६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

प्रदेश १ का नागरिक एक साता देखि सुनौलीमा अलपत्र

बेलहियाबाटतीन दिनमा तीन हजार भित्रीए

भारतका विभिन्न  शहरबाट दैनिक एक हजार बढी नेपालीहरु रुपन्देहीको बेलहिया नाकामा आइपुग्छन्। उनीहरुलाई प्रदेश सरकारकै निर्देशनमा जिल्ला प्रशासन र सम्बन्धित स्थानीय तहसंगको समन्वयमा व्यवस्थित उद्यार  गरीएको छ । तर यही नाकाहुँदै घर फर्कन चाहने प्रदेश १ का बिभिन्न जिल्लाका नागरिकलाई  भने उद्यार नगरीदा  हप्ता/दश दिन देखि सिमामै अलपत्र  छन्।  

प्रदेश १ का सखुवासभा,ताप्लेजुङ,धनकुटा,उदयपुर, खोटाङ,तेह्रथुम,भोजपुर,झापा,सुनसरी,मोरङ लगायतका जिल्लाका ३ सय बढी नागरिक दश दिन देखि सिमानाकामा अलपत्र छन्।  तेह्रथुमको आठराइ गाँउपालिका ४ की शिखा लिम्बुमगर र उनका श्रीमान राज मगर बेलहिया पारी सुनौली आइपुगेको ६ दिन भयो ।

भारतको इलाहाबादबाट फर्केका उनीहरुले बेलहिया नाकामा नेपालीहरुलाई सहज उद्यार गरीदैछ भन्ने सुनेका थिए । ‘लुकेरै भएपनि नेपाल पसीन्छ भन्दै साथीहरु पुर्वी नाका हुँदै गए ।  सहज होला भनेर यताबाट आएको सुनौलीमै अलपत्र परीयो’ राजले नागरिकसंगको टेलिफोन कुराकानीमा भने । सिखा ५ महिनाकी गर्भवती भएकाले चोरबाटो जाँदा दुख पाइन्छ की भनेर बेलहिया नाकामा आएको उनले बताए ।  

उनीहरु ६ दिन देखि सुनौली बसपार्कमा टिनको टहरा मुनी छन्। टहरामा बसेकालाई सुनौलीका स्थानीयले दुइ छाक खानाको व्यवस्था गरीदिएका छन्। जहाँ  दुइ वटा शैचालय छन्। प्रयोग गर्न १० र ५ रुपैया तिर्नु पर्छ । सौचालय छेउमै रहेको चापाकलको पानी बोत्तलमा भर्दा मैलो देखिन्छ । हिलो गन्हाउछ । तर त्यही पानी खानुको बिकल्प छैन ।

‘खानसंग एक गिलास जारको पानी दिन्छन । अरु बेला  त्यही गन्ध आउने पानी खानु पर्छ’ सिखाले  भनीन । टहरामा साँझ पर्दै गएपछि  लामखुट्टे र भुसुनाको आतंक सुरु हुन्छ । तैपनि उनीहरु आ/आफना झोलालाई सिरानी बनाएर सुत्ने प्रयास गर्छन । ‘दिन जसोतसो कटछ राती साह्रै गाह्रो हुन्छ सिखाले फोनबाटै दुखेसो पोखीन ।  

जेठको धुपमा दिउसो टिन तातेर बसीनसक्नु हुन्छ । कोरोनाकै त्रासले नजिकका चौपारी र घरका पेटीमा ओत लाग्न स्थानीयले दिदैनन । ‘तिमीहरु कोरोना हौ यता नआउ  भनेर धपाँउछन’ ८  दिन देखि त्यही टहरामा बसेका सखुवासभा  सभापोखरी गाउपालिका २ का हिरामणी सुवेदीले भने । सुवेदीले आफुहरु भन्दा पछि नाकामा आएका ३/४ हजारलाई नेपाल लगीएपनि  पुर्वी जिल्लाका नागरिकलाई कसैले वास्ता नगरेको गुनासो गरे । ‘इण्डियन पुलिसले छिटो जाँउ भन्छ । नेपालको प्रहरीले तिम्रो प्रदेस सरकराले गाडी  पठाइदिएकै  छैन भनेर यतै (भारत) फकाइदिन्छ’ सुवेदीले भने । ‘चुनावका बेला त गाडी भाडा पनि तिरीदिन्थे । अहिले आफनो घर फकर्न देउ भन्दा पनि नदिने । ती मन्त्री र नेतालाई हामीलेपनि जान्नेको छ’ सुवेदीले आक्रोस पोखे ।  

६ दिन अघि इलाहाबादबाट फर्कीएका झापाको बिर्तामोड नगरपालिका ७ का नरेन्द्र बरालले पनि  जिल्लाका जनप्रतिनिधि र प्रशासनलाई पटक पटक उद्यार गर्न आग्रह गरेपनि कसैले वास्ता नगरेको गुनासो गरे । ‘अरु प्रदेशले आफना नागरिकको उद्यार गरीरहदा प्रदेश १ ले के गरी राखेको छ? कि हामी जनता नै हैनौ ? ’बरालले आक्रोस पोखे ।  

सुनौली बसर्पाकमा अलपत्र पर्नेमा महिला र बालबालिकाहरु पनि छन्। असुरक्षित बसाइले केही बिरामी पर्न थालेका छन्। भारतमै क्वारेन्टिनमा बसिसकेका र जोखीमयुक्त क्षेत्रबाट क्वारेन्टिनमा नबसी आएकाहरु  एकै ठाँउमा मीसीएका छन्। उनीहरु कोरोना सगै अन्य रोगको पनि जोखिममा छन्।  

अशुरक्षित यात्रा र उद्यारमा ढिलाई हुँदा बेलहिया पारी नौतनवामा स्याङजाका  र कपिलबस्तुको सिमानाकामा अर्घाखाँचीका एक युवकले ज्यान गुमाइसकेका छन्। जेठको धुपमा खुल्ला आकास तथा टिनको टहरमा अलपत्र परेका नागरिकलाई बेलैमा सुरक्षित उद्यार तथा व्यवस्थापन नगरीए दुखद घटना फेरी नदोहोरीएला भन्न सकिन्न ।  

नाका पारी अलपत्र परेका आफना नागरिकको उद्यारमा सम्बन्धित प्रदेश, जिल्ला तथा स्थानीय तहहरुले बेलैमा समन्वय गर्नु पर्ने बताउछन्।रूपन्देहीका प्रहरी प्रमुख एसपि हेमकुमार थापा । ‘सिमा पारीबाट ल्याइने सबैलाई रुपन्देहीमै राख्न सम्भव छैन । त्यसैले सम्बन्धित जिल्ला र पालिकासंग समन्वय गर्छौ र उहाँहरुले आफना नागरिक लिन साधनको व्यवस्था गरेपछि पठाइदिने गरेका छौ’ प्रहरी उपरीक्षक थापाले भने ।  तर प्रदेश १ को सरकार, सम्बन्धित जिल्ला तथा पालिकाहरुले भने बेलहियामा अलपत्र परेका आफना नागरिकको सम्बन्धमा कुनै चासो नै नदिएको नाकामा खटिएका एक जना सुरक्षा अधिकारीले बताए ।  

तीन दिनमा ३ हजार ल्याइयो  

रुपन्देहीको बेलहिया नाकामा आइतबारपनि दिन भर भिड लाग्यो । आइतबार मात्रै यो नाकाबाट करिब एक हजार जनालाई नेपाल भित्रयाइएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक खडगबहादुर खत्रीका अनुसार नौतनवाका तीन वटा क्वारेन्टिनका ३ सय ४९ सहित बिभिन्न शहरबाट फर्केका करिब १ हजारलाई उद्यार गरी सम्बन्धित जिल्ला तथा पालिकाहरुमै पठाइएको छ । डिएसपि खत्रीले पछिल्लो तीन दिनमा ३ हजारको सुरक्षित उद्यार गरीएको बताए । त्यसरी उद्यार गरीएकामा केही क्वारेन्टिनमा बसेका हुन । तर अधिकाँस  क्वारेन्टिन नबसी आएका हुन । उनीहरुलाई चेकजाँच बिनै सम्बन्धित जिल्लामा पठाइएको छ । सबैलाई एउटै जिल्लाले थेग्न नसक्ने भएकाले सुरक्षित रुपमा सम्बन्धित जिल्लामा पुरयाएर त्यहीको स्थानीय तहले स्वास्थ्य जाँच तथा क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउने गरी भएको समन्वयकै आधारमा उद्यार कार्य भइरहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए ।  

भारत फकर्न चाहानेको सख्या ६ हजार

भारतबाट आउने नेपालीहरुको सख्या बढीरहदा नेपालमा कार्यरत भारतीयहरुपनि घर फर्कन पाउनुपर्ने माग गरेका छन्। रुपन्देहीमा मात्रै पछिल्लो समय करिब ६हजारले घर फर्कन पाउनुपर्ने भन्दै प्रशासनमा नाम टिपाएका छन्। जिल्लाका बिभिन्न उद्योग कलकारखाना तथा इटा उद्योगमा कार्यरत श्रमीकहरु धेरै रहेको प्रमुख जिल्ला अधिकारी पन्थले जानकारी दिए । रुपन्देहीसगै नवलपरासीका केही उद्योगमा कार्यरत कामदारहरुलेपनि बेलहिया नाकाहुँदै घर फर्कन खोजका हुन ।

यहाँका बिभिन्न उद्योग कल कारखानामा उच्च प्राविधिक देखि सामान्य मजदुरहरु पनि भारतीय धेरै छन्।यहाँका इटा उद्योगमा कार्यरत मध्ये झण्डै ७०प्रतिशत भारतीय श्रमीक रहेको बताइन्छ । त्यसतै निर्माण क्षेत्रमापनि  भारतीय मजदुरको सख्या उल्लेख्य छ । घर फर्कन खोज्नेहरुका सम्बन्धमा भारतीय पक्षलाई जानकारी गराइसकेको र उनीहरुसंगको समन्वयमा भारत फर्काइने प्रजिअ पन्थले बताए । ‘उनीहरुले आफना नागरिक लैजान्छौ भने हामीले सहज रुपमा पठाइदिन्छौ’ पन्थले भने ।  

प्रकाशित: ११ जेष्ठ २०७७ १५:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App