१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

म शासक होइन सेवक बन्छुः नवनिर्वाचित मेयर

नवनिर्वाचित नगरप्रमुख उपेन्द्रकुमार पोखरेल जनतासँग सिन्धुलीको कमलामाई नगरपालिका ३ जलकन्यामा रहेको रक्तमाला मन्दिर जाँदै।

कमलामाई नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख मेयर उपेन्द्रकुमार पोखरेलले आफू जनताको सेवक बन्ने बताएका छन्। मेयर पोखरेलले सिन्धुलीको कमलामाई नगरपालिका ३ जलकन्यामा रहेको रक्तमाला मन्दिरलाई साँची राखेर जनताको सेवक बन्ने प्रण गरेका हुन्।

'म मन्दिरलाई साँची राखेर भन्छु, म जनताको शासक होइन सेवक बन्छु, उनले भने, मतदाताको मन दुखाउने कुनै कार्य गर्ने छैन।' उनले मतदाताले दिएको मतको उच्च सम्मान गर्दै मतदताको शिर झुक्ने कुनै कार्य आफूले नगर्ने बताए। 'तपाईंहरु सम्पूर्ण मतदाताले आफ्नो व्यवहारिक काम श्रम सबै त्यागेर म मलाई मत दिनु भएको छ, म सबैलाई सम्मान गर्न चाहन्छु, तपाईंहरुको दुःख सुखको साथि बनेर काम गर्छु' उनले भने।

मतदातालाई धन्यवाद दिन पुगेका मेयर पोखरेलाई सिन्धुली कलाघरको टोलीले भव्य स्वगत गरेको थियो। पञ्चेबाजा बजाएर कलाघरको टोलीले स्वगत गरेको हो। कलाघरको स्वागतसँगै मतदातालाई धन्यवाद दिँदै कलाघर परिसरमा पुगेका मेयर पोखरेलले कलाघरलाई राष्ट्रिय स्तरमा चिनाउन पहल गर्ने वचन दिए।

उनले कलाघरको विकासका लागि नगरपालिकाको तर्फबाट गर्न सक्ने सबैखाले सहयोग गर्ने प्रतिबद्धता जनाए। गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादीको गठबन्धन नेपाली कांग्रेसको तर्फबाट पोखरेलले नगरप्रमुखमा जितेका थिए।

कमलामाई नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले मन्दिर साँची राखेर जनतासँग सेवक बन्ने प्रण गर्दै। तस्बिर अनिल भण्डारी/नागरिक

कांग्रेस माओवादीको गठबन्धन गरी नेपाली कांग्रेस सभापति समेत रहेका उपेन्द्रकुमार पाखेरले कांग्रेसको तर्फबाट कमलामाई नगरपालिकामा पहिलो पटक मेयर निर्वाचित भएपछि एमाले किल्ला समते भत्किएको छ। १४ हजार १ सय ८७ मतसहित कमलामाई नगरपालिकाको मेयरमा पोखरेल निर्वाचित भएका हुन्।

सदरमुकाम सिन्धुलीमाढी रहेको कमलामाई नगरपालिकामा पहिलो पटक कांग्रेसका मेयर निर्वाचित भएका हुन्। विजयी भएका पोखरेलको निकटतम प्रतिद्वन्दी नेकपा एमालेका महेन्द्रदेव श्रेष्ठले १२ हजार ५ सय ७६ मत पाएपछि मेयरमा कांग्रेस निर्वाचित भएको थियो।

२०७४ सालको निर्वाचनमा एमालेका खड्गबहादुर खत्रीसँग मेयर निर्वाचित भएका पोखरेलले सत्ताइस सय ६४ मत अन्तरमा पराजित भएका थिए। २०५४ सालमा पनि कांग्रेस कमलामाई नगरपालिकामा पराजित बनेको थियो। उपमेयरमा भने नेकपा एमालेकै मञ्जु देवकोटा दोस्रो पटक निर्वाचित भएकी छिन्।

उपमेयर देवकोटाले १२ हजार ६ सय ५४ मत पाएर विजयी बनेकी छिन् भने गठबन्धनबाट उम्मेदवार बनेको माओवादी केन्द्रका निकटतम प्रतिद्वन्दी दिर्घराज श्रेष्ठले ११ हजार ६ सय ८७ मत प्राप्त गरेका थिए। निर्वाचित भएलगत्तै मतदातालाई धन्यवाद दिन मेयर पोखरेल गाँउगाँउ गएका छन्। सकेसम्म सबै मतदातालाई भेट्ने र जनताको चाहना बुझेर सोही अनुसारको काम गर्न आफू लागि पर्ने मेयर पोखरेलले बताए।

प्रकाशित: ७ जेष्ठ २०७९ १३:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App