२३ आश्विन २०८१ बुधबार
image/svg+xml

मनाङका बाढीपीडितलाई घर बनाउन दुई लाख दिइने

मनाङमा यो बर्खामा ८५ घर पूर्ण रूपमा क्षति भएको प्रदेश सरकारले बताएको छ । नासों गाउँपालिका–१ मा मात्र ७० घरमा क्षति पुगेको छ। त्यस्तै धारापानीमा १२ घरमा क्षति पुगेको गाउँपालिका अध्यक्ष चन्द्र घलेले बताए।

गण्डकीमा मुख्यमन्त्रीको अनुमति बिना मन्त्रीले जिल्ला छाड्न नपाउने

गण्डकी प्रदेशका मन्त्रीहरुले प्रदेशको राजधानी छाड्न मुख्यमन्त्रीको अनुमति लिनुपर्ने भएको छ। यसअघि विदेश जानुपर्दा मात्रै मन्त्रीहरुले मुख्यमन्त्रीबाट अनुमति लिनुपर्ने प्रावधान थियो।

पुराना योजना र कार्यक्रम नकाट्न एमालेको प्रदेश सरकारसँग अनुरोध

नेकपा एमाले गण्डकी प्रदेशले कांग्रेस नेतृत्वको वर्तमान सरकार ‘समृद्ध प्रदेश र सुखी प्रदेशबासी’ सपनाको कट्टर विरोधी भएको आरोप लगाएको छ ।

एमाले गण्डकीले बनायो छाँया सरकार

नेकपा एमालेले गण्डकी प्रदेशमा छाँया सरकार गठन गरेको छ । एमालेले आफ्नो सरकार ढलेर कांग्रेस नेतृत्वमा गठबन्धन सरकार बनेपछि उनीहरुको गतिविधि नियाल्न छाँया सरकार बनाएको हो । तर एमालेले भने यसलाई छाँया सरकार नभई संसदीय समूह भनेर परिभाषित गरेको छ ।

योजनामा दोहोरोपन आउन नदिनेगरि सहकार्य गरिन्छः मन्त्री आचार्य

गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले आफु मातहको डिभिजन र कार्यालयहरुले स्थानीय तहसँगको समन्वयमा मात्रै काम गर्ने बताएका छन् ।

गण्डकी प्रदेशः पारिवारिक संक्रमण बढ्दो

पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले संचालन गरेको कोभिड–१९ ओपिडीमा अहिले दैनिक ५० जना हाराहारीमा परीक्षण गराउन आउँछन् । ती मध्ये अधिकांशमा कोरोना संक्रमणको पुष्टि हुने गरेको छ । असार अन्तिमसम्म कोभिड–१९ ओपिडीमा आउनेको संख्या दैनिक २० जनाको हाराहारीमा थियो । ती मध्येमा थोरैमा मात्र संक्रमण देखिन्थ्यो । अहिले परिवारै संक्रमित हुन थालेका छन ।

जीवन रक्षा कोषलाई प्रभावकारी बनाउँछौंः मुख्यमन्त्री

कोरानाबाट मारमा परेको साना उद्योगी व्यवसायीलाई लक्षित गरी ल्याइएको जीवन रक्षा कोषलाई प्रभावकारी बनाउने दृढता गण्डकी प्रदेश सरकारले व्यक्त गरेको छ । कोरोनाले झण्डै डेढवर्षसम्म व्यापार व्यावसाय ठप्प प्राय छ ।

साना दललाई खुसी पार्न थ्रेस होल्ड हटाइँदै

साना दलहरूसमेत समेटेर गठबन्धनमार्फत सरकारमा पुगेको कांग्रेस नेतृत्वको वर्तमान सरकारले तिनै साना दलहरूलाई खुसी पार्न थ्रेस होल्ड हटाउने निर्णय गरेको हो। प्रदेश सरकारको निर्णयअनुसार प्रदेशसभामा पेस गरिने विधेयकलाई प्रदेशसभाले पास गरे साना दलहरूले पनि सुविधा प्राप्त गर्नेछन्।

गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख पदमुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गरेकी छन्।

'करको दरभन्दा दायरा बढाएर काम गर्न आवश्यक'

गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायातमन्त्री कुमार खड्काले करको दरभन्दा दायरा बढाएर काम गर्न आवश्यक रहेको बताएका छन्।

गण्डकी प्रदेशको ओलम्पिक सहभागिता कमजोर

गण्डकी प्रदेशबाट ओलम्पिकमा खेलाडी सहभागितालाई नियाल्दा निकै कहालीलाग्दो छ। १९६४ देखि २०२१ सम्म आइपुग्दा गण्डकी प्रदेशबाट तीन जनाले मात्रै ओलम्पिकमा सहभागिता जनाएको इतिहास छ।

गण्डकी प्रदेशको बजेट खर्च झन्डै ७२ प्रतिशत

गण्डकी प्रदेशले कुल बजेटको झण्डै ७२ प्रतिशत मात्र खर्च गरेको छ । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ मा ७१.९ प्रतिशत बजेट खर्च गरेको हो । यो अघिल्लो वर्षको भन्दा ८.१९ प्रतिशत बढी हो ।

उत्तरी गोरखा पुगे गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरु

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली मन्त्रीहरुसहित तिब्बतसँग सिमाना जोडिएको उत्तरी गोरखा पुगेर फर्किएका छन्।

मार्सल लगाएर बजेट पारित, बिपक्षीद्वारा कुर्सी तोडफोड

गण्डकी प्रदेश सभा बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले लगातार अवरोध गरेपछि मार्सल लगाएर बजेट पारित गरिएको छ । गण्डकी प्रदेश सभाको बुधबार बसेको तेश्रो बैठकमा पनि प्रतिपक्षी दल एमालेले अवरोध गर्ने प्रयास गरेपछि मार्सल लगाएर बजेट पारित गरिएको हो ।

गण्डकी प्रदेशसभाः विनियोजन विधेयक पेश, एमाले सांसदले फाले टेबुल

गण्डकी प्रदेशसभामा प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले संसदभित्रै टेबुल फालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्