक्तानी वापतको ३ लाख ५० हजार रुपैयाँ बुधबार मृतकका आफन्तलाई हस्तान्तरण गरेको छ।

मेयर पोखरेलको पहिलो निर्णयः विपन्नलाई निशुल्क बिमा गर्ने

स्वास्थ्य उपचारका लागि सहज पहुँचका लागि निशुल्क स्वास्थ्य विमा अतिविपन्नलाई गर्ने योजना नगरपालिकाले अगाडि सारेको हो। आगामी नयाँ आर्थिक बर्षदेखि लागुहुने गरि यो योजना ल्याइएको नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले बताए।

म शासक होइन सेवक बन्छुः नवनिर्वाचित मेयर

कमलामाई नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख मेयर उपेन्द्रकुमार पोखरेलले आफू जनताको सेवक बन्ने बताएका छन्। मेयर पोखरेलले सिन्धुलीको कमलामाई नगरपालिका ३ जलकन्यामा रहेको रक्तमाला मन्दिरलाई साँची राखेर जनताको सेवक बन्ने प्रण गरेका हुन्।

सबैलाई समेटेर समृद्ध टोखा निर्माण गर्छुः प्रकाश अधिकारी

टोखा नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख प्रकाश अधिकारीले सबैलाई समेटेर समृद्ध टोखा निर्माण गर्ने बताएका छन्।

ताप्लेजुङका नव निर्वाचित प्रमुख तथा अध्यक्षद्वारा सपथ ग्रहण

एक नगरपालिकासहित नौ स्थानीय तहमा नव निर्वाचित प्रमुख तथा अध्यक्षले शुक्रबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।

आचारसंहिता उल्लंघन गर्ने मेयरविरुद्ध उजुरी

स्थानीय तहको निर्वाचन आचारसंहिता विपरित निर्वाचन परिचालन कमिटिको संयोजक बनेर चुनावी प्रचारमा हिँडेको र आयोगलाई नै कारबाही गर्न चुनौती दिएको भन्दै उनीविरुद्ध उजुरी परेको हो।

दुबईमा अलपत्र परेका सात नेपालीको उद्धार

वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धारपश्चात घर फर्केका छन्।

ट्राफिक व्यवस्थापनका सामग्री हस्तान्तरण

व्यास नगरपालिकाले शुक्रबार जिल्ला ट्राफिक कर्यालयलाई ३७ थान ट्राफिक व्यवस्थापनका सामग्री हस्तान्तरण गरेको छ।

सीमामा सक्रियता बढाउँदै सशस्त्र प्रहरी

कल्भर्ट निर्माणका लागि भएको विवाद क्षेत्र न अहिलेसम्म समाधान भयो, न त भारतीय पक्षले गोली चलाएको विषय नै स्वीकार गर्‍यो। मुलुकमा चर्चाको विषय बनेको उक्त घटनालगत्तै घटनास्थल छेउमै सशस्त्र प्रहरी बलले बिओपी स्थापना गरेर सीमा क्षेत्रको सुरक्षा र निगरानी भने बढाएको छ।

मेलम्ची र इन्द्रावती खोला पुरानै अवस्थामा फर्काउने गृहकार्य सुरु

कुनै समस्या र बाधाअवरोध नआएमा १० दिनभित्रमा मेलम्ची बजार आसपासको खोलालाई पुरानै धारमा फर्काउन सकिने विश्वास नगरपालिकाले लिएको नगरप्रमुख डम्बर अर्यालले बताए।

संक्रमित बोक्न नगरप्रमुखले दिए दुई निजी गाडी

नगरपालिकाभित्र कोरोना संक्रमतिको संख्या ह्वात्तै बढेपछि प्रमुख श्रेष्ठले आफ्ना निजी बोलेरो जिप एम्बुलेन्सका रूपमा प्रयोग गर्न नगरपालिकालाई निःशुल्क उपलब्ध गराएका हुन्। बिहीबार उनले एक चालकको खर्चसमेत आफ्नो व्यक्तिगत गर्ने गरी प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीलाई गाडीको चाबी हस्तान्तरण गराएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्