६ वैशाख २०८१ बिहीबार
समाज

भागरथी हत्या प्रकरण : दोषी उम्कने स्थानीयको चिन्ता

माघ २१ गते विद्यालयबाट घर फर्कदा हराएकी दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या र बलात्कारमा संलग्नको पहिचान हुन सकेको छैनन।  प्रहरीले आफ्ना अनुसन्धानका सबै सयन्त्र प्रयोग गरेको छ।  तर बलात्कारपछि हत्या गरिएकी भागरथीको हत्यारासम्म पुग्ने भरपर्दो सुराखको खोजीमा अनुसन्धान जारी रहेको छ।  अहिलेसम्म प्रहरी दोषीसम्म पुग्न नसक्दा स्थानीय भने अपराधी उम्कने चिन्तामा छन्।  

जिल्लामा रहेका राजनीतिक दलका नेताहरुले हत्यामा संलग्नको पहिचान छिटो गर्न दवाव दिएका छन्।  सोमबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले राजनीतिक दलसँग छलफल गर्दै हत्यामा संलग्नको पहिचान गर्न कुनै कसुर बाँकी नराख्ने बताए।  हरेक कोणबाट  अनुसन्धान जारी रहेको भन्दै कुनै हालतमा पनि अपराधीलाई उन्मुक्ति नदिइने बताए।  घटनाको दोषी पक्राउ नपर्दासम्म ढुक्क हुने अवस्था नभएको भन्दै कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले कुनै दवाव प्रभावमा नपरी निश्पक्ष अनुसन्धान गरी हत्यामा संलग्न पहिचान गर्न आग्रह गरे।  सबै संयन्त्र र विधि प्रक्रियाहरु अपनाएर अनुसन्धान गरिरहेको र अनुसन्धानले छिट्टै नतिजा दिने प्रजिअ जोशीले बताए।  घटनामा प्रहरी प्रधान कार्यालयले पनि संवेदनशीलता देखाउँदै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीलाई अपराधस्थलको निरीक्षण र अनुसन्धानको लागि बैतडी पठाएको प्रजिअ जोशीले जानकारी दिए।  डिआइजी सुवेदी आइतबारदेखि दोगडाकेदारमै छन्।  

बिहीबारदेखि नै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चकुमार बाखु नेतृत्वको टोली पनि घटनाको प्राविधिक पक्षको विश्लेषणमा खटिएको छ।  

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवम् प्रहरी निरीक्षक जनक धामीका अनुसार घटना भएको समय आसपासमा बाटोमा हिँड्ने व्यक्ति, सवारीसाधनका धनी र भट्टको साथीहरुसँग सोधपुछ गर्ने काम भइरहेको छ।  ‘शंकास्पद थुप्रैसँग सोधपुछ गरिएको छ यद्यपि, हालसम्म कसैलाई नियन्त्रणमा लिइएको छैन’, उनले भने अनुसन्धानमा कुनै कसर बाँकी राखिने छैन। ’

बुधबार विद्यालय गएकी भट्ट साँझसम्म घर नफर्कीएपछि परिवारले खोजी थालेको थियो।  बिहीबार बिहान उनको शव सडकबाट ५० मिटर तल झाडीमा भेटिएको थियो।  शव भेटिएको स्थान नजिकै प्रहरीले उनको मोबाइल भेटेको थियो।  घटना लगत्तै स्थानीय, विद्यार्थी र राजनीतिक दलहरुले प्रर्दशन गरिरहेका छन्।  निर्मला हत्याकाण्डकै झल्को दिने यो घटनाले अपराधिक गिरोहले प्रसय पाउने आशंका स्थानीयले गरेका छन्।  

 

प्रकाशित: २६ माघ २०७७ १३:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App