७ वैशाख २०८१ शुक्रबार
समाज

गण्डकी प्रदेशः तीनमहिनामा बाढीपहिरोमा ३३ जनाले ज्यान गुमाए

बजेट नकाट्ने विपक्षीलाई आश्वासन

गण्डकी प्रदेशमा असार यता प्राकृतिक प्रकोपका कारण ३३ जनाले ज्यान गुमाएका छन् । बाढी, पहिरोलगायतका कारण असार यता गण्डकी प्रदेशमा ३३ जनाले ज्यान गुमाएको प्रदेश सरकारले जनाएको छ ।  सोहि अवधीमा बाढी पहिरोका कारण घर भत्किदा ४४ जना घाईते भएका छन् भने २ जना अझै बेपत्ता रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै जानकारी गराएका हुन् ।

मुख्यमन्त्री पोखरेलले असार यता मात्र बाढी पहिरोले ५०२ वटा घर बगाएर पूर्ण क्षति भएको बताए । उनका अनुसार बाढीपहिरोले ५ वटा सरकारी कार्यालय, सातविद्यालय, ६ सामुदायिक भवन र २५ वटा हाइड्रोपावरमा क्षति पुगेको बताए । यहि अवधिमा १७६ वटा सडकमा क्षति पु¥याएको छ भने ३६ वटा सडक पुल बगाएको छ ।  

मुख्यमन्त्री पोखरेलले असार यता बाढीपहिरोका कारण बिपदमा परेका ७३१ घर परिवारका ३ हजार ७ सय ७० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले बिपदमा परेका १ हजार २ सय ५ घरधुरीका ४ हजार ७ सय ६२ जनालाई ७९ लाख ६१ हजार ८ सय ९३ रुपैयाँ बराबरको जिन्सी सामान तथा ४१ लाख ८५ हजार रुपैयाँ नगदसहित कुल १ करोड २१ लाख ४६ हजार ९ सय २१ रुपैयाँ राहत स्वरुप प्रदान गरेको छ ।

मुख्यमन्त्री पोखरेलले बिपद ब्यबस्थापन गर्नु संघ, प्रदेश र स्थानिय तीनवटै सरकारको जिम्मेवारी भएकाले बिपदबाट निधन भएका परिवारलाई संघ सरकारले २–२ लाख र प्रदेश सरकारले ५०–५० हजार रुपैयाँ प्रदान गरेको बताए । त्यस्तै बेपत्ता परिवारलाई प्रदेशले १५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराएको बताउँदै उनले घरबारविहीन परिवारलाई अस्थायी आवास निर्माण गर्न प्रदेशले २५ हजार रुपैयाँका दरले राहत प्रदान गरेको उल्लेख गरे ।  

उनका अनुसार प्राकृतिक विपत्तीमा परि घाईते भएकालाई प्रति व्यक्ति ५० हजार रुपैयाँका दरले उपचार खर्च प्रदेश सरकारले दिएको छ । साथै बाढीपहिरोका कारण घरमा पूर्ण क्षति भएका घर परिवारलाई १–१ लाख प्रदान गरिएको मुख्यमन्त्री पोखरेलले जानकारी गराए । तर हिमाली जिल्ला मनाङ र मुस्ताङका घरमा पूर्ण क्षति भएकालाई एकलाख थपेर २ लाख रुपैयाँका दरले क्षतिपूर्ति रकम दिइएको उनले बताए ।

बजेट नकाट्ने विपक्षीलाई आश्वासन

मुख्यमन्त्री पोखरेलले अघिल्ला सरकारले अघि सारेका योजनालाई अगाडि बढाउने आश्वासन दिएका छन् । प्रमुख प्रतिपक्षी एमालेसँगको सहमतिपछि बोलाइएको संसद बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले सरकार अविछिन्न उत्तराधिकारी संस्था भएको भन्दै अघिल्ला सरकारले थालेका कार्यक्रमलाई वर्तमान सरकारले बजेट दिने आश्वासन दिएका हुन् ।  

आफ्नो सरकारले थालेका योजनालाई वर्तमान सरकारले कटौती गरेको लगायतका विभिन्न माग राखि प्रमुख प्रतिपक्षी एमालेले प्रदेशसभा बैठक अबरुद्ध गर्ने चेतावनी दिएका थियो । जसका कारण सत्तापक्षले प्रदेश सभा बैठक नराखि एमालेसँग सम्वाद अगाडि बढाएको थियो । सत्तापक्ष र प्रमुख प्रतिपक्षबीचको छलफलमा अघिल्लो सरकारले थालेका योजनालाई बजेट दिनेलगायतका सहमति हुनुका साथै मंगलबार बस्ने बैठकमा मुख्यमन्त्रीले सदनलाई सम्बोधन गरेर प्रतिबद्धता जनाउने सहमति भएअनुसार नै मुख्यमन्त्री पोखरेलले आश्वासन दिएको श्रोतले बताएको छ ।

बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले बजेटको सिमितताका कारण काटिएका कार्यक्रम अन्तर्गतका महत्वपूर्ण योजनालाई संघ सरकारबाट श्रोत सुनिश्चित हुनेवित्तिकै कार्यान्वयनमा लैजाने बताए । उनले टेण्डर भइसकेका योजना, क्रमागत रहेका आधारभुत र एकघर एक धाराका छुटेका कार्यक्रम कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए । साथै उनले डिपीआर भइसकेका सडक, पुल, झोलुङ्गे पुललगायतलाई प्राथमिकीकरण गरेर बनाउँदै जाने उल्लेख गरे ।

प्रकाशित: २९ भाद्र २०७८ १२:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App