१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

तत्काल राहतमा जुट्न निर्देशन

अविरल वर्षापछि कास्की, पर्वत लगायतका जिल्लामा बाढीपहिरोले क्षति पु¥याएको भन्दै गण्डकी प्रदेश सरकारले राहत र उद्धारमा तत्काल जुट्न निर्देशन दिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्धार र राहतमा तत्काल खटिन जिल्ला र स्थानीयतहका विपद व्यवस्थापन समितिलाई निर्देशन दिएका हुन् ।

बाढी पहिरोले सबैतिर आक्रान्त पारेपछि प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको शुक्रबार बिहान आकस्मिक बैठक डाकेर मुख्यमन्त्री पोखरेलले सुरक्षा निकायका प्रमुख, मन्त्रालयका सचिव र मातहतका सबै निकायलाई समेत निर्देशन गरेका हुन् । विपद व्यवस्थापनको काम तीनैवटा तहका सरकारको समन्वयमा हुने भएकाले पीडितले राहत पाउनेगरि काम गर्न उनले आग्रह गरे ।  

प्रदेश सरकारले प्राकृतिक विपदमा ज्यान गुमाएका परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँ, बेपत्ताका परिवारलाई पनि एकलाख रुपैयाँ दिने गरी कार्यविधि बनाएको छ । यसैगरी खाद्यान्नका लागि १५ हजार, अस्थायी आवासका लागि २५ हजार र उपचार खर्च ५० हजार रुपैयाँसम्म प्रदेशले दिनेगर्छ ।  

मुख्यमन्त्री पोखरेलले पीडित र पीडितको परिवारबाट लगातार गुनासो आउँदा कतै उनीहरुले राहत नपाएको हो कि भन्ने अनुभूति भएको बताए । ‘विपदमा परेकालाई तत्काल सम्बोधन गर्न सकिएन भने त्यसको अर्थ रहँदैन, त्यसैले ढिलासुस्ती गर्ने छुट छैन,’ उनले भने । पहिरोले सडकमा क्षति पु¥याएर आवागमन बन्द भएको ठाउँमा तत्काल डोजर पठाएर यातायात चलाउन मुख्यमन्त्रीले भौतिक पूर्वाधार सचिवलाई निर्देशन दिएका छन् ।  असार यता मात्रै बाढी पहिरोमा गण्डकीमा २७ जनाले ज्यान ग्ुमाएका छन् भने ८ जना बेपत्ता भएका छन् । 

प्रकाशित: १८ भाद्र २०७८ ०७:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App