१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

रक्सोल नाकाका अलपत्र नेपालीलाई स्वदेश भित्र्याउने

लकडाउन सुरु भएदेखी रक्सोल नाकामा सिमापारी आएर रोकिन सुरु भएका नेपालीहरूलाई बुधवार वीरगन्ज भएर स्वदेश भित्र्याउन लागिएको छ । लामो समयदेखि सीमावर्ती भारतीय शहर रक्सौलको क्वारेन्टिनमा रहेका नेपाली स्वदेश फर्किन लागेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

सीमाबाट नागरिक ल्याउँदै गोरखाका स्थानीय तह

गोरखाका स्थानीय तहले भारतीय सीमामा अलपत्र परेका आफ्ना गाउँपालिकाबासीलाई ल्याउन सु? गरेका छन्। लकडाउन बढ्दै जाँदा भारत र सिमावर्ती जिल्लामा पालिका भित्रका नगारिक अलपत्र परेको गुनासो आउन थालेपछि यहाँका स्थानीय तहले उद्वार थालेका हुन्।

कमरेड ! यो देश हाम्रो पनि हो

तिम्रो नजरमा हामी नै अराष्ट्रिय ? हाम्रै पसिनाको रेमिट्यान्सका जगमा उभिएको तिम्रो सरकारको बजेटले हामीलाई हाम्रै देश लैजान किन आनाकानी ? हाम्रै पैसा खर्चेर क्वारेन्टाइन बनाउन केको आपत्ति ? हाम्रै कमाइबाट हाम्रो स्वास्थ्य परीक्षण गरिदिन केको कनकन ?

गड्डाचौकी नाकाबाट अलपत्र नेपालीको उद्धार गर्ने निर्णय

कञ्चनपुरको स्थानीय प्रशासनले आज बिहानदेखि यहाँको गड्डाचौकी नाकाबाट भारतीय बजारमा अलपत्र रहेका नेपालीको उद्धार गर्ने निर्णय गरेको छ।

प्रदेश १ का नागरिक एक साता देखि सुनौलीमा अलपत्र

भारतका विभिन्न शहरबाट दैनिक एक हजार बढी नेपालीहरु रुपन्देहीको बेलहिया नाकामा आइपुग्छन्। उनीहरुलाई प्रदेश सरकारकै निर्देशनमा जिल्ला प्रशासन र सम्बन्धित स्थानीय तहसंगको समन्वयमा व्यवस्थित उद्यार गरीएको छ । तर यही नाकाहुँदै घर फर्कन चाहने प्रदेश १ का बिभिन्न जिल्लाका नागरिकलाई भने उद्यार नगरीदा हप्ता/दश दिन देखि सिमामै अलपत्र छन्।

सुनौली सीमामा अलपत्र तनहुँवासीको उद्धार

भारतका विभिन्न ठाउँमा रोजगारीका लागि पुगेका तनहुँवासी सुनौली सीमामा अलपत्र परेपछि उद्धार थालिएको छ।

भारतबाट फर्किएर अलपत्र परेकालाई नगरपालिकाको उद्वार

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण देश लकडाउनमा छ । लकडाउनका कारण नेपाल र भारतको सिमानामा अलपत्र परेका नगरबासीलाई नीलकण्ठ नगरपालिकाले उद्वार गरेको छ ।

सीमामा अलपत्र नेपालीलाई भित्र्याउन सांसदको माग

प्रतिनिधिसभाको आजको बैठकमा भारतको सीमामा अलपत्र नेपालीलाई भित्र्याउने सम्बन्धमा सरकारले गम्भीरताका साथ चासो दिनुपर्ने आवाज उठेको छ।

विदेशमा समस्यामा परेका पालिकाबासीको उद्वारका लागि परराष्ट्र मन्त्रालयलाई आग्रह

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले विभिन्न देशमा पुगेको अवस्थामा बिरामी परेका, रोजगारी गुमाएका तथा अलपत्र परेका आफ्नो नागरिकको उद्वारका लागि परराष्ट्र मन्त्रालयलाई गुहारेको छ । गाउँपालिकाबाट १ हजार ८७ स्थानीय विदेश पुगेकामा १५९ जनाको अवस्था दयनीय पाइएपछि उनीहरुको यथोचित उद्धार तथा सहयोगका लागि परराष्ट्र मन्त्रालयलाई लिखित आग्रह गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।

अलपत्र परेकालाई घरसम्म पु‍र्‍याउँदै वडाध्यक्ष

चिसापानी पुगेका सुदूरपश्चिमेलीहरुलाई घरसम्म पु¥याउने काममा सकृय लम्कीचुहा नगरपालिका–३ का वडाध्यक्ष भक्त चलाउने भने विगत केही दिन यता आफै घर जान पाएका छैनन्।

अलपत्र नागरिक घर पुर्‍याउने जिम्मेवारी मन्त्रीहरुलाई

कर्णाली प्रदेश सरकारले सीमा नाकामा अलपत्र यात्रुहरुको उद्दार गरेर सम्वन्धीत जिल्लामा पु-याउनका लागि विभिन्न मन्त्रीहरुहलाई जिम्मेवारी तोकेको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अनुसार प्रदेश नाकामा आएर अलपत्र परेका नागरिकहरुको उद्दारका लागि विभिन्न मन्त्रीहरुलाई जिम्मेवारी तोकिएको हो।

उद्दार गरिएका जुम्लाबासी भन्छन्,‘बल्ल सरकार भेटायौँ’

कोराना भाइरसको संक्रमण फैलन नदिन गरिएको लकडाउनपछि अलपत्र नागरिकको एउटै मात्र गुनासो थियो,‘ हामी अलपत्र प-यौँ। सरकारले उद्धार गर्न सकेन। परिवारसंग भेट गर्न नपाएर मर्ने भयौँ। न खाना न त बासको ठेगान्। रोगले भन्दा पनि भोकले मर्न थाल्यौँ।’ तर पछिल्लो एक दुई दिनमा यो दुखेसो पोख्नेभन्दा पनि खुसी आदान प्रदान गर्न थालिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्