१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मेयर पोखरेलको पहिलो निर्णयः विपन्नलाई निशुल्क बिमा गर्ने

पदभार ग्रहण गर्दै विपन्न परिवारलाई निशुल्क बिमा गर्ने पहिलो निर्णयमा हस्ताक्षर गर्दै कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेल। अनिल भण्डारी / नागरिक

कमलामाई नगरपालिकाले अति विपन्न परिवारलाई निशुल्क बिमा गर्ने भएको छ। नवनिर्वाचित नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सामेबार पदभार ग्रहण गर्दै उनले नगरपालिका भित्रका अति विपन्न परिवारलाई निशुल्क विमा गर्ने निर्णयमा पहिलो हस्ताक्षर गरेका हुन्।

स्वास्थ्य उपचारका लागि सहज पहुँचका लागि निशुल्क स्वास्थ्य विमा अतिविपन्नलाई गर्ने योजना नगरपालिकाले अगाडि सारेको हो। आगामी नयाँ आर्थिक बर्षदेखि लागुहुने गरि यो योजना ल्याइएको नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले बताए।

यस्तै कमलामाई नगरपालिकाले सिन्धुलीका स्थानियलाई सिन्धुलीगढी प्रबेश शुल्कमा ५० प्रतिशत छुट गर्ने निर्णय गरेको छ। नगरप्रमुख पोखरेल पदभार ग्रहण गर्ने क्रममा जिल्लाबासीलाई पचास प्रतिशत छुट र सञ्चारकर्मीहरुलाई निशुल्क प्रबेश गर्ने व्यवस्था मिलाएका हुन्। नगरपालिकाले यसअघि जिल्लाका स्थानिय पत्रकार तथा विद्यार्थीहरुलाई सिन्धुली गढी प्रबेश गर्न पचास रुपैया शुल्क लिदै आएको थियो। 

तीनओटा निर्णयमा एकसाथ हस्ताक्षर गरेका मेयर पोखरेलले नगरपालिकाबाट हाल लागु गरिएको कर शुल्क समायोजनका लागि कार्यदल बनाउने निर्णय समेत गरेका छन्। उनले कमलामाई नगरपालिका भित्रका विभिन्न शुल्कमा लगाइएको कर बढी भएको गुनासो आएकाले कर समायोजनका लागि एक कार्यदल गठन गर्ने र कार्यदलबाट प्राप्त प्रतिवेदनको आधारमा करशुल्क समायोजन प्रक्रिया अगाडी बढाउने निर्णयमा हस्ताक्षर गरेका छन्।

मेयर पोखरेलले कमलामाई नगरपालिकाकी उपाध्यक्ष मञ्जु देवकोटा सहित १४ वडाका अध्यक्ष तथा जनप्रतिनिधिहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए।

प्रकाशित: १० जेष्ठ २०७९ ०२:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App