६ आश्विन २०८१ आइतबार
image/svg+xml

बलात्कारविरुद्ध साहित्य शक्ति

मानिसको दुःखलाई बोध गर्न नसक्ने, बेखबर हुने, आत्मरतिमा अन्तै रमाउने, मानिसलाई मानिसबाट अलग बनाएको सन्दर्भलाई आलोचना गर्न नसक्ने प्रकारका साहित्यमा शक्ति रहन्न। मानिसका मार्मिकता, भाव–विचार र व्यवहारलाई स्पर्श गर्न सक्ने साहित्यमा शक्ति स्फुरण हुन्छ। यस्ता साहित्य सिर्जनाले मानिसका अनेक चोटमा सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक मलम लगाउन सक्छ।

‘जहाँ नारीलाई देवीसरह पुजिन्छ त्यहीँ किन बढ्दैछ बलात्कार ?’

विद्यालय पोसाकमै जिल्ला प्रशासन कार्यालय म्याग्दी पुगेका केही छात्रा प्रजिअ उमाकान्त अधिकारीको कार्यकक्षमा प्रवेश गरे। उनीहरूले बालिका र किशोरीमाथि बढ्दो असुरक्षाबारे गुनासोसहितको ज्ञापनपत्र प्रधानमन्त्रीसम्म कसरी पुर्‍याउन सकिन्छ भनेर जिज्ञासा राखे।

हामीले नबोले कसले बोल्छ ?

‘बलात्कारी खुलेआम बलात्कृत गुमनाम, बलात्कारको घटना दिनदिनै बढ्दैछ तर गृहमन्त्री भन्छ नेपालमा कम छ । ए हजुर एउटा प्रश्न गर्न पाइन्छ हामीलाई सास फेर्न कसको अनुमति चाहिन्छ ?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर कलेजका छात्राले महिला हिंसा र विभेदविरुद्धको आन्दोलनअन्तर्गत शुक्रबार राजधानीमा प्रदर्शन गरेका छन् ।

महिला हिंसाविरुद्ध मार्च

प्रतीकात्मक शव बोकेका प्रदर्शनकारीको भीड न्युरोड हुँदै सिंहदरबारतर्फ लम्किँदै थियो । भद्रकाली मोडमा प्रहरी उनीहरूलाई नियन्त्रणमा लिने तयारीमा जुट्दै थियो । प्रदर्शनकारीले भनिरहेका थिए, ‘बलात्कारीलाई कारबाही गर ।’ यो दृश्य बृहत् नागरिक आन्दोलनले शुक्रबार राजधानीमा आयोजना गरेको ‘सिंहदरबार महिला मार्च’ को हो ।

भारतमा नेपाली किशोरी हत्या प्रकरणः उच्चस्तरीय जाँच सुरु, थाना प्रमुख निलम्बित

नेपालसँग जोडिएको सीमावर्ती भारतीय जिल्ला पूर्वी चम्पारणको कुण्डवा चैनपुर बजारमा एक १३ वर्षीया नेपाली चेलीको सामूहिक बलात्कारपछि हत्या गरिएको घटनामा उच्चस्तरीय जाँच सुरु भएको छ । गत माघ ८ भएको सो घटनामा पूर्वी चम्पारण जिल्लाको पुलिस कार्यालयद्वारा शिकरहना क्षेत्रका ‘डेपुटी सुपरिटेन्डेन्ट अफ पुलिस’ शिवेन्द्रकुमार अनुभवीको नेतृत्वमा गठित विशेष अनुसन्धान टोलीले बिहीबार घट्नास्थलको विशेष जाँचबुझ गरेको छ ।

भागरथी हत्याको आठौं दिनः दोषी अझै पत्ता लागेन, ठाउँठाउँमा प्रदर्शन

बैतडी दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यारा एक साता बित्दा पनि पत्ता लाग्न सकेको छैन। भागरथीको बलात्कार र हत्या अनुसन्धानमा प्रहरी अझै अन्योलमा छ। प्रहरीले अपराधी पत्ता लाग्ने कुनै ठोस प्रमाण भेटाउन सकेको छैन।

‘गृहमन्त्री ज्यू! भागरथीको बलात्कारपछि हत्यामा संलग्न दोषीलाई कडा कार्बाही होस्’

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्च माविमा अध्ययनरत कानून संकायका विद्यार्थी समूहले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दोषीमाथि कडा कार्बाहीको माग गरेका छन्।

शौच गर्न गएकी बालिकालाई अपहरण गरी सामूहिक बलात्कार

‘म शौच गर्न बाहिर निस्किएको समयमा जबर्जस्ती मोटरसाइकलमा राखेर लगे,’ पीडित बालिकाले भनिन्, ‘सडकमा दुईजना केटाहरू बसेका रहेछन्, मैले देखिनँ । एक्लै भएको मौका पारेर उनीहरूले जबरजस्ती मेरो मुख थुनेर बाइकमा बसाएर लगे । चिच्याउन लाग्दा मुखमा सल कोचे ।’ घरदेखि धेरै टाढा रानी भेडयारीको मकैबारीमा लगेर मार्ने धम्की दिई आफूलाई जबर्जस्ती गरेको ती बालिकाले बताइन् ।

भागरथी हत्याको ६ दिनः फितलो अनुसन्धान, दोषी उम्किने चिन्ता

किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको ६ दिनसम्म प्रहरीले दोषी पहिचान गर्न सकेको छैन। जिल्ला अस्पतालले दिएको पोस्टमार्टम रिपोर्टअनुसार बलात्कारपछि घाँटी थिचेर उनको हत्या भएको हो। तर प्रहरीले दोषी पत्ता लाग्ने गतिलो आधार फेला पार्न सकेको छैन। घटनास्थलमा फेला परेको भागरथीको मोबाइल र फेसबुक एकाउन्टबाट पनि सुराक पत्ता लगाउन सकिएको छैन।

पाँच दिनमा बलात्कारका तीन घटना

गोरखामा पाँच दिनमा बलात्कार र बलात्कार प्रयासका तीनवटा घटना भएका छन्। माघ २० देखि २५ गतेसम्म जिल्लाभर बलात्कार तथा बलात्कार प्रयासका तीनवटा घटना प्रहरी कार्यालयमा आएको हो।

भागरथी हत्या प्रकरण : दोषी उम्कने स्थानीयको चिन्ता

माघ २१ गते विद्यालयबाट घर फर्कदा हराएकी दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या र बलात्कारमा संलग्नको पहिचान हुन सकेको छैनन। प्रहरीले आफ्ना अनुसन्धानका सबै सयन्त्र प्रयोग गरेको छ।

नशालु पदार्थ खुवाएर बलात्कार

मोरङको कानेपोखरीमा एक किशोरी बलात्कृत भएकी छिन्। नशालु पदार्थ खुवाएर बेहोस बनाइ उनलाई बलात्कार गरेको पीडित किशोरीका परिवारले आरोप लगाएका छन्।

भागरथीको बलात्कारपछि हत्या

बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि बीभत्स हत्या भएको छ। घटनामा संलग्न हुनेको अहिलेसम्म पहिचान हुन सकेको छैन। बुधबार विद्यालयको पढाइ सकेर घर फर्कने क्रममा बीच बाटाबाटै जंगलमा लगेर उनको बलात्कारपछि हत्या भएको जनाइएको छ।

कोरोना बहानामा बलात्कारी आरोपीलाई उन्मुक्ति

गत मंसिर २६ गते राति चिंगाड गाउँपालिकाकी १५ वर्षीया किशाेरी छिमेकीबाटै बलात्कृत भइन्। किशाेरीका आफन्तले दुई दिनपछि ३० वर्षीय ओमबहादुर रानाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जबरजस्ती करणी मुद्दा दर्ता गरे। प्रहरीले भोलिपल्टै उनलाई पक्राउ गर्‍यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्