१० पुस २०८२ बिहीबार
image/svg+xml
समाज

खेल्ने क्रममा आगलागी हुँदा चार वर्षीय बालकको मृत्यु

जिल्लाको धुर्कोट गाउँपालिका–१ मा भएको आगलागीमा परी चार वर्षीय बालकको मृत्यु भएको छ। धुर्कोट–१ आखररुख निवासी गणेश नेपालीको गोठमा आगलागी हुँदा उनका चार वर्षीय छोरा विवेक नेपालीको मृत्यु भएको हो। 

आज दिउँसो बालबालिका खेल्ने क्रममा आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। ‘आगलागीपछि मृतककी दिदी गुहार माग्ने क्रममा भाइ गोठमा लुकेर बसेका रहेछन् । बालक गोठभित्र रहेको जानकारी नपाउँदा निजको मृत्यु भयो’, धुर्कोट–१ का वडाध्यक्ष चेतमान कुँवरले भने।

आगलागीबाट ढुङ्गा, माटोले बनेको दुईतले गोठ जलेर पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ। रासस  

प्रकाशित: १२ वैशाख २०८२ २०:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App