१२ वैशाख २०८२ शुक्रबार
image/svg+xml २०:५१ अपराह्न
राजनीति

नयाँ वर्ष २०८२ प्रेरक बन्ने मुख्यमन्त्री पाण्डेको विश्वास

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नयाँ वर्ष २०८२ ले सबैखाले चुनौती समाधान गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्। नयाँ वर्षको शुभकामना दिँदै उनले सङ्घीयता कार्यान्वयन र समग्र विकासका चुनौती सम्बोधन गर्न यो वर्षले हौसला प्रदान गर्ने बताए।

‘सबैले एकअर्काप्रति प्रेम, सहकार्य र सद्भावना बढाउने तथा उज्ज्वल भविष्यको निर्माण गर्ने सङ्कल्प गर्दै संवत् २०८१ मा हासिल गरेका उपलब्धिहरूलाई दिगो बनाउन र लक्ष्य प्राप्तिका लागि निरन्तर क्रियाशील रहनुपर्छ,’ मुख्यमन्त्री पाण्डेले भनेका छन्। 

प्रदेश सरकारले सुशासन प्रवर्द्धन गरी दिगो र समावेशी विकासमार्फत जनताका चाहना पूरा गर्न प्रयास गरिरहेको उनको भनाइ छ। गण्डकी प्रदेश सरकारको ‘आत्मनिर्भर र समुन्नत प्रदेश स् सुखी प्रदेशवासी’ सङ्कल्प साकार पार्न सबै प्रदेशवासीको साथ र सहयोगको अपेक्षा गरेको कुरा पनि उनले सन्देशनमा उल्लेख गरेका छन्। 

गण्डकी प्रदेशको आर्थिक, सामाजिक, पूर्वाधार, संस्थागत विकास र सेवा प्रवाहमा भएको प्रगति सबै प्रदेशवासी, राजनीतिक दल, नागरिक समाज, कर्मचारी, सुरक्षाकर्मी र सञ्चारकर्मीको संयुक्त प्रयासको नतिजा भएको उनको भनाइ छ। यो सहकार्य र साझेदारीलाई कायम राख्दै गण्डकी प्रदेशलाई आत्मनिर्भर, समुन्नत र जनउत्तरदायी बनाउने साझा सङ्कल्पमा प्रदेश सरकार दृढ रहेको उनको प्रतिबद्धता छ।

नयाँ वर्षलाई आशा, अपेक्षा र उत्साहको उत्सवका रूपमा लिँदै यसले सबैलाई सत्कर्ममा लाग्न र समाज विकासमा सकारात्मक सोच राख्न प्रेरणा दिने उनले कामना पनि उनले गरेका छन्। रासस

प्रकाशित: १ वैशाख २०८२ ११:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App