२३ आश्विन २०८१ बुधबार
image/svg+xml

आमसञ्चार विधेयकको विरोधमा उत्रियो पत्रकार महासंघ गण्डकी र कास्की

गण्डकी प्रदेश सरकारले ल्याएको आमसञ्चार विधेयकमा प्रेस स्वतन्त्रता विरोधि प्रावधान रहेको भन्दै पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ विरोधमा उत्रिएको छ।

गण्डकीका ८५ वटै स्थानीय तहमा नेपाल टेलिकमको फोरजी

नेपाल टेलिकमले गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोरजी सेवा पुर्‍याएको जनाएको छ। पोखरामा बुधबार आयोजित पत्रकार भेटघाटमा उक्त जानकारी दिइएको हो।

गण्डकी प्रदेश आमसञ्चार विधेयकः पत्रकारलाई कारवाही गर्ने अधिकार कर्मचारीलाई

गण्डकी प्रदेशमा ऐन कानूनको उलंघन गरेर समाचार प्रकाशन तथा प्रशारण गर्ने पत्रकारलाई एकवर्षसम्म कैद सजाय हुने भएको छ ।

गण्डकी प्रदेशः तीनमहिनामा बाढीपहिरोमा ३३ जनाले ज्यान गुमाए

गण्डकी प्रदेशमा असार यता प्राकृतिक प्रकोपका कारण ३३ जनाले ज्यान गुमाएका छन् । बाढी, पहिरो लगायतका कारण असार यता गण्डकी प्रदेशमा ३३ जनाले ज्यान गुमाएको प्रदेश सरकारले जनाएको छ ।

दलहन र तेलहन बाहेक अन्यमा गण्डकी प्रदेश सबल

खाद्य वस्तुको उपलब्धताका आधारमा गण्डकी प्रदेश दलहन र तेलहनबाहेक अन्यमा सबल देखिएको छ । गण्डकी प्रदेशका कृषि तथा पशु महाशाखा प्रमुख निलकण्ठ पौडेलले खाद्य वस्तुको उपलब्धताका आधारमा गण्डकी प्रदेश दलहन र तेलहनबाहेक अन्यमा सबल रहेको जानकारी दिए ।

आत्महत्याः गण्डकीमा एक वर्षमा ६४४ जनाले ज्यान फाले

तथ्यांक अनुसार नेपालमा दैनिक २० जनाले आत्महत्या गर्छन् । विश्वमा प्रत्येक ४० सेकेन्डमा एक व्यक्तिले आत्महत्या गरेर ज्यान फाल्छन् । आर्थिक वर्ष २०७७/२०७८ मा नेपालमा आत्महत्याका कारण ७ हजार १ सय ४१ जनाको मृत्यु भएको छ । जुन अघिल्लो आर्थिक वर्षभन्दा करिब १४ प्रतिशतले बढी हो । गण्डकी प्रदेशमा वर्षमा झन्डै साढे ६ सय जनाले आत्महत्या गरेर ज्यान फालेका छन् ।

कालीगण्डकीबारे अध्ययन गर्दै गण्डकी प्रदेश

कालीगण्डकीको उपयोग तरिका र अहिलेसम्मको अवस्था अध्ययन गर्नका लागि गण्डकी प्रदेश सरकारले हालै कार्यदल बनाएको छ । कार्यदललाई तीनमहिना समय दिइएको छ । कालीगण्डकी नदीको बहुउपयोगीता र सम्भाव्यताबारे अध्ययन गर्नका लागि बनेको यो कार्यदलले कालीगण्डकीबाट गण्डकी प्रदेशले कसरी फाइदा लिन सक्छ भनेर अध्ययन गर्नेछ ।

ठूला आयोजनामा सहयोग गर्न मुख्यमन्त्री पोखरेलको आग्रह

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसले शिष्टाचार भेट गरेका छन्।

तत्काल राहतमा जुट्न निर्देशन

अविरल वर्षापछि कास्की, पर्वत लगायतका जिल्लामा बाढीपहिरोले क्षति पु¥याएको भन्दै गण्डकी प्रदेश सरकारले राहत र उद्धारमा तत्काल जुट्न निर्देशन दिएको छ ।

गण्डकी प्रदेशः अझै घटेन कोरोना मृत्युदर

कोरोना भाइरस संक्रमणले गण्डकी प्रदेशका विभिन्न जिल्लामा विहीबार नौजनाको ज्यान गयो । यो संख्या बुधबार १२ थियो । भदौको १० दिनमा मात्र गण्डकी प्रदेशमा मात्र कोरोनाबाट ६६ जनाले ज्यान गुमाएका छन ।

गण्डकीका मन्त्रीसँग अथाह सम्पत्ति: छ वटासम्म घर, किलोका गरगहना

थापाको सम्पत्ति विवरणमा विभिन्न मल तथा होटल रहेका छ वटा घर उल्लेख गरिएको छ। पोखरा बुटिक होटल, बगैंचा रिसोर्ट, सिटी ट्रेड मल, गण्डकी ट्रेड हाउस, अंशुभरा स्क्वायर, रोयल हिमालयन रिसोर्टलाई थापाले सम्पत्ति विवरणमा राखेका छन्। त्यस्तै पोखराका विभिन्न ठाउँमा उनी र परिवारको सदस्यको नाममा जग्गा छ।

योजना नकाट्न अर्थ तथा विकास समितिको निर्देशन

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले भौतिक पूर्वाधार मन्त्रालयलाई रातो कितावमा परेका योजना नकाट्न निर्देशन दिएको छ । समितिले बुधबार मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठलाई बोलाएर रातो कितावमा परेका योजना नकाट्न निर्देशन दिएको हो ।

गण्डकी प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, मनाङेले बुझाएनन्

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीसहित मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेबसाइटमार्फत् सम्पत्ति विवरण सार्वजनिक गरिएको हो।

गण्डकीमा ६५४ जना सङ्क्रमणमुक्त

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ६५४ व्यक्ति कोरोना सङ्क्रमणमुक्त भएका छन्। यस अवधिमा प्रदेशमा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या ३७४ पुगेको छ भने चार जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ।

बजेट खर्चको क्षमता बढाउः अर्थ तथा विकास समिति

अर्थ तथा विकास समिति गण्डकी प्रदेशले बजेट खर्चको प्रतिशत बढाउने गरी काम गर्न अर्थमन्त्रीलाई निर्देशन दिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्