१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
sanjeeb pokhrel
सञ्जीव पौडेल


सञ्जीव पौडेलका लेखहरु :

एक प्रेमिल सम्बोधन

पोखरालाई साहित्यिक वृत्तमा ‘मुक्तकको सहर’ भनेर पनि चिनिन्छ। तीसको दशकमा ‘टिकटमा मुक्तक’ कार्यक्रम आयोजना गरेर पोखराले मुक्तकलाई सिर्जना उत्सवका रूपमा मनाउन थालेको भेटिन्छ। त्यसैले पनि होला, पोखराको सुन्दरतामाथि मुक्तकीय सुन्दरता सुनमा सुगन्ध बनेर सजिएको छ साहित्यिक जगत्मा।

मर्ने आज वा भोलि बाँच्ने कति हो कति

जहाँ गए पनि साथ हुनेछौ एक अर्काको, अँजुलीमा पानी लिएर पिउला कलकल! लक्ष्य एउटै हाम्रो उद्देश्य पनि एउटै न हो,रमाउँदै हरपल मेटाउला मायाको तलतल!

रूपान्तरण

हिजोका तिम्रा तिनै वैरी आज तिमीलाई भरपर्दो सुरक्षा दिइरहेछन्। तिम्रा तिनै आँखाले हिजोको मेरो दरबारलाई गोठ देखिरहेछन्।

सेतो पछ्यौरा

आमाका आँखासँग उसका आँखा जुधेपछि ऊ एकाएक छाँगाबाट खसेझैँ भयो। काँस फुलेझैँ रङ्गहीन बनेकी आमालाई देखेपछि ऊ सम्हालिन सकेन। ऊ तुरुन्तै भकारीभित्रको जेलमा छि-यो र थचक्क बस्यो।

कुटनीति कुल्चँदै प्रधानमन्त्री ओलीको बोली

ओली सच्चिन तयार नहुने हो भने मुलुकको हितका लागि उनले प्रधानमन्त्रीको पद त्याग्नु उपयुक्त हुन्छ। हैन, पदमै बस्ने र यस्तै अराजक अभिव्यक्ति दिँदै जाने हो भने ओलीको कार्यकाल नेपालको कूटनीतिक इतिहासमा ‘कालो समय’का रूपमा अंकित हुनेछ।

अयोग्य विद्यार्थी, योग्य शिक्षक ?

सरकार शिक्षाशास्त्र पढेकालाई मात्र शिक्षक बन्ने अबसर दिन्छ। विश्वविद्यालयका अन्य संकायमा अध्ययन गर्न अयोग्य विद्यार्थी शिक्षाशास्त्र पढेकै आधारमा देशको ‘योग्य’ शिक्षक बन्छ। हिजोको अयोग्य विद्यार्थी आज योग्य शिक्षक बनेर विद्यालयमा प्रवेश गर्छ भने देश स्वतः बिग्रिन्न?

बालकविता सुनाउने ‘महानायक’

जनता रोगको त्रास र भोकको अत्यासमा छट्पटिइरहेका बेला सिंहदरबारको कुर्सीमा कविता कोरल्न ओथारो बस्ने होइन । बूढो गोरुले भकारो ओगटेझैँ देशको सर्वोच्च कुर्सी ओगट्ने अनि जनतालाई आहतमा राखेर गीत सुसेलेर बस्ने ?

कमरेड ! यो देश हाम्रो पनि हो

तिम्रो नजरमा हामी नै अराष्ट्रिय ? हाम्रै पसिनाको रेमिट्यान्सका जगमा उभिएको तिम्रो सरकारको बजेटले हामीलाई हाम्रै देश लैजान किन आनाकानी ? हाम्रै पैसा खर्चेर क्वारेन्टाइन बनाउन केको आपत्ति ? हाम्रै कमाइबाट हाम्रो स्वास्थ्य परीक्षण गरिदिन केको कनकन ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्