६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दावी भुक्तानी

सिटिजन लाइफ इन्स्योरेन्सले ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं ३ खाम्लुङकी पदमकुमारी सेलिङको मृत्यु दावी भुक्तानी वापतको ३ लाख ५० हजार रुपैयाँ बुधबार मृतकका आफन्तलाई हस्तान्तरण गरेको छ।

फुङलिङ नगरप्रमुख अमिर मादेनले सिटिजन बाल भविष्य जीवन बीमा वापतको मृतक पदमकुमारीका श्रीमान् अमृत लिम्बूलाई हस्तान्तरण गरे। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका ताप्लेजुङस्थित कार्यालय प्रमुख शर्मिला भण्डारीका अनुसार अमृतलाई बिमांक वापत ३ लाख र मृतकको काजकिरिया खर्च वापत ५० हजार रुपैयाँ हस्तान्तरण गरिएको हो।

सिटिजन बाल भविष्य जीवन बीमा योजना अनुसार प्रस्तावकको मृत्यु भएमा मासिक आय लाभदेखि बीमालेख परिपक्व हुने मिति वा विमितको मृत्यु जुन अघि हुन्छ, सो अवधिसम्मको बिमांक रकमको १ प्रतिशतका दरले हुने रकम ३ हजारका दरले मासिक रुपमा विमित बच्चाको खातामा रकम जम्मा हुनेछ।

यही अनुसार अमृत र पदमकुमारीका छोरा सन्देशको ३ लाख रुपैयाँको बीमा भएकोमा विमित व्यक्तिका प्रस्तावक पदमकुमारीको मृत्युपछि सन्देशको तर्फबाट भुक्तानी हुनुपर्ने बीमा वापतको प्रिमियम रकम अब सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आफैंले व्यहोर्ने छ।

अर्थात् कम्पनीले बाँकी अवधिको प्रिमियम अंक मिनाह गरेको छ। अब सन्देशको खातामा मासिक रुपमा ३ हजार रुपैयाँ इन्स्योरेन्स कम्पनीले जम्मा गरिदिने छ भने अबको १३ वर्षसम्म कम्पनी आफैंले विमित व्यक्तिको प्रिमियम शुल्क वापतको ३२ हजार ९ सय ९९ रुपैयाँका दरले रकम तिरिदिने सिटिजन लाइफ इन्स्योरेन्सले जनाएको छ।

मृत्यु दावी भुक्तानी कार्यक्रममा बोल्दै फुङलिङ नगरप्रमुख मादेनले जीवन बीमा जोखिम बहन र सुरक्षणका निम्ति उपयुक्त हुने बताए। नगर उपप्रमुख भीमादेवी ओझाले जीवन बीमा जीवन समाप्ति पर्यन्त पनि आफ्ना सन्ततिका लागि जोखिम भार घटाउने एक महत्वपूर्ण उपायको रुपमा रहने बताइन्।

प्रकाशित: १८ जेष्ठ २०७९ ०९:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App