coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दुबईमा अलपत्र परेका सात नेपालीको उद्धार

वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धारपश्चात घर फर्केका छन्। बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुसल घर फकाईएको हो।

दुबई गएकालाई नगरप्रमुख साहले त्यहाँ अलपत्र परेका हरिशङ्कर ठाकुर, प्रदीपकुमार, प्रकाश प्रसाद, बाबुचन पासवान, वशिष्ठ हजारा, मुकेश साह र रामअयोध्या कुर्मीलाई आफ्नै पहलमा घर फर्काएका हुन्।

एजेन्ट सुरेन्द्र यादवमार्फत झुक्याएर पर्यटक (टुरिष्ट) भिसामा वैदेशिक रोजगारीका लागि युवा केही समयअघि दुबई गएका थिए। दुबई भ्रमणमा गएका नगरप्रमुख साहको सम्पर्कमा आएर उनीहरूले आफ्नो समस्याबारे जानकारी गराएपछि साहकै प्रयासमा उनीहरू नेपाल फर्केका हुन्। 

नगरप्रमुख साहले भने, ‘मेरो दुबई यात्रा सात दिनको थियो तर युवाहरूका बारेमा थाहा पाएपछि मैले भ्रमण तीन दिनमै छोट्याएँ, युवाहरूको उद्धार गरी घर फर्काइएको छ।’ 

नगरप्रमुख साहले दसैँ बिदामा दुबई घुम्न गएका बेला त्यहाँ आफ्नै गाउँका युवा अलपत्र परेको थाहा पाएपछि आफ्नो भ्रमण समयवाधि छोट्याएर उनीहरूलाई उद्धार गरी घर फर्काएका हुन्। नगरप्रमुख साहले अझै पनि आफ्नो गाउँका चार युवा दुबईमै अलपत्र परेको आफूले थाहा पाएकाले उनीहरूलाई पनि घर फर्काउन पहल गर्ने बताए।

प्रकाशित: ५ कार्तिक २०७८ ०२:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App