८ मंसिर २०८१ शनिबार
image/svg+xml
ब्लग

कुटनीति कुल्चँदै प्रधानमन्त्री ओलीको बोली

सञ्जीव पौडेल

राष्ट्रको सेवा गर्ने काम बहुत कठिन छ। राष्ट्रको सेवा गर्नु भनेको जनताको सेवा गर्नु हो। सरकारी सेवाको तल्लो तहदेखि उपल्लो तहसम्म सबैका आआफ्ना अधिकार हुन्छन्। जति अधिकार हुन्छन् त्यति नै (कतिपय सन्दर्भमा त्योभन्दा बढी) कर्तव्य पनि रहन्छन्। अधिकार र कर्तव्यको बीचबाट मर्यादा भन्ने कुरा निर्धारण हुन्छ। हरेक पदमा आसिन व्यक्तिका आआफ्नै मर्यादा हुन्छन्। राष्ट्रको जिम्मेवार पदमा आसिन व्यक्तिले पदिय मर्यादा भुल्दा ठूलो राष्ट्रघात हुन सक्छ। 

हामीकहाँ राजनीतिक परिवर्तन हुनुपर्ने जति भए। राजनीतिको संस्कारमा भने उल्लेख्य परिवर्तन हुन सकेन। नेपाली राजनीति यति धेरै विकृत बन्दै गयो कि चुनावदेखि चुनावसम्म बाहेक यसको अन्यत्र कुनै औचित्य देखिँदैन। देश गरिब छ, मतलब जनता गरिब छन्। जनतालाई गरिबीबाट मुक्ति दिलाउन नेता त धनी हुनै प¥यो। कंगाल नेताले जनतालाई कसरी सम्पन्न बनाउन सक्लान् र? यही यथार्थलाई मध्यनजर गर्दै हरेक राजनीतिक दलले चुनावको मुखमा उम्मेदवार छनोट गर्दा मुलतः दुई कुरालाई ध्यान दिँदै आएको पाइन्छ। पहिलो हो व्यक्तिसँग फजुल खर्च गर्न पुग्ने सम्पत्ति कति छ? दोस्रो हो, भएको सम्पत्ति खर्च गर्न सक्ने उदारता।

संसदमै प्रधानमन्त्रीले छिमेकी राष्ट्र भारतको राष्ट्रगानको अपव्याख्या गरे। यो कृत्यले सामान्य कूटनीतिक मर्यादालाई समेत ख्याल राखेन। ओलीका केही हनुमानबाहेक सचेत नेपालीले उनको खुलेरै विरोध गरे। त्यसको केही समयपछि नै ओलीले अयोध्या नेपालमा रहेको अभिव्यक्ति दिए। 

राजनीतिक दलमा निष्ठापूर्वक समर्पणभावले क्रियाशील जोकोही नेता÷कार्यकर्ता उम्मेदवारका रूपमा अयोग्य घोषित हुँदै जान्छन्। यस्ता घोषणाबाट बाहिरिएका नेता तथा कार्यकर्ताका लागि आफू संलग्न भएको राजनीतिक दल निल्नु न ओकल्नुको अवस्थामा पुग्छन्। न दल छोड्न सक्छन् न त जिन्दगीलाई फरक लयमा मोड्न सक्छन्। फलतः क्षमता हुँदाहुँदै पनि उनीहरू निरस जीवन जिउन बाध्य हुन्छन्। यस्ता इमानदार, त्यागी र निष्ठावान् कार्यकर्ताको ठूलो पङ्क्ति यतिबेला चोकचोकका चिया पसल वा भट्टीमा नेतालाई सत्तोसराप गर्दै बसिरहेका भेटिन्छन्। नेपाली राजनीतिको यो अत्यासलाग्दो नियतिबाट कुनै पनि राजनीतिक दल र यसका नेताकार्यकर्ता अछुतो छैनन्।  

कुराजनीतिको बिजारोपण चुनावबाट थालनी हुन्छ। राजनीतिक दलको छनोट प्रक्रियामा अब्बल छानिएका यो युगका एकएक सफल वैश्य(व्यापारी)हरूको ध्येय भनेकै चुनाव जित्नु हो। उम्मेदवार छनोट भएको दिनबाट पैसाको मूल फुटाल्न थालेका उनीहरू चुनावको मिति नजिकिँदै जाँदा पैसाको भेलबाढी नै ल्याइदिन्छन्। यस्तो लाग्छ चुनावी मैदानमा नेताहरू मनसुनका बादल हुन्, जो अविरल वर्षिरहन्छन् र पैसारूपी पानी वर्षाइरहन्छन्। उनीहरू चुनावी दौरानमा जनतालाई खेलाउन केही दहीचिउरे जोकरहरू मैदानमा उतार्छन्। अचम्म के लाग्छ भने चुनावी समयमा यसरी नेताका जोकर बन्नेहरू पनि संगठित रूपमै अगाडि बढ्दै आएको पाइन्छ। उद्देश्यानुसारको रकम प्राप्त नहुने भयो भने यिनले रातारात दल बदल्छन्। केहीले छद्मभेष धारण गर्छन् र चुनावी परिणाम नै उल्ट्याइदिन्छन्। चुनावको मिति घोषणा भएदेखि चुनावी परिणाम आइन्जेल यस्तो झुण्डलाई ‘दशैँ’ आउँछ। नेतालाई यो झुण्डले चुनावी समयमा यसरी घुमाउँछ कि मानौँ यिनीहरू नेताका रिमोट कन्ट्रोल हुन्।  

चुनाव पछाडिको दृश्यले हरेक सचेत मस्तिष्कलाई पिँडालु खाएको घाँटी कोक्याएझैँ कोक्याउँछ। चुनाव जित्ने त सदनको बाटो हुँदै मन्त्रालयसम्म पुग्छ र अधिकारसम्पन्न बन्छ। राज्यका स्रोतसाधनमाथि उसको पूर्णअधिकार कायम हुन्छ। देशको स्रोतसाधनमाथि मनलाग्दी गर्न ऊ स्वतन्त्र हुन्छ किनकि ऊ जनताबाट निर्वाचित जनप्रतिनिधि हो। यसर्थ ऊ सार्वभौमसत्ता सम्पन्न छ।

स्थानीयदेखि केन्द्रसम्मका योजनाबाट करोडौँ असुलेपछि उसलाई स्थानीयदेखि केन्द्रीय नेताका हातमा नैवेद्यस्वरूप हजार र लाखका बिटा थमाउन कुनै आइतबार कुर्नै परेन। बस्, यसरी नै प्रजातन्त्रको पुनस्र्थापनापछिका तीस बर्ष नेपाली राजनीतिको केन्द्रमा दाइँ हालिरहेका पात्रहरूकै हालीमुहाली हाम्रो राजनीतिक वृत्तमा छ।    

त्यो स्वतन्त्रतालाई उसले स्वच्छन्दतामा परिणत गर्छ। कहीँ कोही चुँसम्म बोल्दैन। बोलिएका एकादुई विरोधका स्वर स्वतन्त्रतामा उन्मुक्त बनेको उसको कानमा पस्न इन्कार गर्छन्। यसको परिणाम राज्यका स्रोत र साधनलाई उसले आफ्नो फाइदाका लागि उपयोग(दुरुपयोग) गर्न थाल्छ। उम्मेदवारी दिएको दिनदेखि नै उसको पुरै ध्यान चुनावमा जित हासिल गरेपछि चुनाव खर्च कसरी असुल्न सकिन्छ भन्ने योजना बुन्नतिरै हुन्छ।

जित हासिल गरेपछि ऊ यही योजना सफल पार्नतिर लाग्छ। उसको थप योजना हुन्छ–आगामी चुनावका लागि खर्च कसरी जुटाउने? पाँच वर्षभित्र आफ्ना नजिकका मानिसलाई भर्ती गर्नुपर्ने ठाउँमा भर्ती गर्दै उसले आफ्नो अभिष्ट पूरा गर्छ। यस बीचमा पार्टीका थप सयौँ इमानदार र त्यागी कार्यकर्तालाई विस्थापन गर्दै ऊ फेरि चुनावमा होमिन्छ। स्थानीयदेखि केन्द्रसम्मका योजनाबाट करोडौँ असुलेपछि उसलाई स्थानीयदेखि केन्द्रीय नेताका हातमा नैवेद्यस्वरूप हजार र लाखका बिटा थमाउन कुनै आइतबार कुर्नै परेन। बस्, यसरी नै प्रजातन्त्रको पुनस्र्थापनापछिका तीस बर्ष नेपाली राजनीतिको केन्द्रमा दाइँ हालिरहेका पात्रहरूकै हालीमुहाली हाम्रो राजनीतिक वृत्तमा छ।  

नेपाली राजनीतिको यो दीर्घरोगबाट ग्रस्त छन् जनता। यस्तो दीर्घरोगको मूलघरका रूपमा रहेका सिमित राजनीतिक दलका सिमित नेताका कारण राजनीतिक इमानदारिता त सकियो सकियो सामान्य कूटनीति र औपचारिकता समेत यिनले समाप्त पार्न थालिसके। पदिय मर्यादाका हिसाबले आफ्ना अभिव्यक्ति राख्दा सबैभन्दा बढी संवेदनशील हुनुपर्ने भनेको राष्ट्रपति हो। त्यसपछि प्रधानमन्त्री देशको प्रमुख कार्यकारी भएका हिसाबले पनि त्यो पदमा बस्ने हर कोही व्यक्तिले आफ्नो पदिय मर्यादा ख्याल गरेर मात्र अभिव्यक्ति दिनुपर्ने हुन्छ। पछिल्लो समय केपी शर्मा ओली प्रधानमन्त्री भएपछि उनका अभिव्यक्तिमा यो संवेदनशीलता फिटिक्कै पाइँदैन।  

प्रधानमन्त्रीको हैसियतमा संसदमा उभिएर बोल्दा जुन हल्का अभिव्यक्ति दिने काम ओलीले गर्दै आएका छन्, त्यसले सार्वभौम संसदको मानमर्दन गर्दै आएको छ। संसदलाई प्रौढ कक्षा पढाएझैँ अभिव्यक्ति दिने प्रधानमन्त्रीले नै पदीय मर्यादा मिचेर भाषिक छुद्रता पस्कनु भनेको मर्यादित भाषा र अभिव्यक्तिमा राजनीति नराम्रोसँग चुक्दै गएको अवस्था हो। यस प्रकारका छतुरा अभिव्यक्तिलाई संसदमा सभामुखले रोक्न सक्नुपथ्र्यो तर त्यसो हुन सकेन।  

संसदमै प्रधानमन्त्रीले हाम्रो छिमेकी राष्ट्र भारतको राष्ट्रगानको अपव्याख्या गरे। यो कृत्यले सामान्य कूटनीतिक मर्यादालाई समेत ख्याल राखेन। यसको व्यापक आलोचना छिमेकी राष्ट्रका तर्फबाट भयो। केही अन्धभक्तबाहेक सचेत नेपालीले पनि ओलीको यस कार्यको खुलेरै विरोध गरेका छन्। यसको केही समयपछि नै ओलीले अयोध्या नेपालमा रहेको अभिव्यक्ति दिए। पछिल्लो अभिव्यक्तिले भारतमा नेपाल विरोधी गतिविधिले प्रश्रय पाउँदै गएको छ। भारतीय मिडियामा ओलीमाथि मात्रै होइन सिङ्गै नेपाल–भारत सम्बन्धमा आँच पु¥याउने किसिमका सामग्री प्रसारण र प्रकाशन हुँदै आएका छन्। यसको परिणाम नेपाल–भारत सीमा क्षेत्रमा हुने झडपको सङ्ख्यामा वृद्धि हुँदै गएको छ। प्रधानमन्त्रीको गैरजिम्मेवार र गैरकूटनीतिक अभिव्यक्तिका कारण सीमा क्षेत्रमा रहेका नेपालीले थप सास्ती भोग्नुपरेको छ।

अति आवश्यक अवस्थामा बाहेक प्रधानमन्त्रीले अन्य देशको मामलामा बोल्नु उचित हुँदैन किनकि वैदेशिक मामिलामा बोल्न परराष्ट्र मन्त्रालय छँदैछ। तर ओलीले आफ्नो पदीय मर्यादालाई कुल्चेर पटकपटक गैरजिम्मेवार अभिव्यक्ति दिँदै आएका छन्।  

कूटनीतिक सम्बन्धमा भाषाको प्रमुख भूमिका रहन्छ। आपसी सम्बन्धलाई बलियो र प्रभावकारी बनाउन छलफल, बार्ता लगायतका कुराले नै प्रमुख भूमिका खेल्छन्। भाषिक औपचारिकतालाई ख्याल नगर्ने हो भने कूटनीति ध्वस्त हुन्छ। कूटनीति बलियो बनाउने माध्यम भनेकै भाषा हो। जब माध्यम (साधन) लाई पूर्णतः बेवास्ता गरिन्छ तब साध्य प्राप्त हुँदैन। प्रधानमन्त्रीको पदीय मर्यादाले धेरै बोल्न दिँदैन। प्रधानमन्त्रीको प्रत्येक शब्द र वाक्यमा सिंगो देश प्रतिबिम्बित हुन्छ। निर्देशनात्मक, औपचारिक र सूत्रात्मक अभिव्यक्ति उच्च पदीय कूटनीतिक मर्यादायुक्त भाषाका मुख्य विशेषता हुन्। जुन कुनै राजनीतिक दलको प्रतिनिधित्व गरेर त्यहाँ पुगे पनि प्रधानमन्त्री सिंगो देशको अभिभावक हो। उसले प्रयोग गर्ने भाषामा पनि त्यो अभिभावकत्व निर्वाह हुनुपर्छ।  

यति मात्र नभएर प्रधानमन्त्री आफ्नो देश मात्र नभई अन्य राष्ट्रका बारेमा पनि उत्तिकै संवेदनशील हुनुपर्छ। अति आवश्यक अवस्थामा बाहेक प्रधानमन्त्रीले अन्य देशको मामलामा बोल्नु उचित हुँदैन किनकि वैदेशिक मामिलामा बोल्न परराष्ट्र मन्त्रालय छँदैछ। तर ओलीले आफ्नो पदीय मर्यादालाई कुल्चेर पटकपटक गैरजिम्मेवार अभिव्यक्ति दिँदै आएका छन्।  

कूटनीति भनेको यति संवेदनशील हुन्छ कि एउटै शब्द वा वाक्यले नै दुई राष्ट्रको सम्बन्धमा दरार पैदा गर्न सक्छ। ओलीले भने यो यथार्थलाई नजरअन्दाज गर्दै बारम्बार भारतसँगको सम्बन्धमा दरार उत्पन्न हुने गरी अभिव्यक्ति दिँदै आएका छन्। यसले वर्तमानमा भारतसँगको सम्बन्ध थप बिग्रँदै जाने खतरा बढाएको छ। छिमेकी देशसँग मत्स्य न्यायको नीति अपनाउँदै आएको भारतले नेपाल नीतिलाई थप असहिष्णु बनाउँदै लैजाने काममा ओलीको बोलीले थप उकेरा लगाएको छ। असंलग्न परराष्ट्र नीति अँगालेको राष्ट्रले कुनै पनि देशको संवेदनशीलता खलबलिने गरी कुनै अभिव्यक्ति दिनु हुँदैन। प्रधानमन्त्रीका गतिविधि र उनका अभिव्यक्तिलाई अन्तर्राष्ट्रिय समुदायले सधैँ चासो दिँदै आएको हुन्छ। विभिन्न देशका गतिविधिमाथि निरन्तर निगरानी राख्ने काम विश्वका शक्तिशाली राष्ट्रले गर्दै आएका छन्।  

भारत पनि आर्थिक, सामरिक विविध दृष्टिले उदाउँदो राष्ट्र हो। यसै पनि दक्षिण एसियाली अन्य राष्ट्रमाथि हाबी भएको भारतलाई थप अराजक बन्न ओलीका अभिव्यक्तिले उक्साउने पक्का छ। नेपालका ८३ भन्दा बढी स्थानमा सीमा विवाद निम्त्याएको भारतले नेपाललाई फकाईफकाई खर्लप्पै निल्ने नीति ल्याउने अवस्थामा धकेल्न ओलीको बोलीले आगोमा घिउ थप्ने काम गर्ने सम्भावना देखिन्छ ।  

ओलीको अभिव्यक्तिबाट भारत थप चिढिने सम्भावना त्यहाँका मिडियामा प्रसारित सामग्रीले पुष्टि गर्छन्। यस्तो भयो भने आगामी दिनमा भारतले नेपालमाथि नाकाबन्दी लगायतका कठोर कदम चाल्न सक्छ। विद्यालयका भवन बनाउन, एम्बुलेन्स दौडाउनदेखि लिएर राजमार्ग निर्माणसम्मका विकासका काममा  भारतको सहयोग लिनुपर्ने हाम्रा लागि यो अवस्था आउनु दुर्भाग्यपूण हुनेछ। यस्तै मुलुकले अन्य दीर्घकालीन असरसमेत भोग्नुपर्ने हुन सक्छ।

ओली सच्चिन तयार नहुने हो भने मुलुकको हितका लागि उनले प्रधानमन्त्रीको पद त्याग्नु उपयुक्त हुन्छ। हैन, पदमै बस्ने र यस्तै अराजक अभिव्यक्ति दिँदै जाने हो भने ओलीको कार्यकाल नेपालको कूटनीतिक इतिहासमा ‘कालो समय’का रूपमा अंकित हुनेछ।

जिम्मेवार पदमा रहेको व्यक्तिको भाषिक असावधानीले देशको भविष्य नै संकटमा पर्न सक्छ। यी कुराको ख्याल नगरी ओलीले संसद्भित्र र बाहिरका औपचारिक कार्यक्रममा भद्दा र गैरकूटनीतिक भाषा प्रयोग गर्दा छिमेकीसँगको सम्बन्धको नेपाली आकाशमा काला बादल मडारिने सम्भावना देखिँदै छ। दुई तिहाई नजिकको जनमत प्राप्त दलको अध्यक्षले यति गैरजिम्मेवार बनेर प्रस्तुत हुँदा पनि न त सल्लाहकारले उचित सल्लाह दिन सकेको देखिन्छ न पार्टीले नै अनुशासनको लगाम लगाउन। ओलीको बर्बराहट सिंगो मुलुकको कूटनीतिक मर्यादामाथि ठूलो आक्रमण हो। प्रमुख कार्यकारी नै यति अराजक बन्दा मुलुककै व्यवस्थामा छताछुल्ल बेथिति बढ्दै गएका छन्। देशभर गैरकानुनी खर्च ६ अर्बभन्दा बढी हुनुमा देशको मुख्य नेतृत्वको गैरजिम्मेवार चरित्र प्रमुख कारक हो। पार्टीभित्र गुट बलियो बनाउने र त्यसको दम्भले फुलेर पार्टीमा ‘पेलेरै जाने’ नीति अंगिकार गर्ने ओली बालुवाटारमा पनि गुटको नेताकै मानसिकतामा रहनु राष्ट्रका लागि निकै घातक हुँदै छ। हिजोदेखिकै विरोधी र टुक्के चरित्रमा हुर्केको ओलीको राजनीतिक जीवन कहिल्यै मर्यादित र जिम्मेवार बन्न सकेन।  

सधैँ मिडियामा आउनका लागि उडन्ते अभिव्यक्ति दिनु ‘ओली चरित्र’ हो । पछिल्ला अभिव्यक्तिले उनलाई नेपालभित्र मात्रै होइन, भारतीय र अन्तर्राष्ट्रिय मिडियामा समेत चर्चामा ल्याइरह्यो। थप चर्चित हुने मोहले उनको मानसिकतामा गहिरो असर पार्दै गएको उनका कृत्यले प्रष्ट्याउँछ। यो निरन्तरताले उनको त मूल्यह्रास हुन्छ नै, सँगसँगै पञ्चशीललाई अनुसरण गर्दै आएको नेपालको कूटनीतिक इतिहासमा समेत यसले कालो पोत्ने निश्चितप्रायः छ। तसर्थ पनि ओलीले आफूलाई तत्काल सच्याएर कूटनीतिक भाषा प्रयोग गर्नुपर्छ।  

ओली सच्चिन तयार नहुने र पदीय मर्यादा कायम राख्न नसक्ने हो भने मुलुकको हितका लागि उनले प्रधानमन्त्रीको पद त्याग्नु उपयुक्त हुन्छ। हैन, पदमै बस्ने र यस्तै अराजक अभिव्यक्ति दिँदै जाने हो भने ओलीको कार्यकाल नेपालको कूटनीतिक इतिहासमा ‘कालो समय’का रूपमा अंकित हुनेछ। यो सम्भावनाबाट नेपाललाई बचाउन नेकपा, प्रतिपक्षी दल, नागरिक समाज र कूटनीतिक क्षेत्रका विज्ञहरूले समयमै ध्यान दिनु जरुरी छ। 

प्रकाशित: ५ श्रावण २०७७ ०८:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App