१ वैशाख २०८२ सोमबार
image/svg+xml ११:३० पूर्वाह्न
राजनीति

रास्वपालाई सूर्य थापाको प्रश्न : न्यायालयको फैसलाविरुद्ध सिंगो पार्टीको रुवाबासी र ल्याङल्याङ किन?

नेकपा (एमाले)का नेता तथा सांसद सूर्य थापाले न्यायालयको फैसलाविरुद्ध सिंगो पार्टीको रुवाबासी र ल्याङल्याङ किन गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्रश्‍न गरेका छन्।

सामाजिक सञ्जालमार्फत थापाले सभापति रवि लामिछानेले पार्टी खोल्नुअघिको बचत हिनामिना, ठगी र अपचलन तथा बचतकर्तामाथिको घात भएको बताउँदै रास्वपाका नेता तथा कार्यकर्तालाई उक्त प्रश्न गरेका हुन्।

उनले हरेक व्यक्तिले आफ्नो पौरखका दशा/दुर्दशा भोग्नुपर्ने बताएका छन्। थापाले भने, 'यो त पार्टी खोल्नुअघिको बचत हिनामिना, ठगी र अपचलन हो, बचतकर्तामाथिको घात/ विश्वासघात हो। न्यायालयको फैसलाविरुद्ध सिंगो पार्टीको रूवाबासी र ल्याङल्याङ किन? हरेक व्यक्तिले आफ्नो पौरखका दशा/दुर्दशा त भोग्नुपर्छ।'

थापाले लेखेको स्टाटस यस्तो छ:

सहकारी ठगी - संसदीय छानबिन गर्ने आफ्नै घोषणा!

समितिद्वारा कारबाहीको सिफारिस - क्लिन चिट पाएँ!

पाँच सहकारीमा अनुसन्धान/अभियोजन- प्रतिशोध साँधियो !

२ करोड ७५ लाख धरौट- न्याय जीवितै छ,धरौट बढी भयो!

धरौट खारेजीको माग- स्वयं उच्च अदालतमा निवेदन दर्ता!

पुर्पक्षमा थुनामा पठाउने आदेश- बेड रूपमा पुगेर अन्तिम इच्छा सोध्ने? अति भयो! नयाँपार्टीमाथि ज्यादती भयो रे!

यो त पार्टी खोल्नुअघिको बचत हिनामिना, ठगी र अपचलन हो, बचतकर्तामाथिको घात/ विश्वासघात हो। न्यायालयको फैसलाविरुद्ध सिंगो पार्टीको रुवाबासी र ल्याङल्याङ किन?

हरेक व्यक्तिलेआफ्नो पौरखका दशा/दुर्दशा त भोग्नुपर्छ।

प्रकाशित: २४ चैत्र २०८१ ०७:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App